विपदमा महिला बालबालिकाको सुरक्षा र गरिमा जोगाउन सांसद धितालको माग

काठमाडौं ,२४ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद क्रान्तिशिखा धितालले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत र उद्धार व्यवस्थापन गर्दा महिला तथा बालबालिकाको सुरक्षा, गोपनीयता र गरिमालाई प्राथमिकतामा राख्न सरकारसँग माग गर्नु भएको छ। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै धितालले भदौ १० गते रसुवामा भोटेकोशी उर्लिँदा पाँच जिल्लाका ४९ वडामा ठूलो जनधनको क्षति भएको बताउनु भएको छ। सरकारी तथा सामुदायिक तहबाट भएको उद्धार र राहतका कारण करिब ४ हजार प्रभावित नागरिक अहिले होल्डिङ सेन्टरमा आश्रित रहेको उहाँले जानकारी दिइनु भयो।

 

बाढीका कारण दैनिक सेवन गर्नुपर्ने औषधि बगाएको, मृत पशुचौपायाको उचित व्यवस्थापन हुन नसक्दा महामारीको जोखिम बढेको तथा सञ्चार र विद्युत् अवरुद्ध हुँदा धेरै प्रभावित नागरिक अझै बाहिरी संसारसँग सम्पर्कविहीन रहेको धितालले बताउनु भयो।उहाँले विपद्का बेला महिला तथा बालबालिकाको सुरक्षा थप चुनौतीपूर्ण हुने भन्दै राहत व्यवस्थापनमा संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिइनु भयो।‘यी सबै सङ्कटभित्र अर्को डरलाग्दो सङ्कट छ—महिला र बालबालिकाको सुरक्षा र गरिमाको सङ्कट,’ धितालले भन्नु भयो।अपरिचित व्यक्तिसँग एउटै कोठा साझा गरेर बस्नुपर्ने अवस्थाले महिला तथा बालबालिकाको सुरक्षामा थप जोखिम निम्त्याउन सक्ने भन्दै उहाँले उद्धार र राहतका नाममा थप असुरक्षा सिर्जना नहुनेतर्फ सचेत हुन आग्रह गर्नु भयो।

 

यूएन वुमनको तथ्याङ्कअनुसार बाढीबाट नेपालमा करिब १ लाख ६० हजार महिला प्रभावित भएको उल्लेख गर्दै धितालले विपद्मा महिला तथा बालबालिका असमान रूपमा बढी प्रभावित हुने बताउनु भयो। हिंसा तथा शोषणको जोखिमसँगै पानी, हेरचाह र जीविकोपार्जनको अतिरिक्त बोझसमेत उनीहरूमाथि पर्ने उहाँको भनाइ थियो।धितालले राहत कोषमा नागरिकको स्वतःस्फूर्त सहयोगबाट ठूलो रकम जम्मा भएकाले त्यसलाई प्रभावकारी रूपमा परिचालन गरी तत्काल अस्थायी आवासको व्यवस्था गर्नुपर्ने बताउनु भयो।सम्भव भएसम्म प्रभावित परिवारलाई एकै ठाउँमा राख्दै उद्धार र राहतसँगै सामाजिक पुनःस्थापनाको कामलाई पनि तीव्रता दिनुपर्नेमा उहाँले जोड दिइनु भयो।‘उहाँहरूलाई सम्मानपूर्वक पुनः आफ्नो खुट्टामा उभिन सक्ने अवस्थामा पु¥याउनु पनि राहतको अर्को वास्तविकता हो,’ धितालले भन्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विपदमा महिला बालबालिकाको सुरक्षा र गरिमा जोगाउन सांसद धितालको माग

काठमाडौं ,२४ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद क्रान्तिशिखा धितालले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत र उद्धार व्यवस्थापन गर्दा महिला तथा बालबालिकाको सुरक्षा, गोपनीयता र

चार घाइते, सीमा नाकामा दुईको मृत्यु

काठमाडौं,२४ भदौ । रुस–युक्रेन युद्ध जारी रहेका बेला युक्रेनी राजधानी किएभमा रुसी ड्रोन आक्रमणबाट चार जना घाइते भएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार

ग्यास उद्योगले पर्याप्त मात्रामा काठमाडौंमा सिलिन्डर नपठाउँदा समस्या : उद्योगमन्त्री

काठमाडौं , २४ भदौ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थापनबारे छलफल भएको छ । बुधबार बसेको

उद्धार सुस्त भएको भन्दै कांग्रेस सचेतक थापाद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं ,२४ भदौ। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले रसुवामा आएको विनाशकारी बाढीको दुई हप्ताभन्दा बढी समय बितिसक्दा पनि खोजी तथा उद्धार कार्यले अपेक्षित गति

युवाहरूले गोली र लाठी खानुको कारण के थियो ? : सांसद यादव

काठमाडौं ,२४ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सांसद पुरुषोत्तम सुप्रभात यादवले युवाहरूको सडक संघर्ष र बलिदानबाट सत्ता ढलेको एक वर्ष पूरा भएको बताउनु भएको

जेन–जी आन्दोलनको हिंसा र तोडफोडको निष्पक्ष छानबिन हुनुपर्छ : प्रचण्ड

काठमाडौं ,२४ भदौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी आन्दोलनका क्रममा भएको दमन, हिंसा, लुटपाट तथा आगजनीबारे निष्पक्ष, स्वतन्त्र र तथ्यमा आधारित