राधिका शाक्यको पुस्तक ‘सपनाको भग्नावशेष’ सार्वजनिक

काठमाडौं ,२४ भदौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यको स्मृतिमा लेखिएको ‘सपनाको भग्नावशेष’ पुस्तक सार्वजनिक गरिएको छ। बुधबार बालकोटस्थित ओलीको घरमा आयोजित कार्यक्रममा शाक्यले पुस्तक सार्वजनिक गर्नु भएको हो। पुस्तकमा बालकोटस्थित घरमा भएको आगजनी तथा त्यससँग जोडिएका आफ्ना अनुभव र पीडालाई समेटिएको छ।पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै शाक्यले २०८२ साल भदौ २४ गते आफ्नो घर सम्पत्ति मात्रै जलाउने योजना नभएको दाबी गर्नु भयो। ओलीलाई नै सधैँका लागि पन्छाउने उद्देश्यसमेत रहेको उहाँको भनाइ थियो।

 

‘हाम्रो घर सम्पत्तिमात्र जलाउने योजना खरानी ग्याङको थिएन होला। मूलतः केपी सरलाई नै सधैँका लागि पन्छाउने पहिलो उद्देश्य ती खरानी ग्याङको हुनुपर्छ। तर हामी बच्न सफल भयौँ,’ उहाँले भन्नु भयो।गत वर्ष नै आफूहरूलाई मारिएको भए अहिले कालो दिवससँगै आफ्नो मृत्युको वर्षको पुण्यतिथि मनाइरहेको अवस्था हुने उहाँले बताउनु भयो।शाक्यले आफूहरूमाथि विभिन्न बहाना बनाएर मानसिक तनाव दिने काम अझै नरोकिएको गुनासो गर्नु भएको छ। आफूहरू बिना कसुर अपराधी भएको भ्रम फैलाउने प्रयास भइरहेको भन्दै उहाँले आपत्ति जनाउनु भएको छ।

 

‘एक थोपा रगत र एक मुठी सास रहेसम्म यो देशको सेवा गरौँला भन्ने पवित्र भावनाका साथ बाँचिरहेका हामीलाई अनेकौँ आरोप र लाञ्छना लगाउन छोडेका छैनन्,’ उहाँले भन्नु भयो।आफूसँग रहेका विभिन्न विषयका दशौँ हजार पुस्तकलाई व्यवस्थित गरी नयाँ पुस्ताका लागि सार्वजनिक पुस्तकालयसमेत स्थापना गर्ने आफ्नो इच्छा रहेको उहाँले बताउनु भयो। तर बालकोटको घरमा भएको आगजनीसँगै ती सबै सपना खरानी भएको उहाँको भनाइ थियो।उहाँले भन्नु भयो,‘हामीसँग भएका विविध विषयका दशौँ हजार पुस्तकलाई व्यवस्थित गरी एउटा पब्लिक पुस्तकालयसमेत नयाँ पुस्तालाई छोडेर जाने इच्छा थियो। तर आज ती मेरा सबै सपना खरानी भएका छन् ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी बाढी: १५औँ दिनसम्म १,३६७ शव फेला, ५,१०० अझै बेपत्ता

काठमाडौं , भदौ २४ । गत भदौ १०मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको १५ औँ दिनसम्म उद्धार तथा खोजी कार्य जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको

राधिका शाक्यको पुस्तक ‘सपनाको भग्नावशेष’ सार्वजनिक

काठमाडौं ,२४ भदौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यको स्मृतिमा लेखिएको ‘सपनाको भग्नावशेष’ पुस्तक सार्वजनिक गरिएको छ। बुधबार बालकोटस्थित ओलीको घरमा आयोजित

उपहार व्यवस्थापनसम्बन्धी कानून बनाउन र विवरण वेबसाइटमार्फत सार्वजनिक गर्न सर्वोच्चको सरकारलाई निर्देश

काठमाडौं ,२४ भदौ। सर्वोच्च अदालतले अहिलेसम्म नेपालका सार्वजनिक पदाधिकारीहरूले शिष्टाचारको रुपमा पाएको सबै उपहारहरूको एकमुष्ट विवरण तयारी गरी सार्वजनिक गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी

वडा सभापतिदेखि नगर सभापतितर्फ: कांग्रेस बिर्तामोडको नेतृत्वका लागि जुझारु युवा नेता आशिष वन मैदानमा

झापा, भदौ २४ । गत वर्षदेखि नै तयारी थालेका आशिष वनले नेपाली कांग्रेस बिर्तामोडको नगर सभापति पदको लागि सशक्त दावेदारी प्रस्तुत हुनुभएको छ ।नजिकिदै गएको

विपत्तिमा सरकारको काम सन्तोषजनक छ : रवि लामिछाने

काठमाडौं ,२४ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले विपत्तिको समयमा सरकारले उद्धार, उपचार तथा राहतका लागि प्रभावकारी रूपमा राज्य संयन्त्र परिचालन गरेको

पाथीभरा पदमार्गमा जडान गरिएका ८० थान स्वचालित सोलार बत्ती, तीर्थयात्रीलाई आवतजावतमा सहज

ताप्लेजुङ , भदौ २४ । प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने पदमार्गमा ८० थान स्वचालित (सेन्सर) सोलार बत्ती जडान गरिएको छ । दाताहरूको सौजन्यमा प्राप्त ती बत्तीहरू