सिरहाको चोहर्वामा जेन्जी आन्दोलनको शहीदहरूको सम्झनामा श्रद्धाञ्जली

सिरहा,२४ भदौ । जेन्जी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा सिरहाको चोहर्वा बजारमा युवाहरूले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका छन् ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत चोहर्वा बजारमा भेला भएका युवाहरूले जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको योगदान र बलिदानको स्मरण गरेका हुन्। कार्यक्रममा सहभागी युवाहरूले मृतकहरूले उठाएका सामाजिक तथा राजनीतिक सवाल, परिवर्तनको आकांक्षा र सुशासनको मागलाई निरन्तर स्मरण गर्नुपर्नेमा जोड दिएका छन्।

 

२०८२ साल भदौ २३ गते सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचार, बेथिति, नातावाद, निरंकुशता तथा सुशासनको अभावलगायतका विषयप्रति असन्तुष्टि जनाउँदै जेन्जी पुस्ताका युवाहरू आन्दोलनमा उत्रिएका थिए। काठमाडौंसहित देशका विभिन्न स्थानमा फैलिएको उक्त आन्दोलनले छोटो समयमै नेपालको राजनीतिक तथा सामाजिक परिवेशमा महत्त्वपूर्ण प्रभाव पारेको थियो।आन्दोलनका क्रममा भएको बल प्रयोग तथा त्यसपछिका घटनामा ठुलो मानवीय तथा भौतिक क्षति भएको थियो। चोहर्वाका युवाहरूले आन्दोलनमा ज्यान गुमाएका युवाहरूको बलिदानलाई सम्मान गर्दै उनीहरूले देखाएको साहस, परिवर्तनप्रतिको चाहना र सुशासनको आवाजलाई आगामी दिनमा पनि जीवित राख्नुपर्ने बताएका छन।

श्रद्धाञ्जली कार्यक्रममा सहभागी युवाहरूले शहीदहरूको सपना र उनीहरूले उठाएका मुद्दालाई व्यवहारमा सम्बोधन गर्नु नै उनीहरूप्रतिको सच्चा सम्मान हुने धारणा व्यक्त गरेका छन।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विपदमा महिला बालबालिकाको सुरक्षा र गरिमा जोगाउन सांसद धितालको माग

काठमाडौं ,२४ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद क्रान्तिशिखा धितालले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत र उद्धार व्यवस्थापन गर्दा महिला तथा बालबालिकाको सुरक्षा, गोपनीयता र

चार घाइते, सीमा नाकामा दुईको मृत्यु

काठमाडौं,२४ भदौ । रुस–युक्रेन युद्ध जारी रहेका बेला युक्रेनी राजधानी किएभमा रुसी ड्रोन आक्रमणबाट चार जना घाइते भएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार

ग्यास उद्योगले पर्याप्त मात्रामा काठमाडौंमा सिलिन्डर नपठाउँदा समस्या : उद्योगमन्त्री

काठमाडौं , २४ भदौ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थापनबारे छलफल भएको छ । बुधबार बसेको

उद्धार सुस्त भएको भन्दै कांग्रेस सचेतक थापाद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं ,२४ भदौ। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले रसुवामा आएको विनाशकारी बाढीको दुई हप्ताभन्दा बढी समय बितिसक्दा पनि खोजी तथा उद्धार कार्यले अपेक्षित गति

युवाहरूले गोली र लाठी खानुको कारण के थियो ? : सांसद यादव

काठमाडौं ,२४ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सांसद पुरुषोत्तम सुप्रभात यादवले युवाहरूको सडक संघर्ष र बलिदानबाट सत्ता ढलेको एक वर्ष पूरा भएको बताउनु भएको

जेन–जी आन्दोलनको हिंसा र तोडफोडको निष्पक्ष छानबिन हुनुपर्छ : प्रचण्ड

काठमाडौं ,२४ भदौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी आन्दोलनका क्रममा भएको दमन, हिंसा, लुटपाट तथा आगजनीबारे निष्पक्ष, स्वतन्त्र र तथ्यमा आधारित