जलवायु न्यायमा सहकार्य गर्ने प्रतिबद्धता

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री बीच टेलिफोन वार्ता

काठमाडौं,२२ भदौ । परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सकी विदेशमन्त्री इरौथिशाम आदम बीच सोमबार दिउँसो टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा विदेशमन्त्री आदमले नेपालमा आइपरेको दुःखद घडीप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकार तथा नेपाली जनताप्रति हार्दिक समवेदना र ऐक्यबद्धता प्रकट गर्नु भएको छ ।

 

परराष्ट्रमन्त्री खनालले यस कठिन परिस्थितिमा माल्दिभ्स सरकार तथा त्यहाँका जनताले देखाएको सद्भाव, ऐक्यबद्धता र सहयोगप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्नु भएको छ। सो अवसरमा दुई देशका विदेशमन्त्रीहरूबीच जलवायु परिवर्तनको उच्च जोखिममा रहेका मुलुकहरूले भोग्नुपरेका साझा चुनौतीहरूबारे विस्तृत छलफल भएको थियो ।फोनवार्तामा क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा जलवायु न्यायको पक्षमा सशक्त आवाज उठाउन र प्रभावकारी जलवायु कार्ययोजना अघि बढाउन प्रतिबद्धता गर्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री बीच टेलिफोन वार्ता

काठमाडौं,२२ भदौ । परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सकी विदेशमन्त्री इरौथिशाम आदम बीच सोमबार दिउँसो टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा विदेशमन्त्री आदमले नेपालमा आइपरेको

पानीको बहाव दुई लाख क्युसेक नाघ्यो

काठमाडौं,२२ भदौ । पूर्वी पहाडी जिल्लाहरूमा लगातार परेको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव दुई लाख क्युसेक प्रतिसेकेन्ड नाघेको छ । पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा

सरकारप्रति मिश्रित प्रतिक्रिया र परीक्षाको चरणमा नयाँ पुस्ता

काठमाडौं ,२२ भदौ ।  जेनजी आन्दोलन भएको एक वर्ष पूरा हुँदा आन्दोलनबाट उठाइएका मुद्दा, त्यसपछिको राजनीतिक परिस्थिति र सरकारको कार्यशैलीलाई लिएर जेनजी पुस्ताभित्रै समीक्षा सुरु

भूतपूर्व सैनिक संगठन दमकले गर्याे बाढीपीडितका लागि १ लाख २५ हजार आर्थीक सहयोग

झापा दमक ,२२ भदौ । भारतीय गोर्खा भूतपूर्व सैनिक संगठन दमक, झापा ले रसुवा–भोटेकोशी बाढीपीडितका लागि रु .१ लाख २५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता

अन्तर्राष्ट्रिय पत्रकारद्वारा प्रभावित क्षेत्रको अवलोकन

एजेन्सी,२२ भदौ । अन्तर्राष्ट्रिय पत्रकारहरुले दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने बाढी प्रभावित चिलुङ बन्दरगाहको भ्रमण गरेका छन।उनीहरूले विनाशकारी पहिरोपछि जारी उद्धार कार्य तथा पुनःस्थापना

राष्ट्रपति पौडेलद्वारा नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन

नुवाकोट ,२२ भदौ। राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट जिल्लाको विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गर्नु भएको छ