रसुवा बाढी

१,३७७ को मृत्यु, ५,१३० अझै बेपत्ता

काठमाडौँ,२५ भदौ। रसुवा बाढीका कारण हालसम्म १,३७७ जनाको मृत्यु भएको छ भने ५,१३० जना अझै बेपत्ता रहेका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार बिहान ११ बजेसम्मको विवरण सार्वजनिक गर्दै खोज, उद्धार तथा राहतसम्बन्धी अद्यावधिक तथ्याङ्क प्रस्तुत गरेको हो।प्राधिकरणका अनुसार चितवनमा सबैभन्दा बढी ३६४ जनाको शव फेला परेको छ। त्यस्तै नवलपरासी पूर्वमा २२८, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९८, रसुवामा १७८, गोरखामा ७७, धादिङमा ७०, तनहुँमा ३८ जनाको शव भेटिएको छ । उपचारका क्रममा काठमाडौँमा दुई जनाको मृत्यु भएको छ।

 

बेपत्ता रहेका कुल ५,१३० जनामध्ये रसुवा र नुवाकोट क्षेत्रका धेरै मानिस रहेका छन्। हालसम्म १०४ वटा शव सनाखत भएका छन् ।विपद्‌पछि विभिन्न १९ वटा अस्पतालमा ३३३ जनाको उपचार भइरहेको छ भने २५६ जना डिस्चार्ज भइसकेका छन्। उद्धारतर्फ हालसम्म १३,६५६ जनाको सफलतापूर्वक उद्धार गरिएको छ। उद्धार गरिएकाहरूका लागि ३७ वटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ। हाल ती होल्डिङ सेन्टरहरूमा नुवाकोटका २,६१५, रसुवाका ७७५ र धादिङका २९५ जना आश्रित रहेका छन्।नेपाली सेनाका १,३४८ र सशस्त्र प्रहरी बलका २७२ वटा हवाई उडानमार्फत प्रभावित क्षेत्रमा उद्धार र राहत सामग्री ओसारपसार गरिएको छ। स्वास्थ्य उपचारतर्फ नेपाली सेनाबाट ३,५५९ र सशस्त्र प्रहरीबाट ३,६०६ जनालाई सेवा प्रदान गरिएको छ।

 

खोज, उद्धार र सुरक्षाका लागि कुल २१,०६३ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाली सेनाका ८,८८५, नेपाल प्रहरीका७,९७५ र सशस्त्र प्रहरी बलका ४,२०३ जना खटिएका छन्। नेपाल सरकारबाट रसुवामा एक करोड, नुवाकोटमा एक करोड र धादिङमा ५० लाख रुपियाँ नगद राहत उपलब्ध गराइएको छ। प्रभावित १५पालिकाका लागि कुल १३ करोड ५० लाख रुपियाँ राहत रकम पठाइएको छ। सडक तथा हवाईमार्गमार्फत खाद्य र गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा निरन्तर पठाइएको छ।

 

802503240_38513699778244282_3677840746237894821_n

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक