रसुवा बाढी

१३६७ को मृत्यु, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन

काठमाडौं ,२४ भदौ। रसुवा लगायत बाढीपहिरो प्रभावित क्षेत्रमा मानवीय क्षति बढ्दै गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार बिहान ११ बजेसम्म बाढीपहिरोमा परी १ हजार ३६७ जनाको मृत्यु भएको छ।प्राधिकरणका अनुसार रसुवामा १७४, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२६ र नवलपरासी पश्चिममा २२२ शव फेला परेका छन्। उपचारका क्रममा काठमाडौंमा थप दुई जनाको मृत्यु भएको छ।

 

हालसम्म फेला परेका शवमध्ये १०२ जनाको मात्र सनाखत भएको प्राधिकरणले जनाएको छ। सनाखत हुन बाँकी शव तथा विभिन्न मानव अंगको व्यवस्थापनका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा डीएनए परीक्षणका लागि नमुना दिन सकिने व्यवस्था गरिएको छ।यस्तै, बाढीपहिरोपछि करिब ५ हजार १३२ जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक गरिएको छ। रसुवाबाट मात्रै २ हजार ८६० जना सम्पर्कविहीन छन्। त्यसमध्ये रसुवाका १ हजार ३९३, अन्य जिल्लाका १ हजार २८६, नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरीका १२ जना छन्। सरकारी कर्मचारी ७३ तथा बैंक तथा वित्तीय संस्थाका २६ कर्मचारी पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

 

नुवाकोटबाट १ हजार ७८७ जना सम्पर्कविहीन छन्। त्यस्तै, करिब ५८७ जना विदेशी पर्यटक पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। प्राधिकरणले सम्पर्कविहीनको तथ्यांकमा पहिचान नभएका शव तथा उद्धार गरिएका व्यक्तिहरू समेत समावेश भएको हुनसक्ने भन्दै तथ्यांक रुजु गर्ने काम भइरहेको जनाएको छ।यसबीच हालसम्म १३ हजार ६४६ जनाको उद्धार गरिएको छ। विभिन्न १० अस्पतालमा ३२९ जनाको उपचार गरिएकोमा २५२ जना डिस्चार्ज भएका छन्। नेपाली सेनाले ३ हजार ५३५ र सशस्त्र प्रहरीले ३ हजार २८७ जनालाई उपचार सेवा दिएको जनाएको छ।उद्धार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी २१ हजार १८५ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन भएका छन्। नेपाली सेनाका ९ हजार ७, नेपाल प्रहरीका ७ हजार ९७५ र सशस्त्र प्रहरीका ४ हजार २०३ जना परिचालित छन।

 

हवाई उद्धारलाई समेत तीव्र पारिएको छ। भदौ २३ गतेसम्म नेपाली सेनाले १ हजार २६४ पटक उडान गरेकोमा भदौ २४ गते थप २१ उडान गरेको छ। सशस्त्र प्रहरी बलले प्रभावित क्षेत्रमा २५८ पटक हवाई उडान गरेको जनाएको छ।प्रभावित क्षेत्रका ३७ वटा होल्डिङ सेन्टरमा ३ हजार ६२८ जना रहेका छन्। रसुवामा ७३३, नुवाकोटमा २ हजार ६९९ र धादिङमा १९६ जना होल्डिङ सेन्टरमा रहेको प्राधिकरणले जनाएको छ।राहतका लागि सरकारले रसुवा र नुवाकोटलाई एक–एक करोड, धादिङलाई ५० लाख तथा प्रभावित १५ पालिकालाई १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ।

 

प्रभावित क्षेत्रमा डिजेल ४९ हजार लिटर, पेट्रोल २२ हजार लिटर र हवाइ इन्धन १५ हजार लिटर मौज्दात रहेको छ। साथै ४५७ वटा ग्यास सिलिन्डर अनुदानमा पठाइएको छ।सडक तथा हवाइमार्गबाट खाद्य तथा गैरखाद्य राहत सामग्री प्रभावित क्षेत्रमा पठाउने काम जारी रहेको प्राधिकरणले जनाएको छ। राहत व्यवस्थापनमा सरकारी तथा गैरसरकारी निकाय, निजी क्षेत्र, विकास साझेदार र नागरिक समाजले सहयोग गरिरहेका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक