काठमाडौं,२३ भदौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक एनआईएमबीका अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई काठमाडौं जिल्ला अदालतले ४० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दामा सोमबार अदालतमा उपस्थित हुनु भएका पाँडेलाई जिल्ला न्यायाधीश नवराज दुलालको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
अदालतले तोकेको ४० लाख रुपैयाँ धरौटी बुझाएपछि पाँडे रिहा हुनु भएको छ। उहाँविरुद्ध गत साउन २७ गते ठगी तथा संगठित अपराधसम्बन्धी अभियोगमा मुद्दा दायर भएको थियो । अदालतमा पाँडेले दिएको बयानअनुसार स्मार्ट टेलिकमले बैंकबाट लिएको ऋण रकम भुक्तानी नगरेपछि बैंकले कर्जा असुलीका लागि धितोमा रहेको स्मार्ट टेलिकमको सामान कानुनीप्रक्रिया अनुसार नै लिलाम गरेको हो ।









