नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँ भन्छन्– “कानुन त बन्यो, तर अनुगमन गर्ने निकाय र उपकरण नै छैनन्”

काठमाडौं , भदौ २४। नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले सरकारले यातायातसम्बन्धी नयाँ कानुन ल्याउँदा त्यसको कार्यान्वयनका लागि आवश्यक उपकरण, बजेट, जनशक्ति र संस्थागत संयन्त्र पनि सँगसँगै तयार गर्नुपर्ने बताउनुभएको छ ।बागमती टिपर व्यवसायी संघको १२औँ वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन कार्यक्रममा बनेपामा बोल्दै बानियाँले कानुन निर्माणमा जोड दिइए पनि त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने पूर्वाधार नबनाइने प्रवृत्तिले समस्या सिर्जना गरिरहेको बताउनुभयो ।उहाले सवारीसाधनमा ड्यास क्यामेरा तथा अन्य निगरानी उपकरण जडान गर्ने व्यवस्था सकारात्मक भए पनि त्यसबाट प्राप्त विवरणको अनुगमन र प्रयोग गर्ने निकाय स्पष्ट नभएको बताउनुभयो । व्यवसायीले २०–३० हजार रुपैयाँ खर्च गरेर उपकरण जडान गरे पनि त्यसको प्रभावकारी उपयोग सुनिश्चित नभएसम्म यस्तो व्यवस्था प्रभावकारी नहुने उहाको भनाइ थियो ।

बानियाँले मादक पदार्थ सेवन गरेर सवारी चलाउन नपाइने कानुनी व्यवस्था रहे पनि ट्राफिक प्रहरीसँग पर्याप्त ब्रेथलाइजर र लागुऔषध परीक्षण किटको अभाव रहेको उल्लेख गर्नुभयो । एउटा लागुऔषध परीक्षण किटको मूल्य करिब ४ सय रुपैयाँ पर्ने भए पनि पर्याप्त सामग्री नहुँदा परीक्षण प्रभावकारी हुन नसकेको उहाले बताउनुभयो । उहाका अनुसार कानुन कार्यान्वयनका लागि बजेट विनियोजन मात्रै पर्याप्त हुँदैन, त्यससँगै आवश्यक जनशक्ति, उपकरण र संस्थागत क्षमता पनि विकास गर्नुपर्छ ।बानियाँले नेपालमा सञ्चालनमा रहेका सवारीसाधनको एकीकृत तथ्यांकसमेत सरकारसँग नरहेको दाबी गर्नुभयो । संघीय संरचनापछि सातै प्रदेशले अलग–अलग रूपमा सवारी दर्ता गर्ने व्यवस्था भएकाले केन्द्रमा समग्र विवरण नहुँदा तथ्यमा आधारित यातायात नीति बनाउन कठिन भएको उहाको भनाइ थियो ।विशेषगरी ट्रक, टिपर, डोजर, लोडर र एक्स्काभेटरजस्ता मालवाहक तथा निर्माण क्षेत्रमा प्रयोग हुने सवारीसाधनको यकिन संख्या नहुँदा दीर्घकालीन योजना निर्माणमा समस्या परेको उहाले बताउनुभयो ।

उहाले आगामी पाँच वर्षभित्र सडक दुर्घटनाबाट हुने मृत्यु र घाइतेको संख्या उल्लेख्य रूपमा घटाउने स्पष्ट लक्ष्यसहित यातायात नीति बनाउनुपर्नेमा जोड दिनुभयो। अहिले दैनिक औसत सात जनाको सडक दुर्घटनामा मृत्यु भइरहेको उल्लेख गर्दै त्यो संख्या पाँच वर्षभित्र तीन जनामा झार्ने लक्ष्य निर्धारण गर्नुपर्ने उहाले बताउनुभयो ।सरकारलाई यातायात क्षेत्रसँग सम्बन्धित तथ्यांक संकलन, व्यवस्थापन र अनुगमन गर्ने प्रभावकारी संस्थागत संरचना निर्माण गर्न आग्रह गर्दै उनले कानुन बनाउने मात्र होइन, त्यसको कार्यान्वयन सुनिश्चित गर्ने निकाय पनि बलियो बनाउनुपर्ने बताउनुभयो ।कार्यक्रममा उनले हालैका प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो। साथै विकास निर्माणमा संलग्न मालवाहक सवारी व्यवसायीले चुनौतीलाई अवसरका रूपमा लिएर अघि बढ्नुपर्ने धारणा पनि राख्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वडा सभापतिदेखि नगर सभापतितर्फ: कांग्रेस बिर्तामोडको नेतृत्वका लागि जुझारु युवा नेता आशिष वन मैदानमा

झापा, भदौ २४ । गत वर्षदेखि नै तयारी थालेका आशिष वनले नेपाली कांग्रेस बिर्तामोडको नगर सभापति पदको लागि सशक्त दावेदारी प्रस्तुत हुनुभएको छ ।नजिकिदै गएको

विपत्तिमा सरकारको काम सन्तोषजनक छ : रवि लामिछाने

काठमाडौं ,२४ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले विपत्तिको समयमा सरकारले उद्धार, उपचार तथा राहतका लागि प्रभावकारी रूपमा राज्य संयन्त्र परिचालन गरेको

पाथीभरा पदमार्गमा जडान गरिएका ८० थान स्वचालित सोलार बत्ती, तीर्थयात्रीलाई आवतजावतमा सहज

ताप्लेजुङ , भदौ २४ । प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने पदमार्गमा ८० थान स्वचालित (सेन्सर) सोलार बत्ती जडान गरिएको छ । दाताहरूको सौजन्यमा प्राप्त ती बत्तीहरू

नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँ भन्छन्– “कानुन त बन्यो, तर अनुगमन गर्ने निकाय र उपकरण नै छैनन्”

काठमाडौं , भदौ २४। नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले सरकारले यातायातसम्बन्धी नयाँ कानुन ल्याउँदा त्यसको कार्यान्वयनका लागि आवश्यक उपकरण, बजेट, जनशक्ति र

अनुहार नमिलेपछि सातदोबाटोको जेनजी सहिद सालिक उद्घाटन स्थगित

काठमाडौं ,२४ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रवक्ता तथा सांसद जगदीश खरेलले सातदोबाटोस्थित सहिद पार्कमा निर्माण गरिएको जेनजी सहिदको सालिकको अनुहार नमिलेपछि उद्घाटन स्थगित गरिएको

इतिहासमा आजको दिनलाई ‘कालो दिन’का रूपमा लिनुपर्छ : हिरामान लामा

काठमाडौं ,२४ भदौ । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले जेन–जी आन्दोलनका नाममा शहीद घोषणा गर्ने प्रक्रिया गलत ढङ्गले अघि बढाइएको आरोप लगाउनु भएको छ