बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतलाई प्राथमिकता दिएका छौँ : मुख्यमन्त्री थापा मगर

काठमाडौं ,२२ भदौ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवा लगायत बाढी तथा पहिरो प्रभावित क्षेत्रमा प्रदेश सरकारले उद्धार, राहत, स्वास्थ्य सेवा तथा अस्थायी पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ ।रसुवामा गएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रको अवस्था, प्रदेश सरकारले गरेका काम, चुनौती तथा आगामी योजनाबारे आयोजित पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री थापाले बागमती प्रदेशका रसुवा, नुवाकोट, धादिङ र चितवनका १५ स्थानीय तह बाढी तथा पहिरोबाट प्रभावित भएको जानकारी दिनु भयो।

 

उहाँले भन्नु भयो,‘भर्खरै मात्रै बागमती प्रदेशको चार वटा जिल्लामा महाविपत्तिले नोक्सान भएको छ । विशेषगरी १५ वटा पालिका प्रभावित छ । रसुवाको ४ वटा पालिका, त्यसैगरी नुवाकोटको ४ वटा पालिका, धादिङको ४ वटा पालिका र चितवनको केही पालिका गरेर १५ वटा पालिकाहरु नोक्सान भएको छ ।’उहाँका अनुसार रसुवाका गोसाइँकुण्ड, आमाछोदिङ्मो, कालिका र उत्तरगया गाउँपालिका सबैभन्दा बढी प्रभावित भएका छन् । ती क्षेत्रमा मानवीय क्षतिका साथै पालिका कार्यालय, स्वास्थ्य चौकी, अस्पताल लगायतका भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको उहाँले बताउनु भयो । जनप्रतिनिधिले समेत विपदमा ज्यान गुमाएको उहाँको भनाइ छ ।

त्यसैगरी नुवाकोटका विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, किस्पाङ र तारकेश्वर गाउँपालिका तथा धादिङका गल्छी, सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाउँपालिका प्रभावित भएका छन। चितवनका केही स्थानीय तहमा समेत ठूलो क्षति भएको मुख्यमन्त्री थापाले बताउनु भयो।उहाँका अनुसार बाढीबाट छ वटा जलविद्युत् आयोजना प्रभावित भई ६६२ मेगावाटभन्दा बढी विद्युत् उत्पादन अवरुद्ध भएको छ । बाढीका कारण ठूलो मात्रामा भौतिक संरचना क्षतिग्रस्त भएको र मानवीय क्षतिको पूर्ण विवरण संकलन भइरहेको उहाँले जानकारी दिनु भयो ।

 

मुख्यमन्त्री थापाका अनुसार भाद्र १० गते बिहान ८ः४६ बजे रसुवाको लेन्दे क्षेत्रमा हिमताल तथा हिमनदी फुटेर आएको बाढीले त्रिशूली नदी आसपासका बस्तीमा ठूलो क्षति पु¥याएको थियो । बाढीले स्याफ्रुबेँसी, टिमुरे, धुन्चे, बेत्रावती, बट्टार लगायतका क्षेत्रमा बस्ती, सडक, पुल तथा अन्य पूर्वाधारमा व्यापक क्षति गरेको उहाँले बताउनु भयो ।विपद्को जानकारी प्राप्त भएलगत्तै प्रदेश विपद् व्यवस्थापन समितिको बैठक बसेर उद्धार तथा राहत कार्य अघि बढाइएको मुख्यमन्त्री थापाले बताउनु भयो। आफू सोही दिन दिउँसो नुवाकोटको विदुरस्थित बट्टार पुगेर प्रभावित क्षेत्रको निरीक्षण गरेको र प्रदेशका चारवटा अस्पतालबाट १०० भन्दा बढी स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको उहाँले जानकारी दिनु भयो।

 

प्रभावित क्षेत्रमा तत्काल तीनवटा स्वास्थ्य शिविर सञ्चालन गरिएको तथा विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य सेवा उपलब्ध गराइएको उहाँले बताउनु भयो । घरबारविहीन तथा परिवारका सदस्य गुमाएका नागरिकलाई चारवटा अस्थायी सेल्टरमा राखेर खाना तथा बसोबासको व्यवस्था गरिएको उहाँको भनाइ छ ।मुख्यमन्त्री थापाले संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्यका आधारमा उद्धार तथा राहतको काम अघि बढाइएको बताउनु भयो। घाइते तथा जोखिममा रहेका नागरिकलाई हेलिकप्टरमार्फत उद्धार गर्ने र प्रदेश सरकारले उपचारको व्यवस्था गर्ने गरी काम गरिएको उहाँले जानकारी दिनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सिर्सिया नदी प्रदूषण नियन्त्रण गर्न मन्त्रालय गम्भीर छ : मन्त्री यादव

काठमाडौं,२२ भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सिर्सिया नदीमा भइरहेको औद्योगिक प्रदूषण नियन्त्रणका लागि मन्त्रालय गम्भीर रहेको बताउनु भएको छ। सिर्सिया नदीमा भएको

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतलाई प्राथमिकता दिएका छौँ : मुख्यमन्त्री थापा मगर

काठमाडौं ,२२ भदौ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवा लगायत बाढी तथा पहिरो प्रभावित क्षेत्रमा प्रदेश सरकारले उद्धार, राहत, स्वास्थ्य सेवा तथा अस्थायी पूर्वाधार

बाढीपीडितको राहतका लागि कांग्रेसद्वारा प्रधानमन्त्री कोषमा एक करोड सहयोग

काठमाडौं ,२२ भदौ। रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनस्थापनको लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री बीच टेलिफोन वार्ता

काठमाडौं,२२ भदौ । परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सकी विदेशमन्त्री इरौथिशाम आदम बीच सोमबार दिउँसो टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा विदेशमन्त्री आदमले नेपालमा आइपरेको

पानीको बहाव दुई लाख क्युसेक नाघ्यो

काठमाडौं,२२ भदौ । पूर्वी पहाडी जिल्लाहरूमा लगातार परेको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव दुई लाख क्युसेक प्रतिसेकेन्ड नाघेको छ । पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा

सरकारप्रति मिश्रित प्रतिक्रिया र परीक्षाको चरणमा नयाँ पुस्ता

काठमाडौं ,२२ भदौ ।  जेनजी आन्दोलन भएको एक वर्ष पूरा हुँदा आन्दोलनबाट उठाइएका मुद्दा, त्यसपछिको राजनीतिक परिस्थिति र सरकारको कार्यशैलीलाई लिएर जेनजी पुस्ताभित्रै समीक्षा सुरु