सम्झनामा भदौ २३

दमकमा Gen-Z आन्दोलन स्मरण कार्यक्रम हुँदै

‘झण्डाभन्दा माथि सम्झना, नाराभन्दा माथि एकता’

दमक । भदौ २२ । दमकमा Gen-Z आन्दोलनको पहिलो वार्षिकोत्सवको अवसरमा भोलि स्मरण कार्यक्रम आयोजना हुने भएको छ।

आन्दोलनका क्रममा ज्यान गुमाएका तथा प्रभावित भएका Gen-Z पुस्ताका युवाहरूको सम्झनामा दमक चोकमा साँझ ५ बजेर ३० मिनेटमा क्यान्डल लाइटिङ तथा मौनधारण कार्यक्रम गर्न लागिएको हो।

आयोजकका अनुसार कार्यक्रम कुनै राजनीतिक दल वा व्यक्तिगत स्वार्थसँग सम्बन्धित नरहेको र आन्दोलनका क्रममा ज्यान गुमाएका तथा प्रभावित युवाहरूलाई सम्झनाका साथै आन्दोलनले ल्याएका परिवर्तनको स्मरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।

आन्दोलनका क्रममा व्यक्त गरिएका प्रतिबद्धतामध्ये अझै पूरा हुन बाँकी विषयमा पनि सोच्ने साझा अवसरका रूपमा कार्यक्रमलाई लिइएको जेनजी अभियान्ता सुभम सिग्देलले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी हुन सम्पूर्ण युवा तथा नागरिकलाई एउटा क्यान्डल लिएर दमक चोकमा उपस्थित हुन आह्वान गरिएको छ। कार्यक्रम शान्तिपूर्ण रूपमा सञ्चालन गरिने आयोजकले जनाएको छ।

आयोजकले कार्यक्रमलाई ‘झण्डाभन्दा माथि सम्झना, नाराभन्दा माथि एकता’ भन्ने भावनासहित आयोजना गर्न लागिएको जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आजको मौसम: कहाँ कहाँ पर्दैछ पानी ?

काठमाडौ |९ असोज | हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीको बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र

प्रधानमन्त्री बालेनले विस्वलाई दिएको सन्देश कति ससक्त?

आकस्मिक प्रतिक्रियाबाट तयारीको संस्कृतितर्फ जानुपर्ने, उत्थानशीलतामा लगानी गर्ने, बीमा र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने, बलियो पूर्वाधार तथा संस्थाहरू निर्माण गर्ने, जीवाश्म इन्धनमा निर्भरता घटाउने र पूर्वसूचना तथा जीवनरक्षा प्रणाली बलियो बनाउनुपर्ने

गुटेरेससँग प्रधानमन्त्री शाहको भेट, भोटेकोशी विपद् र जलवायु संकटमा सहकार्यको प्रतिबद्धता

जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली मुलुकले भोगिरहेका चुनौतीप्रति संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध