भद्रपुरमा मार्वल अनलोड गर्ने क्रममा थिचिएर एक कामदारको मृत्यु

झापा, भदौ २४ । भद्रपुरमा गाडीबाट मार्वल अनलोड गर्दा थिचिएर एक जना श्रमिकको मृत्यु भएको छ । हिजो मंगलबार दिउँसो १२ बर्जे ४५ मिनेटमा भद्रपुर ५ स्थित सूर्य प्लाईउड फ्याक्ट्रीमा बन्दै गरेको नयाँ भवनमा काम गर्ने कामदारको मार्वलले थिचिएर मृत्यु भएको हो ।

काठमाण्डौ महानगरपालिका तत्काल वडा नम्बर नखुलेको कोटेश्वर राम मन्दिर बस्ने बर्ष ३१ का राजेन्द्र खड्काले मे १ ज २२१८ नम्बरको बोलेरो पिकअपबाट मार्वल अनलोड गर्ने क्रममा मार्वलले जिउमाथि थिँचिदा उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर लगी चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेका थिए ।घटनाबारे जानकारी गराउनसाथ प्रहरी टोली खटिएर थप अनुसन्धान भइरहेको र मृतकको आफन्तसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विपदमा महिला बालबालिकाको सुरक्षा र गरिमा जोगाउन सांसद धितालको माग

काठमाडौं ,२४ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद क्रान्तिशिखा धितालले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत र उद्धार व्यवस्थापन गर्दा महिला तथा बालबालिकाको सुरक्षा, गोपनीयता र

चार घाइते, सीमा नाकामा दुईको मृत्यु

काठमाडौं,२४ भदौ । रुस–युक्रेन युद्ध जारी रहेका बेला युक्रेनी राजधानी किएभमा रुसी ड्रोन आक्रमणबाट चार जना घाइते भएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार

ग्यास उद्योगले पर्याप्त मात्रामा काठमाडौंमा सिलिन्डर नपठाउँदा समस्या : उद्योगमन्त्री

काठमाडौं , २४ भदौ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थापनबारे छलफल भएको छ । बुधबार बसेको

उद्धार सुस्त भएको भन्दै कांग्रेस सचेतक थापाद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं ,२४ भदौ। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले रसुवामा आएको विनाशकारी बाढीको दुई हप्ताभन्दा बढी समय बितिसक्दा पनि खोजी तथा उद्धार कार्यले अपेक्षित गति

युवाहरूले गोली र लाठी खानुको कारण के थियो ? : सांसद यादव

काठमाडौं ,२४ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सांसद पुरुषोत्तम सुप्रभात यादवले युवाहरूको सडक संघर्ष र बलिदानबाट सत्ता ढलेको एक वर्ष पूरा भएको बताउनु भएको

जेन–जी आन्दोलनको हिंसा र तोडफोडको निष्पक्ष छानबिन हुनुपर्छ : प्रचण्ड

काठमाडौं ,२४ भदौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी आन्दोलनका क्रममा भएको दमन, हिंसा, लुटपाट तथा आगजनीबारे निष्पक्ष, स्वतन्त्र र तथ्यमा आधारित