बाजुरामा सुत्केरीको स्वास्थ्यकर्मीद्वारा सफल उद्धार

बाजुरा ,२४ भदौ। बाजुरामा बाटोमै सुत्केरी हुन लागेकी २६ वर्षीया कमला बोगटीको स्वास्थ्यकर्मीको तत्परताले उद्धार गरिएको छ । खप्तडछेडेदह गाउँपालिका–४ की बोगटी माइतीघरबाट पोइलीघर जाने क्रममा बुढीगंगा नगरपालिका–६ स्थित फालासैन बजार माथिको सडकमा अचानक प्रसव पीडामा पर्नु भएको थियो । बाटोमा छट्पटाइरहनु भएकी उहाँलाई स्थानीयले देखेपछि बाजुरा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै स्वास्थ्यकर्मी हस्त कठायत आवश्यक प्रसूति सामग्री र औषधिसहित घटनास्थलतर्फ पुगेका थिए । सोही बाटो हुँदै मार्तडी जाँदै गर्नु भएकी जिल्ला अस्पताल बाजुराकी स्वास्थ्यकर्मी निशा रोकायाले समेत घटनाबारे जानकारी पाएपछि तत्काल सहयोग गर्नु भएको थियो ।

स्वास्थ्यकर्मी कठायत, रोकाया, ईश्वरी केसीलगायत स्वास्थ्यकर्मी तथा स्थानीयको सहयोगमा सडककै छेउमा आवश्यक प्रसूति सेवा प्रदान गरिएको खडायतले बताउनु भएको छ। तत्काल प्रसूति सेवा दिइएपछि कमलाले सुरक्षित रूपमा बच्चा जन्माउनु भएको हो। स्वास्थ्यकर्मीको समयमै सक्रियता र स्थानीयको सहयोगका कारण आमा र नवजात शिशु दुवैको ज्यान जोगिएको हो । अहिले आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको र उनीहरूलाई बाजुरा स्वास्थ्य चौकी टाँटेमा राखेर स्वास्थ्य निगरानी भइरहेको छ ।

बर्खाको समयमा सडक बिग्रिनु, भौगोलिक विकटता र स्वास्थ्य संस्थासम्म पुग्न लाग्ने लामो समयका कारण बाजुराका गर्भवती महिलाले अझै पनि जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था रहेको छ । समयमै स्वास्थ्य संस्थामा पुग्न नसक्दा बाटोमै प्रसूति गराउनुपर्ने बाध्यता रहेको हस्त खडायतले जानकारी दिनुभयो । आपत्कालीन अवस्थामा स्वास्थ्यकर्मीको तत्परता र स्थानीयको सहयोगले यसपटक सम्भावित दुर्घटना टरे पनि दुर्गम क्षेत्रमा सुरक्षित मातृत्वका लागि सहज यातायात र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता रहेको खडायतले बताउनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

छठघाटमा सुरक्षा कडा, महँगा गहना नलगाउन पर्सा प्रहरीको आग्रह

वीरगञ्ज,२९ कार्तीक । पर्सा प्रहरीले वीरगञ्ज लगायत जिल्लाका सम्पूर्ण छटघाटहरूमा सुरक्षा व्यवस्था कडा पारेको छ । बर्दीधारी पुलिससँगै सादा पोशाकमा पनि प्रहरीले प्रहरी परिचालन गरिएको

अमेरिकामा १५ हजारभन्दा बढी हवाई उडान रद्द, १० लाख यात्रु प्रभावित

काठमाडौं ,२९ कार्तीक। अमेरिकामा देशव्यापी हवाई उडान रोकिएको घटनाको असर अझै सामान्य हुन सकेको छैन । चार घण्टासम्म देशभरका उडान रोकिएपछि उत्पन्न अवरोधका कारण हजारौं

कर्णालीद्वारा चितवनलाई १५४ रनको लक्ष्य

काठमाडौं,२९ कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ

दुर्घटनापछि ‘जलाकी’ को मुख्य भूमिकामै फर्किए सोनम तोप्देन

काठमाडौं,२९ कार्तीक । गायकबाट अभिनेतासम्मको यात्रा तय गरेका सोनम तोप्देनका लागि सिनेमा ‘जलाकी’ एउटा विशेष प्रोजेक्ट बनेको छ । दुर्घटनाका कारण बीचमै छाड्नुपरेको यही सिनेमामा

नेपाल–भारत सीमामा ड्युटीकै क्रममा भारतीय एसएसबी जवानको मृत्यु

दिघलबैंक ,२९ कात्तिक । नेपाल–भारत सीमामा तैनाथ सशस्त्र सीमा बल (एसएसबी) का एक जवानको ड्युटीकै बेला मृत्यु भएको छ ।सशस्त्र सीमा बल (एसएसबी) का १२

छठलाई राष्ट्रिय पर्वका रूपमा स्थापित गर्न प्रभु साहको माग

काठमाडौं ,२९ कार्तीक। आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले आस्थाको महान पर्व छठलाई राष्ट्रिय पर्वको रूपमा स्थापित गरि अन्तर्राष्ट्रियकरण गर्नुको साटो अहिले क्षेत्रीय

एमाले प्रचार विभागका अनुसार मंसिर २ देखि राष्ट्रिय भेला र केन्द्रीय कमिटी बैठक

काठमाडौं,२९ कार्तीक । नेकपा (एमाले)ले आगामी मंसिर २ देखि ५ गतेसम्म तीनवटा महत्त्वपूर्ण केन्द्रीय कार्यक्रम आयोजना गर्ने भएको छ ।पार्टीले मंसिर २ र ३ गते