केपी ओलीलाई समेत जलाउने योजना थियो : राधिका शाक्य

काठमाडौं , २५ भदौ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले भदौ २४ गते बालकोट स्थित आफ्नो निवासमा भएको आगजनी घर र सम्पत्ति जलाउने योजनामा मात्र सीमित नरहेको बताउनु भएको छ । बालकोट स्थित आगजनीबाट क्षतिग्रस्त निवासमा आफ्नो अनुभूति पुस्तक ‘सपनाको भग्नावशेष’ विमोचन गर्दै शाक्यले आफूहरूलाई नै जलाउने उद्देश्य सहित घटना गराइएको बताउनु भयो ।‘खरानी ग्याङको आशय आगो लगाउने मात्र थिएन, केपी ओलीलाई जलाउने नै योजना थियो। यदि २०८२ साल भदौ २४ गते हामीलाई जलाएको भए आज कालो दिनसँगै एक वर्षको पुण्यतिथि हुन्थ्यो हाम्रो,’ शाक्यले भन्नु भयो ।

 

उहाँले जनताको मायाका कारण आफूहरू जीवित रहेको बताउँदै अझै पनि ओलीमाथि विभिन्न आरोप र लाञ्छना लगाउने काम भइरहेको गुनासो गर्नु भयो । एकमुठी सास रहेसम्म यो देशको सेवा गर्ने पवित्र भावनाका साथ बाँचिरहेका हामीलाई अनेकौँ आरोप–लाञ्छना लगाइरहेका छन्,’ शाक्यले भन्नु भयो।शाक्यले आफूहरू कर्तव्यपथबाट कहिल्यै पछि नहट्ने दाबी गर्दै ‘खरानी ग्याङ’ आफैँ पतन हुने टिप्पणीसमेत गर्नु भयो । आफूहरू माथि जति दुःख दिए पनि सामना गर्न तयार रहेको उहाँको भनाइ थियो । उहाँले आफ्नो पुस्तकमा भदौ २३ गतेदेखि भदौ २४ गतेसम्मका घटनाक्रम र त्यसबिच आफूहरूले भोगेको अवस्थालाई समेटिएको जानकारी दिइनु भयो ।बालकोटस्थित जलेको घरमै पुस्तक विमोचन गर्दै शाक्यले उक्त घटनालाई स्मरण गर्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपहिरो प्रभावित क्षेत्रमा प्रभावकारी राहतको खाँचो छ : वासना थापा

काठमाडौं ,२५ भदौ। नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले भोटेकोशी बाढीपहिरो प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहतको कामलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनु भएको छ ।विहीबार

१,३७७ को मृत्यु, ५,१३० अझै बेपत्ता

काठमाडौँ,२५ भदौ। रसुवा बाढीका कारण हालसम्म १,३७७ जनाको मृत्यु भएको छ भने ५,१३० जना अझै बेपत्ता रहेका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार

महङ्गीले बदल्यो चलन : गहना किन्ने घटे, बेच्ने बढे

काठमाडौं,२५ भदौ । तीज, इन्द्रजात्रा, दशैं र तिहारजस्ता चाड पर्वको मुखमा नेपाली सुनचाँदी बजारमा नयाँ गहना खरिद गर्नेभन्दा पुरानो सुन बिक्री गर्न आउने ग्राहकको संख्या

नेपाल संस्कृत विश्वविद्यालयको रेक्टरमा रेग्मी र रजिस्ट्रारमा कट्टेल नियुक्त

काठमाडौं ,२५ भदौ। सरकारले नेपाल संस्कृत विश्वविद्यालयको रेक्टर शिक्षाध्यक्ष र रजिस्ट्रार कुलसचिव नियुक्त गरेको छ ।शिक्षामन्त्री सस्मित पोखरेलले रेक्टरमा प्रा.डा. जगन्नाथ रेग्मी र रजिस्ट्रारमा प्रा.डा.

चिलिमे टनेलमा उद्धार कार्य तीव्र

काठमाडौं,२५ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित चिलिमे टनेलमा उद्धार कार्य तीव्र पारिएको छ । टनेल क्षेत्रमा यसअघि इन्जिनियरहरूले प्रयोग गर्दै आएको रातो

पुलविहीन भेरी करिडोर र पहिरोको चपेटामा जाजरकोटका बस्ती

जाजरकोट ,२५ भदौ। भिरालो जमिनको काखमा टाँसिएका बस्ती, तल गहिरो खोला र माथि खस्न तयार जस्ता देखिने पहाड । यही भूगोलबीच जाजरकोटको नलगाड नगरपालिका–१२ र