किएभमा रुसी ड्रोन आक्रमण

चार घाइते, सीमा नाकामा दुईको मृत्यु

काठमाडौं,२४ भदौ । रुस–युक्रेन युद्ध जारी रहेका बेला युक्रेनी राजधानी किएभमा रुसी ड्रोन आक्रमणबाट चार जना घाइते भएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार सामाजिक सञ्जाल मार्फत किएभको एक अपार्टमेन्ट भवनमा रुसी ड्रोन ठोक्किँदा चार जना घाइते भएको बताउनु भएको हो।जेलेन्स्कीका अनुसार घटनापछि उद्धारकर्मीले तत्काल उद्धार तथा आगो नियन्त्रणको काम गरेका थिए । रुसी आक्रमणबाट ओडेसा क्षेत्रमा मोल्डोभासँग जोडिएको अन्तर्राष्ट्रिय स्टारोकोजाचे सीमा नाका पनि प्रभावित भएको उहाँले बताउनु भएको छ। आक्रमणपछि उक्त सीमा नाकाको सञ्चालन स्थगित गरिएको छ ।

 

सीमा नाकामा भएको आक्रमणमा दुई जनाको मृत्यु भएको तथा तीन जना घाइते भएको जेलेन्स्कीले जानकारी दिनु भएको छ। उद्धारकर्मीले १६ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको उहाँले बताउनु भयो ।उहाँका अनुसार रुसी आक्रमणपछि ड्निप्रो, माइकोलाइभ, जापोरिज्जिया, खार्किभ, झिटोमिर र किएभ क्षेत्रमा क्षतिको विवरण संकलन तथा उद्धार कार्य भइरहेको छ । जेलेन्स्कीले रुसी आक्रमणप्रति अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया पर्याप्त नभएको आरोप लगाउनु भएको छ । उहाँले दैनिक जसो मानिसको ज्यान जाने गरी भइरहेको आक्रमण रोक्न प्रभावकारी अन्तर्राष्ट्रिय कदम आवश्यक रहेको बताउनु भयो ।

 

‘मस्कोले क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेर पनि कुनै परिणाम भोग्नुपर्दैन भन्ने विश्वासका साथ जाडो मौसममा प्रवेश गर्नु हुँदैन,’ जेलेन्स्कीले भन्नु भयो। रुस माथिका प्रतिबन्ध र युक्रेनलाई प्रदान गरिने सहयोग प्रभावकारी रूपमा अघि बढाउनुपर्ने उहाँको भनाइ छ ।यसैबीच, जेलेन्स्कीले सेप्टेम्बर ७ मा रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयासमा क्षेत्रीय विवाद महत्वपूर्ण विषय रहेको बताउनु भएको थियो । किएभमा अमेरिकी विशेष दूत स्टिभ विटकफ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनरसँगको भेटपछि उहाँले वार्ताका केही जटिल विषय राष्ट्रिय नेताहरूको तहबाट मात्रै समाधान हुन सक्ने बताउनु भयो।

 

जेलेन्स्कीले अमेरिकी प्रतिनिधिमण्डलसँग तीन चरणमा छलफल भइसकेको र ती छलफल सार्थक रहेको दाबी गर्नु भएको छ। उह ाँले वार्ताले पुनः कूटनीतिक प्रक्रिया अघि बढाउन तथा दीर्घकालीन शान्ति सम्झौताको वातावरण बनाउन सहयोग पुग्ने आशा व्यक्त गर्नु भएको छ।उता, रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकी राष्ट्रपति ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्यका लागि गरिरहेको प्रयासको स्वागत गरेको बताउनु भएको छ। पेस्कोभले रुसले युद्ध चाहेको नभई पहिले सुरु भएको द्वन्द्व अन्त्य गर्न खोजिरहेको दाबी गर्नु भएको छ। उहाँका अनुसार मस्कोको उद्देश्य युद्ध रोक्नु रहेको छ । तर, रुसले पुनः क्षेप्यास्त्र तथा ड्रोन आक्रमण तीव्र पारेपछि तत्कालै रुस–युक्रेन युद्ध अन्त्य हुने सम्भावना अझै टाढा देखिएको छ । एएनआई

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विपदमा महिला बालबालिकाको सुरक्षा र गरिमा जोगाउन सांसद धितालको माग

काठमाडौं ,२४ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद क्रान्तिशिखा धितालले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत र उद्धार व्यवस्थापन गर्दा महिला तथा बालबालिकाको सुरक्षा, गोपनीयता र

चार घाइते, सीमा नाकामा दुईको मृत्यु

काठमाडौं,२४ भदौ । रुस–युक्रेन युद्ध जारी रहेका बेला युक्रेनी राजधानी किएभमा रुसी ड्रोन आक्रमणबाट चार जना घाइते भएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार

ग्यास उद्योगले पर्याप्त मात्रामा काठमाडौंमा सिलिन्डर नपठाउँदा समस्या : उद्योगमन्त्री

काठमाडौं , २४ भदौ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थापनबारे छलफल भएको छ । बुधबार बसेको

उद्धार सुस्त भएको भन्दै कांग्रेस सचेतक थापाद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं ,२४ भदौ। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले रसुवामा आएको विनाशकारी बाढीको दुई हप्ताभन्दा बढी समय बितिसक्दा पनि खोजी तथा उद्धार कार्यले अपेक्षित गति

युवाहरूले गोली र लाठी खानुको कारण के थियो ? : सांसद यादव

काठमाडौं ,२४ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सांसद पुरुषोत्तम सुप्रभात यादवले युवाहरूको सडक संघर्ष र बलिदानबाट सत्ता ढलेको एक वर्ष पूरा भएको बताउनु भएको

जेन–जी आन्दोलनको हिंसा र तोडफोडको निष्पक्ष छानबिन हुनुपर्छ : प्रचण्ड

काठमाडौं ,२४ भदौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी आन्दोलनका क्रममा भएको दमन, हिंसा, लुटपाट तथा आगजनीबारे निष्पक्ष, स्वतन्त्र र तथ्यमा आधारित