दमकका व्यवसायी आरकेद्वारा बाढीपीडितलाई करिब चार लाखको सहयोग

उहाँको यही भोटेकोशी नदिमा परी अघील्लो वर्ष करिव १ करोड बराबरका सामान बाढीकै कारण क्षती समेत भएको थियो ।

 

दमक, २२ भदौ । दमकका रेडिमेड कपडा व्यवसायी आरके थापाले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकलाई राहतस्वरूप करिब चार लाख रुपैयाँ बराबरको सहयोग गर्नुभएको छ ।

 

थापाले कम्तीमा तीन सय ३० जनालाई पुग्ने गरी पेन्ट, टिसर्ट तथा सर्टलगायतका कपडा पठाउनुभएको हो ।

दमकका व्यवसायीहरूले एकैसाथ राहत सामग्री पठाउने क्रममा आफूले पनि सहयोग गर्नुपर्ने महसुस गरी सोही लटमा व्यक्तिगत रूपमा सहयोग पठाएको थापाले जानकारी दिनुभयो ।

 

यसैगरी, उहाँले आफ्नो पसल आरके फेसन स्टोरको १५औँ वार्षिक उत्सवका अवसरमा भएको संकलनको रकमसमेत बाढीपीडितका लागि पठाउनुभएको छ । उहाँले प्रधानमन्त्री दैवी उद्धार कोषमा २५ हजार रुपैयाँ नगदसमेत जम्मा गर्नुभएको छ ।

 

थापाका अनुसार पठाइएका लत्ताकपडा र नगदसहित करिब चार लाख रुपैयाँ बराबरको सहयोग बाढीपीडितका लागि गरिएको हो । उहाँको यही भोटेकोशी नदिमा परी अघील्लो वर्ष करिव १ करोड बराबरका सामान बाढीकै कारण क्षती समेत भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आजको मौसम: कहाँ कहाँ पर्दैछ पानी ?

काठमाडौ |९ असोज | हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीको बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र

प्रधानमन्त्री बालेनले विस्वलाई दिएको सन्देश कति ससक्त?

आकस्मिक प्रतिक्रियाबाट तयारीको संस्कृतितर्फ जानुपर्ने, उत्थानशीलतामा लगानी गर्ने, बीमा र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने, बलियो पूर्वाधार तथा संस्थाहरू निर्माण गर्ने, जीवाश्म इन्धनमा निर्भरता घटाउने र पूर्वसूचना तथा जीवनरक्षा प्रणाली बलियो बनाउनुपर्ने

गुटेरेससँग प्रधानमन्त्री शाहको भेट, भोटेकोशी विपद् र जलवायु संकटमा सहकार्यको प्रतिबद्धता

जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली मुलुकले भोगिरहेका चुनौतीप्रति संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध