पाथीभरा पदमार्गमा जडान गरिएका ८० थान स्वचालित सोलार बत्ती, तीर्थयात्रीलाई आवतजावतमा सहज

ताप्लेजुङ , भदौ २४ । प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने पदमार्गमा ८० थान स्वचालित (सेन्सर) सोलार बत्ती जडान गरिएको छ । दाताहरूको सौजन्यमा प्राप्त ती बत्तीहरू माथिल्लो फेदीस्थित प्रवेशद्वारदेखि मन्दिरसम्मको पदमार्गमा राखिएको हो । भारतको सिलिगुडीमा सोलार कम्पनी सञ्चालन गर्दै आएका सरोज लामा र नवलकिशोर मिश्रले पाथीभरा क्षेत्र विकास समितिलाई निःशुल्क रूपमा उक्त बत्ती उपलब्ध गराएका हुन् । हिउँदमा दर्शनका लागि आएका बेला पदमार्गमा अँध्यारोका कारण तीर्थयात्रीले सास्ती खेप्नुपरेको देखेपछि उनीहरूले बत्ती उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । सोही वाचा अनुसार समितिले बत्ती प्राप्त गरी जडान सम्पन्न गरेको हो ।

जडान गरिएका बत्तीहरू साँझ परेपछि स्वचालित रूपमा बल्ने र बिहान उज्यालो भएपछि आफैँ निभ्ने पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए । उनका अनुसार बत्ती जडान भएसँगै रातको समय तथा बिहानै यात्रा गर्ने भक्तजनलाई हिँडडुल गर्न निकै सहज हुनेछ ।समुद्र सतहबाट ३ हजार ७९४ मिटरको उचाइमा रहेको पाथीभरा धाममा नेपाल, भारतसहित अन्य मुलुकबाट पनि बर्सेनि ठूलो संख्यामा भक्तजन आउने गर्दछन् । विशेषगरी आसन्न दसैँको नवरात्रमा दर्शनार्थीको चाप उच्च हुने भएकाले पदमार्गमा गरिएको बत्तीको व्यवस्थापनले तीर्थयात्रीलाई ठूलो राहत पुग्ने समितिले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राधिका शाक्यको पुस्तक ‘सपनाको भग्नावशेष’ सार्वजनिक

काठमाडौं ,२४ भदौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यको स्मृतिमा लेखिएको ‘सपनाको भग्नावशेष’ पुस्तक सार्वजनिक गरिएको छ। बुधबार बालकोटस्थित ओलीको घरमा आयोजित

उपहार व्यवस्थापनसम्बन्धी कानून बनाउन र विवरण वेबसाइटमार्फत सार्वजनिक गर्न सर्वोच्चको सरकारलाई निर्देश

काठमाडौं ,२४ भदौ। सर्वोच्च अदालतले अहिलेसम्म नेपालका सार्वजनिक पदाधिकारीहरूले शिष्टाचारको रुपमा पाएको सबै उपहारहरूको एकमुष्ट विवरण तयारी गरी सार्वजनिक गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी

वडा सभापतिदेखि नगर सभापतितर्फ: कांग्रेस बिर्तामोडको नेतृत्वका लागि जुझारु युवा नेता आशिष वन मैदानमा

झापा, भदौ २४ । गत वर्षदेखि नै तयारी थालेका आशिष वनले नेपाली कांग्रेस बिर्तामोडको नगर सभापति पदको लागि सशक्त दावेदारी प्रस्तुत हुनुभएको छ ।नजिकिदै गएको

विपत्तिमा सरकारको काम सन्तोषजनक छ : रवि लामिछाने

काठमाडौं ,२४ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले विपत्तिको समयमा सरकारले उद्धार, उपचार तथा राहतका लागि प्रभावकारी रूपमा राज्य संयन्त्र परिचालन गरेको

पाथीभरा पदमार्गमा जडान गरिएका ८० थान स्वचालित सोलार बत्ती, तीर्थयात्रीलाई आवतजावतमा सहज

ताप्लेजुङ , भदौ २४ । प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने पदमार्गमा ८० थान स्वचालित (सेन्सर) सोलार बत्ती जडान गरिएको छ । दाताहरूको सौजन्यमा प्राप्त ती बत्तीहरू

नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँ भन्छन्– “कानुन त बन्यो, तर अनुगमन गर्ने निकाय र उपकरण नै छैनन्”

काठमाडौं , भदौ २४। नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले सरकारले यातायातसम्बन्धी नयाँ कानुन ल्याउँदा त्यसको कार्यान्वयनका लागि आवश्यक उपकरण, बजेट, जनशक्ति र