रसुवा बाढीपीडितका लागि नाइमाको ५० लाख सहयोग, अर्थमन्त्रीलाई रकम हस्तान्तरण

काठमाडौं , भदौ २३। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । नाइमाले आफ्नो पूर्वनिर्णयअनुसार उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो । नाइमा अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा गएको टोलीले सहयोग रकम हस्तान्तरण गरेको थियो ।सहयोग हस्तान्तरण कार्यक्रममा नाइमाका बोर्ड सदस्य यमुना श्रेष्ठ र हेमन्त गोल्छा, साइमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ, नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलाल, कार्यक्रम संयोजक ज्ञानु अधिकारी तथा नाइमाको डिजिटल एजेन्सी म्ष्नष्उब िका तर्फबाट उत्सव कार्की सहभागी हुनुन्थ्यो ।

सहयोग हस्तान्तरण गर्दै अध्यक्ष वैद्यले रकम तुलनात्मक रूपमा सानो भए पनि विपद्को समयमा प्रभावित समुदायप्रति ऐक्यबद्धता र साथ व्यक्त गर्नु यसको मुख्य उद्देश्य रहेको बताउनुभयो ।उहाले नाइमाका सदस्य कम्पनीसहित नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको तर्फबाट सहयोग गरिएको उल्लेख गर्दै संकट र विपद्का समयमा सरकार तथा प्रभावित समुदायसँगै उभिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।‘यो केवल आर्थिक सहयोग मात्र नभई कठिन समयमा हामी प्रभावित समुदायसँगै छौं भन्ने ऐक्यबद्धताको सन्देश पनि हो,’ वैद्यले भन्नुभयो । सहयोग ग्रहण गर्दै अर्थमन्त्री डा. वाग्लेले ल्ब्क्ष्ःब् ले गरेको सहयोगको प्रशंसा गर्नुभयो । उहाले विपद्को संवेदनशील र कठिन अवस्थामा प्राप्त यस्तो सहयोग अत्यन्त मूल्यवान् रहेको बताउनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जेनजी शहीद स्मृति दिवसः पुरानो संसद् भवन परिसरमा भावुक दृश्य, दीप प्रज्वलन र माल्यार्पण

काठमाडौं , भदौ २३ । जेनजी शहीदहरूको सम्झनमामा आज देशभर स्मृति दिवस मनाइँदै छ ।यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी

दमकमा इन्टर स्कुल प्रिन्स एन्ड प्रिन्सेस मोडल आइकनको ग्राण्ड फिनाले सम्पन्न

प्रतियोगिताको निर्णायकमा मिस नेपाल कोस्मो दिपशिखा नेपाल, मिष्टर नेपाल प्रकाश चौहान, विवश राई र मनिला ढकाल रहेका थिए ।

रसुवा बाढीपीडितका लागि नाइमाको ५० लाख सहयोग, अर्थमन्त्रीलाई रकम हस्तान्तरण

काठमाडौं , भदौ २३। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि ५० लाख रुपैयाँ

इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौं : सुशीला कार्की

काठमान्डौ,२३ भदौ ।पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन दिन नसके दुई तिहाइ बहुमतको सरकार पनि स्थिर रहँदैन भन्ने सन्देश जेनजी आन्दोलनले दिएको बताउनु भएको छ। आज मंगलबार

अवरुद्ध सडक सञ्चालन र जोखिमयुक्त क्षेत्रमा निगरानी तीव्र

एजेन्सी,२३ भदौ । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पहिरोबाट प्रभावित केरुङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा पुग्ने एक मात्र स्थलमार्गमा यातायात सुरक्षित बनाउने प्रयास जारी राखिएको

साइकलको सिटमुनि लुकाएर ल्याएको ब्राउनसुगर सहित कन्काईबाट एक युवक पक्राउ

झापा, भदौ २३ । साइकलको सिटमुनि लागूऔषध लुकाएर ल्याउँदै गर्दा कन्काई नगरपालिकामा एकजना युवक पक्राउ परेका छन् ।हिजो सोमबार साँझ ६ः१५ बजे कन्काई नगरपालिका वडा