छानबिनको माग

पहिचानविहीन सालिकले ब्युँझायो परिवारको पीडा

काठमाडौँ,२५ भदौ ।जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका जेनजी पुस्ताका युवा वा आन्दोलनकारीको सम्झनामा बनाइएको सालिकले उनीहरूका अभिभावकमा एउटा आशा जगाएको थियो । सायद सालिकमा आफ्ना सन्तानको अनुहार देख्न पाइएला, सायद उनीहरूको सम्झना केही हदसम्म आँखैअगाडि जीवित रहला । तर त्यही सालिक हेरेपछि अभिभावकको बाँकी रहेको आशा पनि निराशामा परिणत भएको छ । सालिक मृतक जेनजीको प्रतिविम्ब बन्नुपर्ने थियो, उनीहरूको पहिचान र स्मृतिको प्रतीक बन्नुपर्ने थियो । तर सालिकमै अनुहार नमिलेपछि पीडित परिवारका लागि यो एउटा मूर्ति रहेन, फेरि एकपटक आफ्ना सन्तान गुमाएको पीडा सम्झाउने माध्यम बनेको छ ।

 

सालिक उद्घाटनका लागि सांसद, मृतकका अभिभावक तथा अन्य सरोकारवाला पुगेका थिए । तर सालिकमा जेनजीका मृतक आन्दोलनकारी एवम जेनजीका अनुहार नै नमिलेको देखिएपछि उद्घाटन समेत रोक्नुपर्ने अवस्था आयो । यो सामान्य प्राविधिक त्रुटि मात्र होइन, मृतक परिवारको भावनासँग जोडिएको गम्भीर विषय हो । जसको सम्झनामा सालिक बनाइँदै थियो, उनीहरूकै अनुहार पहिचान गर्न नसकिने अवस्थामा सालिक निर्माणको प्रक्रिया कसरी अघि बढ्यो भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । निर्माणका क्रममा कसले डिजाइन हे¥यो, कसले अनुगमन ग¥यो र अन्तिम स्वीकृति कसले दियो भन्ने विषयमा अब गम्भीर छानबिन आवश्यक देखिन्छ ।

 

यही विषयलाई लिएर विपक्षी तथा विभिन्न पक्षबाट सरकारको आलोचना भइरहेको छ । जेनजी आन्दोलनबाट आएको भनिएको सरकारले जेनजीकै मृतकलाई समेत चिन्न नसकेको टिप्पणी हुन थालेको छ । कतिपयले यसलाई मृतकप्रतिको संवेदनामाथि खेलबाडसमेत भनेका छन् । आन्दोलनमा कलिला मुनाहरू निमोठिएका थिए । उनीहरूको बलिदान परिवर्तनको प्रतीक थियो । तर उनीहरूको सम्झनामा बनाइएको सालिक हेर्दा बूढो रुखको छायामा एउटा सानो बिरुवाको सम्झना गराउन खोजिएजस्तो देखिनु विडम्बना बनेको छ । स्मृतिका लागि बनाइएको प्रतीक नै मृतकको वास्तविक पहिचानसँग मेल नखानु परिवारका लागि थप पीडादायी विषय हो ।

 

यसमा अर्को गम्भीर प्रश्न सरकारी बजेट र अनुगमनको हो । सालिक निर्माणका लागि राज्यले बजेट छुट्याएको छ भने त्यो रकम कहाँ र कसरी खर्च भयो ? निर्माणको गुणस्तर र कलात्मक पक्षबारे अनुगमन भयो कि भएन ? सम्बन्धित निकायले निर्माणाधीन सालिक हेरेनन् कि हेरेर पनि बेवास्ता गरे ? यस्ता प्रश्नको जवाफ सरकारले दिनुपर्छ । सार्वजनिक बजेटबाट निर्माण भएको स्मारक भएकाले यसको खर्च, निर्माण प्रक्रिया, कलाकार छनोट र अनुगमन सबै कुरा पारदर्शी हुनुपर्छ । मृतकको सम्झनामा बनाइएको संरचनालाई ‘काम चलाऊ’ शैलीमा निर्माण गर्ने छुट कसैलाई हुनु हुँदैन ।

 

नेपालको इतिहासमा कला र शिल्पको उत्कृष्टता देखाउने थुप्रै सालिक छन् । भीमसेन थापा, पृथ्वीनारायण शाहलगायत ऐतिहासिक व्यक्तित्वका सालिकहरूमा व्यक्तिको स्वरूप, पहिचान र व्यक्तित्व झल्काउने प्रयास गरिएको पाइन्छ । त्यसैले आजको पुस्तामा त्यस्तो कला र दक्षता कति बाँकी छ भन्ने प्रश्न पनि यो घटनाले उठाएको छ । सालिक ढुंगा, धातु वा माटोको संरचना होइन, त्यो इतिहास, भावना र पहिचानको दृश्य दस्तावेज हो । विशेषगरी मृतक बालबालिकाको स्मृतिमा बनाइने सालिकमा कलाकारको सीपसँगै संवेदनशीलता पनि उत्तिकै आवश्यक हुन्छ ।

 

त्यसैले सरकारले यो घटनालाई सामान्य गल्ती भनेर पन्छाउनु हुँदैन । सालिक किन नमिल्यो, कसले बनायो, कस्तो आधारमा स्वीकृत भयो र निर्माणका क्रममा अनुगमन किन भएन भन्ने विषयमा गहिरो अध्ययन र छानबिन हुनुपर्छ । मृतक परिवारको भावनालाई सम्मान गर्दै आवश्यक परे सालिक पुनर्निर्माण गर्नुपर्छ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका कलिला जीवनहरू कुनै राजनीतिक नाराका पात्र मात्र होइनन्, उनीहरू कसैका सन्तान थिए, कसैका सपना थिए । उनीहरूको सम्झनामा बनाइएको सालिकले उनीहरूलाई चिनाउन सक्नुपर्छ । यदि स्मारक नै पहिचानविहीन भयो भने त्यसले इतिहास सम्झाउने होइन, राज्यको लापरबाहीको स्मारक बन्नेछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक