भोटेकोशी बाढीमा बेपत्ताको खोजी र पूर्वसूचना प्रणाली जडान गर्न सांसद दुलालको माग

काठमाडौं,२४ भदौ । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले भोटेकोशी बाढीमा बेपत्ता भएका नागरिकको खोजी कार्यलाई प्रभावकारी र निरन्तर रूपमा अगाडि बढाउन सरकारसँग माग गर्नु भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा सिन्धुपाल्चोक जिल्लाबाट मात्रै २ सय ३९ जना नागरिक अझै बेपत्ता रहेको बताउनु भयो।उहाँले बेपत्ता नागरिकहरूको खोजी कार्यलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनु भयो । साथै, बाढीपहिरोजस्ता विपदबाट पाठ सिक्दै नदी तटीय क्षेत्रमा पूर्वसूचना प्रणाली तत्काल जडान गर्नुपर्नेमा उहाँले जोड दिनु भयो ।

 

उहाँले भन्नु भयो, ‘गत भदौ १० गतेको भोटेकोशीको बाढीमा सिन्धुपाल्चोक जिल्लाबाट मात्रै २ सय ३९ जना नागरिक अझै बेपत्ता हुनुहुन्छ । सबै बेपत्ता नागरिकहरूको निरन्तर खोजी कार्य प्रभावकारी ढङ्गले अगाडि बढाउनको लागि सरकारसँग जोडदार माग गर्दछु ।’सांसद दुलालले विगतमा मेलम्चीमा आएको बाढी र अहिले भोटेकोशीमा आएको बाढीले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई थप त्रसित बनाएको बताउनु भयो। सिन्धुपाल्चोकको तातोपानी, बाह्रबिसे लगायतका नदी किनारका बस्तीका नागरिक बाढीको जोखिमका कारण त्राहिमाम अवस्थामा रहेको उहाँको भनाइ छ ।

 

उहाँले विपद्को जोखिम न्यूनीकरणका लागि नदी तटीय बस्तीमा अर्ली वार्निङ सिस्टम पूर्वसूचना प्रणाली तत्काल जडान गर्न सरकारसँग माग गर्नु भयो ।उहाँले भन्नु भयो, ‘घटनाबाट चेतना पैदा हुनुपर्छ । कुनै बेला मेलम्चीमा आएको बाढी अकल्पनीय थियो । अहिले भोटेकोशी नदीमा आएको बाढी हामी सबैलाई अकल्पनीय लागेको छ । अहिले पनि नदी किनारका थुप्रै बस्तीहरू सिन्धुपाल्चोक जिल्लाको तातोपानी, बाह्रबिसेलगायतका बस्तीहरू कुन दिन बाढी आउने हो भन्ने विभिन्न सूचनाबाट त्राहिमाम छन् । त्यसकारण विगतदेखि नै हामीले माग गर्दै आएका छौँ, नदी तटीय बस्तीहरूमा अर्ली वार्निङ सिस्टम जडान गर्नका लागि सरकारलाई पटक–पटक भनेका छौँ । त्यो अभिलम्ब जडान गरियोस् र घटनाबाट चेतना पैदा होस् ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक