जोखिमको सास्ती

पुलविहीन भेरी करिडोर र पहिरोको चपेटामा जाजरकोटका बस्ती

जाजरकोट ,२५ भदौ। भिरालो जमिनको काखमा टाँसिएका बस्ती, तल गहिरो खोला र माथि खस्न तयार जस्ता देखिने पहाड । यही भूगोलबीच जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ का बासिन्दाको दैनिकी चलिरहेको छ । भेरी करिडोर हुँदै डोल्पासम्म पुग्ने सडक यी बस्तीको जीवनरेखाजस्तै बनेको छ । तर करिडोरअन्तर्गतका खोलामा पुल नहुँदा सवारीसाधनले वर्षायाममा जोखिम मोलेर खोला पार गर्नुपर्ने अवस्था छ । पानीको बहाव बढ्दा सडक र खोला पार गर्ने बाटो नै अवरुद्ध हुने गरेको छ ।

 

जाजरकोट तर्फका औलगुत्ता र बाँइकाँडा तथा रुकुम पश्चिमतर्फका दामाचौर, मुलातरा लगायतका बस्ती भिरालो भूभागमा छन। कतै पहाडको फेदीमा घर छन, कतै भीरमाथि बस्ती छन । माथिबाट पहिरो खस्ने र तलबाट खोलाको जोखिम रहने भएकाले वर्षा सुरु भएसँगै यहाँका बासिन्दाको चिन्ता बढ्छ ।भूगोल रुकुम पश्चिमको भए पनि कतिपय क्षेत्रमा जाजरकोटका मानिसहरूको समेत बसोबास छ । बस्नका लागि सुरक्षित जमिनको अभाव र पुरानो बसोबासका कारण जोखिमबीच पनि मानिसहरू यही भूगोलसँग जोडिएका छन ।

 

एकातिर भिरालो जमिनमा रहेका घरहरू, अर्कोतिर पुलविहीन खोला र पहिरोको जोखिम—भेरी करिडोर आसपासका यी बस्तीमा विकासको आवश्यकता र भौगोलिक जोखिम सँगसँगै देखिन्छ । यहाँका बस्तीलाई हेर्दा प्रश्न एउटै उठ्छ—जोखिमबीच बसिरहेको यो जीवन कहिलेसम्म यसरी नै चलिरहन सक्ला ?

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपहिरो प्रभावित क्षेत्रमा प्रभावकारी राहतको खाँचो छ : वासना थापा

काठमाडौं ,२५ भदौ। नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले भोटेकोशी बाढीपहिरो प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहतको कामलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनु भएको छ ।विहीबार

१,३७७ को मृत्यु, ५,१३० अझै बेपत्ता

काठमाडौँ,२५ भदौ। रसुवा बाढीका कारण हालसम्म १,३७७ जनाको मृत्यु भएको छ भने ५,१३० जना अझै बेपत्ता रहेका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार

महङ्गीले बदल्यो चलन : गहना किन्ने घटे, बेच्ने बढे

काठमाडौं,२५ भदौ । तीज, इन्द्रजात्रा, दशैं र तिहारजस्ता चाड पर्वको मुखमा नेपाली सुनचाँदी बजारमा नयाँ गहना खरिद गर्नेभन्दा पुरानो सुन बिक्री गर्न आउने ग्राहकको संख्या

नेपाल संस्कृत विश्वविद्यालयको रेक्टरमा रेग्मी र रजिस्ट्रारमा कट्टेल नियुक्त

काठमाडौं ,२५ भदौ। सरकारले नेपाल संस्कृत विश्वविद्यालयको रेक्टर शिक्षाध्यक्ष र रजिस्ट्रार कुलसचिव नियुक्त गरेको छ ।शिक्षामन्त्री सस्मित पोखरेलले रेक्टरमा प्रा.डा. जगन्नाथ रेग्मी र रजिस्ट्रारमा प्रा.डा.

चिलिमे टनेलमा उद्धार कार्य तीव्र

काठमाडौं,२५ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित चिलिमे टनेलमा उद्धार कार्य तीव्र पारिएको छ । टनेल क्षेत्रमा यसअघि इन्जिनियरहरूले प्रयोग गर्दै आएको रातो

पुलविहीन भेरी करिडोर र पहिरोको चपेटामा जाजरकोटका बस्ती

जाजरकोट ,२५ भदौ। भिरालो जमिनको काखमा टाँसिएका बस्ती, तल गहिरो खोला र माथि खस्न तयार जस्ता देखिने पहाड । यही भूगोलबीच जाजरकोटको नलगाड नगरपालिका–१२ र