वीस दिनदेखि मुगुको सडक अवरुद्ध

खाद्यान्न र इन्धनको अभाव, ट्रक र स्याउ बाटोमै अलपत्र

मुगु,२६ भदौ । अविरल वर्षासँगै गएको भीषण पहिरोका कारण कर्णाली राजमार्ग अन्तर्गतको नाग्म–गमगढी र झ्यारी–गमगढी सडक खण्ड विगत २० दिनदेखि पूर्ण रूपमा अवरुद्ध बनेको छ । विकट भूगोल र निरन्तरको वर्षाले गर्दा पहिरो पन्छाउन नसक्दा हिमाली जिल्ला मुगुको राष्ट्रिय सडक सञ्जालसँगको सम्पर्क विच्छेद भएको हो ।लामो समयदेखि यातायात ठप्प हुँदा जिल्ला सदरमुकाम गमगढीसहित आसपासका ग्रामीण भेगमा खाद्यान्न, खाना पकाउने एलपी ग्यास, निर्माण सामग्री तथा औषधिजस्ता अत्यावश्यक वस्तुको चरम अभाव सिर्जना भएको छ । बजारमा ग्यास र खाद्यान्न सकिएपछि सर्वसाधारणको भान्सादेखि होटेल व्यवसायसमेत नराम्ररी प्रभावित भएका छन ।

 

सडक अवरुद्ध भएपछि नेपालगञ्ज र सुर्खेतबाट दैनिक उपभोग्य तथा निर्माणका सामग्री लिएर आएका सयौँ मालबाहक सवारी साधनहरू बाटोमै रोकिएका छन्। राजापुरबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामल बोकेर आएका ९ वटा ट्रकसहित स्थानीय व्यापारीका गाडीहरू झ्यारी खोला र ताल्चाको बीचमा अलपत्र परेका हुन् । हप्तौँदेखि बाटोमै थुनिएका चालक तथा सहचालकहरू सडक र अस्थायी छाप्रामा कष्टकर बास बस्न बाध्य छन ।‘सडक बन्द हुँदा मुगुबाट बाहिर निकासी गर्न लागिएको २० देखि २५ लाख रुपैयाँ बराबरको स्याउ गाडीमै अड्किएर कुहिन थालेको छ । स्याउ कुहिएर गन्हाउन थालेपछि हामी व्यापारीहरूले लाखौँको घाटा व्यहोर्नुपरेको छ,’ स्थानीय व्यापारी कर्णबहादुर बुढाले भन्नु भयो।

 

सडक स्तरोन्नतिका नाममा निर्माण व्यवसायीले जथाभावी ‘डबल कटिङ’ गर्दा कमजोर बनेको पहाड खसेर पहिरो गएको स्थानीयको आरोप छ । यस्तै स्थानीय नरेन्द्रबहादुर शाहीले अव्यवस्थित डोजर आतंकका कारण सडक मात्र नभई आसपासका बस्ती र जमिनसमेत उच्च जोखिममा परेका छन् ।जथाभावी बाटो खन्दा गएको पहिरोले घरजग्गा नै बगाइदियो। अहिले मेरो ६ जनाको परिवार पूर्ण रूपमा बिचल्लीमा परेको छ । एकातिर हामी घरबारविहीन बनेका छौँ, अर्कोतिर सडक डिभिजन र प्रशासनले समयमै पहिरो पन्छाउन पर्याप्त मेसिन र जनशक्ति नै खटाएको छैन,’ उहाँले भन्नु भयो ।

 

यता सडक आयोजना कार्यालयले भने प्रतिकूल मौसम र जटिल भूगोलका कारण काममा केही ढिलाइ भएको जनाएको छ । नाग्म–गमगढी–नाक्चेलाग्ना सडक आयोजनाका प्रमुख नन्दराज गिरीले जोखिमयुक्त ठाउँहरूमा मेसिनहरू निरन्तर प्रयोग गरी पहिरो हटाउने काम भइरहेको बताउनु भयो।‘निरन्तरको वर्षा, जटिल भौगोलिक बनावट र ठेकेदारको ढिलासुस्तीका कारण सडकको पहिरो पन्छाउन केही ढिलाइ भएको हो । यद्यपि, जोखिमयुक्त ठाउँहरूमा मेसिनहरू निरन्तर प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ । मौसमले साथ दिएमा आगामी केही दिनभित्रै सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छौँ,’ उहाँले भन्नु भयो।स्थानीयवासी, व्यापारी र अलपत्र गाडी चालकहरूले भने प्रदेश सरकार, सडक डिभिजन तथा स्थानीय प्रशासनलाई तत्काल प्रभावकारी समन्वय गरी ठूला उपकरण परिचालन गरेर सडक खुलाउन माग गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपहिरो प्रभावित क्षेत्रमा प्रभावकारी राहतको खाँचो छ : वासना थापा

काठमाडौं ,२५ भदौ। नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले भोटेकोशी बाढीपहिरो प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहतको कामलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनु भएको छ ।विहीबार

१,३७७ को मृत्यु, ५,१३० अझै बेपत्ता

काठमाडौँ,२५ भदौ। रसुवा बाढीका कारण हालसम्म १,३७७ जनाको मृत्यु भएको छ भने ५,१३० जना अझै बेपत्ता रहेका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार

महङ्गीले बदल्यो चलन : गहना किन्ने घटे, बेच्ने बढे

काठमाडौं,२५ भदौ । तीज, इन्द्रजात्रा, दशैं र तिहारजस्ता चाड पर्वको मुखमा नेपाली सुनचाँदी बजारमा नयाँ गहना खरिद गर्नेभन्दा पुरानो सुन बिक्री गर्न आउने ग्राहकको संख्या

नेपाल संस्कृत विश्वविद्यालयको रेक्टरमा रेग्मी र रजिस्ट्रारमा कट्टेल नियुक्त

काठमाडौं ,२५ भदौ। सरकारले नेपाल संस्कृत विश्वविद्यालयको रेक्टर शिक्षाध्यक्ष र रजिस्ट्रार कुलसचिव नियुक्त गरेको छ ।शिक्षामन्त्री सस्मित पोखरेलले रेक्टरमा प्रा.डा. जगन्नाथ रेग्मी र रजिस्ट्रारमा प्रा.डा.

चिलिमे टनेलमा उद्धार कार्य तीव्र

काठमाडौं,२५ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित चिलिमे टनेलमा उद्धार कार्य तीव्र पारिएको छ । टनेल क्षेत्रमा यसअघि इन्जिनियरहरूले प्रयोग गर्दै आएको रातो

पुलविहीन भेरी करिडोर र पहिरोको चपेटामा जाजरकोटका बस्ती

जाजरकोट ,२५ भदौ। भिरालो जमिनको काखमा टाँसिएका बस्ती, तल गहिरो खोला र माथि खस्न तयार जस्ता देखिने पहाड । यही भूगोलबीच जाजरकोटको नलगाड नगरपालिका–१२ र