झापा, भदौ २४ । गत वर्षदेखि नै तयारी थालेका आशिष वनले नेपाली कांग्रेस बिर्तामोडको नगर सभापति पदको लागि सशक्त दावेदारी प्रस्तुत हुनुभएको छ ।नजिकिदै गएको १५ औ महाधिवेशनअन्तर्गत आगामी असोज ७ गते हुन लागेको बिर्तामोडको नगर अधिवेशनमा हाल बिर्तामोड वडा नं ६ का वडा सभापति रहेका उहाले आफूलाई योग्य र क्षमतावान उम्मेदवारको रुपमा उभ्याउन लाग्नुभएको हो ।उहाले विगतदेखि नै नगरका १० वटै वडामा पुगेर वडाका प्रतिनिधि र क्षेत्रीय प्रतिनिधिहरुसंग मत माग्दै आएका छन् । एन्थ्रोपोलोजीमा मास्टर्स गरेका वनले आफ्नो उम्मेदवारीलाई अत्यन्तै बलियो, प्रभावशाली र तर्कपूर्ण रूपमा अगाडि सार्दै आउनुभएको छ ।मिलनसार , जुझारु र लगनशील स्वभावका वन विकासप्रेमी र युवा सामाजिक अभियन्ताको रुपमा परिचित छन् । उनकै संयोजनमा प्रहरी चौकी बुट्टावारीको आफ्नै भवन निर्माण भएको हो । करिव ३० लाख रुपैयाँको लागतमा बनेको प्रहरी चौकीको निर्माण समितिको उहा संयोजक रहनुभएको थियो ।
त्यस्तै बिर्तामोड ५ मा रहेको देवी माविको विद्यालय व्यवस्थापन समिति अध्यक्ष भएर उहाले धेरै योगदान दिनुभएको छ । युवा तथा खेलाडीमाझ लोकप्रिय रहेका उनी झापा जिल्ला लिग च्याम्पियन धाइजन चारआली फुटबल क्लबका संस्थापक अध्यक्ष हुन् । त्यस्तै ग्यालेक्सी फिटनेस बिर्तामोडका पनि संस्थापक अध्यक्ष हुन् । गत वर्ष इलाममा पहिरो जाँदा पहिरोपीडितलाई सहयोग गरेका वन विराट भरत विश्रान्ति , अनारमनी पव्लिक क्याम्पसलगायतका सामाजिक संघ संस्थामा पनि आवद्ध रहनुभएको छ ।कांग्रेस केन्द्रीय निर्वाचन समितिले हिजो सार्वजनिक गरेको संशोधित कार्यतालिकाअनुसार गाउँ–नगर वडा अधिवेशन ३ र ४ असोजमा, गाउँ–नगरपालिका अधिवेशन ७ असोजमा र प्रदेशसभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन १० असोजमा गरिनेछ । १६–१९ असोजमा केन्द्रीय महाधिवेशन गर्ने तालिका यथावत् छ ।कांग्रेसले यसअघि २४ भदौमा वडा अधिवेशन सुरु गर्ने कार्यतालिका थियो । गत चैतमा ल्याइएको कार्यतालिकामा भने २ भदौदेखि वडा अधिवेशन गर्ने र १६–१९ असोजमा केन्द्रीय महाधिवेशन गर्ने उल्लेख थियो ।









