मध्य प्रदेशका मुख्यमन्त्री र रिजवान आलमबिच दुबईमा भेट, जलवायु संकटबारे पनि कुरा उठ्यो

दुबई , भदौ २३ । भारतको मध्य प्रदेशका मुख्यमन्त्री डा. मोहन यादव र कूटनीतिक विज्ञ रिजवान आलमबिच दुवैमा विशेष शिष्टाचार भेट भएको छ । भारतको मध्य प्रदेश राज्यमा वैदेशिक लगानी भित्र्याउने र रणनीतिक साझेदारी विस्तार गर्ने उद्देश्यका साथ दुबईमा आयोजित ‘इन्भेस्ट इन मध्य प्रदेश’ अन्तरक्रियात्मक सत्रका क्रममा उनीहरूबिच विशेष भेट भएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री यादव रहेका थिए भने विशिष्ट अतिथिमा रिजवान रहनुभएको थियो । उक्त समारोहमा सरिक हुन् मुख्यमन्त्री यादवले नै रिजवानलाई विशेष आमन्त्रण पठाउनुभएको थियो । यसरी प्रवासमा रहेर भारतीय उच्च अधिकारीबाट सरकारी स्तरबाटै आमन्त्रण गरिने रिजवान एक विशिष्ट व्यक्ति रहनुभएको छ ।

उहाले युएईमा रहेर मध्यपूर्वका देशहरूको भूराजनीतिक गतिविधिमा टेवा पु¥याउँदै आएको भन्दै मुख्यमन्त्री यादवले उच्च तहको निमन्त्रणा गर्नुभएको थियो ।समारोहमा रिजवानले नेपालले खेप्नु परेको बाढीको पीडालाई पनि उठाउनुभएको थियो । उहाले जलवायु परिवर्तनका कारण नेपालले ठुलो संकट खेपेको र विश्वका सबै मुलुकलाई सहयोगका लागि आह्वान गर्नुभएको थियो । उहालेउनले जलवायु परिवर्तनको मारमा सबैभन्दा धेरै नेपाल परेको र यसको असर विश्वव्यापी नै रहेकाले समस्या समाधानका लागि विश्व समुदाय एक ठाउँमा आउनु पर्ने धारणा राख्नुभएको थियो ।नेपालको सुनसरी घर भएका रिजवान दक्षिण एसिया, भारत, अरबलगायत मध्य पूर्वको कूटनीतिक तथा व्यापारिक क्षेत्रमा सक्रिय छन् । रिजवानको मुख्यमन्त्री यादवसँग यो युएईमा भएको दोस्रो उच्चस्तरीय भेट हो ।

उक्त समारोहमा भारत हाल बलियो आर्थिक वृद्धि, रूपान्तरणकारी नीतिगत सुधार, विश्व स्तरीय पूर्वाधार निर्माण तथा नवप्रवर्तन र दिगो विकासका विषयमा वृहत् छलफल भएको थियो ।यस्तै, मुख्यमन्त्री यादवले वर्तमान समयमा भारतमा सिर्जित अनुकूल आर्थिक वातावरणले वैदेशिक लगानी र दीर्घकालीन व्यावसायिक साझेदारीका लागि विश्वभरका लगानीकर्तालाई ठुलो अवसर प्रदान गर्ने धारणा राख्नुभएको थियो । उहाले मध्य प्रदेश वैदेशिक लगानीका लागि उत्कृष्ट गन्तव्यका रूपमा रहेको बताउनुभयो ।प्रचुर प्राकृतिक स्रोत९साधन, दक्ष जनशक्ति, उत्कृष्ट पूर्वाधार, विस्तारिँदो बजार, प्रगतिशील नीति र रणनीतिक भौगोलिक सञ्जालका कारण मध्य प्रदेश विश्वव्यापी लगानीकर्ताका लागि उपयुक्त रहेको उहाको भनाइ थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना

दानबहादुर कार्कीरिट कात्तिक ३० गते पेशी

काठमान्डौ,२० कात्तिक । प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट शुक्रबार सर्वाेच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित उनले हिजो