रसुवा बाढी

उद्धार सुस्त भएको भन्दै कांग्रेस सचेतक थापाद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं ,२४ भदौ। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले रसुवामा आएको विनाशकारी बाढीको दुई हप्ताभन्दा बढी समय बितिसक्दा पनि खोजी तथा उद्धार कार्यले अपेक्षित गति लिन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ।बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले बाढीमा आफन्त सम्पर्कविहीन भएपछि सयौँ परिवार पीडामा रहेको बताउनु भयो। उहाँले यो प्राकृतिक विपत्ति मात्र नभई सयौँ परिवारको जीवनसँग जोडिएको राष्ट्रिय सङ्कट भएको उल्लेख गर्नु भएको छ।

 

उहाँले दैलेख जिल्लाका प्रकाश आचार्य, नरबहादुर थापा, पवित्रा कुमारी बुढा, मोहननाथ योगी, राजेन्द्र शाही, कृष्णबहादुर चन्द लगायत दैलेख तथा कर्णालीका धेरै नागरिक अझै सम्पर्कविहीन रहेको बताउनु भयो ।थापाले भन्नु भयो ,, ‘अहिले प्रत्येक मिनेट महत्त्वपूर्ण छ। परिवारलाई आश्वासन मात्र होइन, परिणाम चाहिएको छ।’उहाँले आफ्नो गृह जिल्ला दैलेख क्षेत्र नम्बर १ अन्तर्गत नमुना बस्तीका बादी समुदायका १० घर पहिरोका कारण विस्थापित भएको जानकारी दिँदै तत्काल राहत, सुरक्षित आवास र पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ। वर्षौँदेखि लालपुर्जाविहीन रहेका ती नागरिक अहिले घरबारविहीन हुन पुगेको उहाँको भनाइ थियो।

 

राष्ट्रिय विपत्तिको समयमा नागरिकको जीवन रक्षा गर्नु र सङ्कटमा परेका परिवारलाई राज्यको उपस्थितिको अनुभूति गराउनु सरकारको पहिलो दायित्व भएको थापाले बताउनु भयो। उहाँले सम्पर्कविहीन नागरिकको विवरण तत्काल अद्यावधिक गरी परिवारलाई सही सूचना उपलब्ध गराउन, आवश्यक स्थानमा थप जनशक्ति, प्रविधि तथा उद्धार उपकरण परिचालन गर्न सरकारसँग आग्रह गर्नु भयो। ‘सरकारको पहिलो धर्म सत्ता जोगाउनु होइन, नागरिक जोगाउनु हो। नागरिक बाँच्नुपर्छ र बचाउनुपर्छ भन्ने नारा लिएर अगाडि बढ्नुपर्छ,’ उहाँले भन्नु भयो। बैठकमा उहाँले आज बीपी जयन्तीको अवसरमा बीपी कोइरालाप्रति श्रद्धासुमन व्यक्त गर्दै आफ्नो भनाइ टुङ्ग्याउनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक