महङ्गीले बदल्यो चलन : गहना किन्ने घटे, बेच्ने बढे

काठमाडौं,२५ भदौ । तीज, इन्द्रजात्रा, दशैं र तिहारजस्ता चाड पर्वको मुखमा नेपाली सुनचाँदी बजारमा नयाँ गहना खरिद गर्नेभन्दा पुरानो सुन बिक्री गर्न आउने ग्राहकको संख्या बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष महेन्द्ररत्न शाक्यले उच्च मूल्य, कमजोर क्रयशक्ति र विश्वव्यापी अनिश्चितताका कारण उपभोक्ताको व्यवहार परिवर्तन भएको बताउनु भएको छ।शाक्यका अनुसार विगतमा यस्ता चाडपर्वका बेला नयाँ गहना किन्ने चलन बलियो भए पनि अहिले करिब ७० प्रतिशत उपभोक्ता नयाँ सुन किन्ने भन्दापनि पुरानो सुन बेच्नतर्फ लागेका छन् । बाँकी करिब ३० प्रतिशत उपभोक्ताले भने विवाह, सामाजिक संस्कार र पारिवारिक आवश्यकताका कारण मात्र नयाँ गहना खरिद गरिरहेका छन् ।

 

‘तीजदेखि दशैं–तिहारसम्म गहना, मेकअप र सौन्दर्य सामग्रीको बिक्री हुने मुख्य समय हो । तर अहिले नेपालीहरूको क्रयशक्ति कमजोर भएकाले धेरैले पुरानो सुन बेचेर खर्च चलाउने सोच बनाएका छन,‘ उहाँले भन्नु भयो । उहाँका अनुसार अहिले सुनको मूल्य ऐतिहासिक रूपमा बढ्नुमा विश्वव्यापी युद्धको वातावरण, आर्थिक अनिश्चितता र विभिन्न देशका केन्द्रीय बैंकहरूले सुन सञ्चिति बढाइरहेको अवस्थाले प्रभाव पारेको छ । यही कारण आगामी दिनमा पनि सुनको मूल्य उच्च रहने उहाँको अनुमान छ ।‘मेरो आंकलनमा सुनको मूल्य घटेर तीन लाख रुपैयाँ प्रतितोलाभन्दा तल आउने सम्भावना कम छ । परिस्थिति झन् जटिल भए चारलाख रुपैयाँसम्म पुग्न पनि सक्छ,’ उहाँले भन्नु भयो। शाक्यले अहिले उपभोक्ताले आत्तिएर सुन बेच्नु उपयुक्त नहुने धारणा पनि राख्नु भयो । उहाँका अनुसार मूल्य निरन्तर बढिरहेको अवस्थामा बिक्री गर्दा उपभोक्ताले सम्भावित लाभ गुमाउन सक्छन् ।

 

उहाँले नेपाल र भारतबीच सुनको मूल्य अन्तर घटाउन भन्सार दर पुनरावलोकन गर्न सरकारलाई आग्रह गर्नु भयो। भारतको तुलनामा नेपालमा सुन महँगो हुँदा खुला सीमाबाट अनौपचारिक कारोबार बढ्ने जोखिम रहेको उहाँको भनाइ छ ।पुरानो सुन बेच्न आउने ग्राहकहरुलाई व्यवसायीले तत्काल नगद उपलब्ध गराउन कठिन भइरहेको पनि उहाँले बताउनु भयो। पुरानो सुन बेच्न आउनेहरुलाई अहिले अधिकांश व्यवसायीले १५ देखि २० दिनको अवधिमा चेकमार्फत भुक्तानी गर्ने व्यवस्था अपनाइरहेका छन् । ‘पुरानो सुन पगालेर शुद्धीकरण गरी पुनः प्रयोग गर्नुपर्ने भएकाले समय लाग्छ,‘ उहाँले भन्नु भयो।शाक्यका अनुसार अहिले बजारमा पुरानो गहना पर्याप्त मात्रामा संकलन भएको छ । पहिले बजारको करिब आधा आवश्यकता आयातबाट पूरा हुने गरेपनि अहिले करिब ८० प्रतिशत कच्चा पदार्थ पुरानो सुन पुनःप्रशोधनबाट व्यवस्थापन भइरहेको छ ।

 

सुनसँगै चाँदीको माग पनि औद्योगिक प्रयोगका कारण बढिरहेको उहाँले बताउनु भयो । विद्युतीय उपकरण, सौर्य प्रविधि लगायत क्षेत्रमा चाँदीको प्रयोग बढेकाले यसको मूल्य पनि थप उकालो लाग्ने सम्भावना रहेको उहाँको भनाइ छ ।यद्यपि, उहाँले हिराको बजार भने स्थिर रहेको बताउनु भयो। प्रयोगशालामा उत्पादन हुने ‘ल्याब–ग्रोन डायमण्ड’को विस्तारले प्राकृतिक हिराको माग प्रभावित भए पनि सुनको विकल्प भने अझै विकसित हुन नसकेको उहाँको तर्क छ । ‘सुन केवल गहना होइन, नेपाली परिवारको सामाजिक सुरक्षा र बचतको माध्यम पनि हो । सकेसम्म आत्तिएर बेच्ने होइन, दीर्घकालीन लगानीका रूपमा सुरक्षित राख्ने समय यही हो,‘ शाक्यले भन्नु भयो ।

नेपालमै खारिएको तेजाबी सुनको छुट्टै मूल्य तोक्न माग

नेपालमै परम्परागत रूपमा खारिएको ‘तेजाबी सुन’को छुट्टै मूल्य निर्धारण गर्नुपर्ने आवश्यकता रहेको शाक्यले बताउनु भएको छ । बजारमा यस्ता सुनको कारोबार उल्लेख्य रूपमा बढेकाले पहिलेजस्तै यसको मूल्य निर्धारण आवश्यक भएको उहाँको भनाइ छ । शाक्यका अनुसार नेपालमा विगतदेखि नै तेजाब प्रयोग गरेर सुन खार्ने परम्परागत प्रणाली रहेको छ । यसअघि बजारमा विदेशी कम्पनीको हलमार्क भएको ‘छापा सुन’ र नेपालमै खारिएको ‘तेजाबी सुन’को फरक मूल्य तोकिने व्यवस्था थियो ।पछिल्ला वर्षमा भने छापा सुनकै मूल्य मात्रै निर्धारण हुने गरेको उहाँले बताउनु भयो । उहाँका अनुसार हाल बजारमा तेजाबी सुनको मात्रा बढ्दै गएको छ । ‘हामीले खारेका सुनहरू अहिले बजारमा धेरै छन् । त्यसैले तेजाबी सुनको पनि छुट्टै भाउ तोकिनुपर्छ भनेर माग गरिरहेका छौं,‘ उहाँले भन्नु भयो शाक्यले नेपालमा सुन प्रशोधन गर्ने क्षमता रहेकाले स्वदेशमै खारिएको सुनको मूल्यांकन पनि त्यसअनुसार हुनुपर्ने धारणा राख्नु भयो । यसले बजारमा पारदर्शिता बढ्ने र उपभोक्तालाई पनि स्पष्ट मूल्य प्रणाली उपलब्ध हुने उहाँको विश्वास छ ।

उहाँले सुनको कारोबारमा उपभोक्ताले पनि मूल्य बढेको समयमा हतारमा बिक्री वा खरिद नगरी बजारको अवस्था विश्लेषण गरेर मात्रै निर्णय लिनुपर्ने सुझाव दिनु भयो। विशेष आवश्यकता बाहेक सम्पूर्ण गहना एकैपटक बेच्ने वा किन्ने निर्णय उपयुक्त नहुने उहाँको भनाइ छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपहिरो प्रभावित क्षेत्रमा प्रभावकारी राहतको खाँचो छ : वासना थापा

काठमाडौं ,२५ भदौ। नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले भोटेकोशी बाढीपहिरो प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहतको कामलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनु भएको छ ।विहीबार

१,३७७ को मृत्यु, ५,१३० अझै बेपत्ता

काठमाडौँ,२५ भदौ। रसुवा बाढीका कारण हालसम्म १,३७७ जनाको मृत्यु भएको छ भने ५,१३० जना अझै बेपत्ता रहेका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार

महङ्गीले बदल्यो चलन : गहना किन्ने घटे, बेच्ने बढे

काठमाडौं,२५ भदौ । तीज, इन्द्रजात्रा, दशैं र तिहारजस्ता चाड पर्वको मुखमा नेपाली सुनचाँदी बजारमा नयाँ गहना खरिद गर्नेभन्दा पुरानो सुन बिक्री गर्न आउने ग्राहकको संख्या

नेपाल संस्कृत विश्वविद्यालयको रेक्टरमा रेग्मी र रजिस्ट्रारमा कट्टेल नियुक्त

काठमाडौं ,२५ भदौ। सरकारले नेपाल संस्कृत विश्वविद्यालयको रेक्टर शिक्षाध्यक्ष र रजिस्ट्रार कुलसचिव नियुक्त गरेको छ ।शिक्षामन्त्री सस्मित पोखरेलले रेक्टरमा प्रा.डा. जगन्नाथ रेग्मी र रजिस्ट्रारमा प्रा.डा.

चिलिमे टनेलमा उद्धार कार्य तीव्र

काठमाडौं,२५ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित चिलिमे टनेलमा उद्धार कार्य तीव्र पारिएको छ । टनेल क्षेत्रमा यसअघि इन्जिनियरहरूले प्रयोग गर्दै आएको रातो

पुलविहीन भेरी करिडोर र पहिरोको चपेटामा जाजरकोटका बस्ती

जाजरकोट ,२५ भदौ। भिरालो जमिनको काखमा टाँसिएका बस्ती, तल गहिरो खोला र माथि खस्न तयार जस्ता देखिने पहाड । यही भूगोलबीच जाजरकोटको नलगाड नगरपालिका–१२ र