सुरक्षित रहन आग्रह

हुङ्गु खोला थुनिएपछि दुधकोशी तटीय क्षेत्रमा बाढीको खतरा

काठमाडौं,२६ भदौ। सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित गुदेलमा पहिरो खसेर हुङ्गा हुङ्कु खोला थुनिएको छ । खोलामा माथिबाट पहिरो खस्दा करिब १५ मिटर अग्लो बाँध ड्याम बनेको र हाल पनि पहिरो खस्ने क्रम जारी रहेको छ ।

 

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुलाई उद्धृत गर्दै जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गरी जोखिमबारे जानकारी गराएको हो । पहिरोले खोला थुनिएपछि बनेको ड्याम जुनसुकै बेला फुट्न सक्ने जोखिम बढेको छ । यसले गर्दा हुङ्गा हुङ्कु खोला तथा दुधकोशी नदीको तटीय र आसपासका क्षेत्रमा बाढीको ठूलो खतरा उत्पन्न भएको छ ।

 

महाशाखाले हुङ्गा खोला र दुधकोशी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई अर्को सूचना जारी नभएसम्मका लागि उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन विशेष अनुरोध गरेको छ । स्थानीय प्रशासन र सुरक्षा निकायले स्थितिलाई नजिकबाट नियालिरहेका छन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विपन्नका लागि १ हजार मेजर अपरेसन निःशुल्क गर्ने डा. शर्माको घोषणा

काठमाडौं , भदौ २६। नेपाली कांग्रेसका नेता तथा मेडिकल व्यवसायी सुनिल शर्माले आर्थिक अवस्था कमजोर भएका बिरामीका लागि एक हजार वटा मेजर अपरेसन निःशुल्क गर्ने

बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य कार्यक्रम चलाउन संसद्‌मा माग

काठमाडौं , भदौ २६। नेपाली कांग्रेसकी सांसद रेनुका काउँचाले भोटेकोशी तथा त्रिशूली नदी आसपासका बाढी प्रभावित नागरिकको मानसिक स्वास्थ्य र मनोसामाजिक सुरक्षालाई प्राथमिकता दिन सरकारसँग

कर्जाको माग घट्दा राष्ट्र बैंकमा थुप्रियो साढे १३ खर्ब अधिक तरलता

 काठमाडौं , २६ भदौ। वित्तीय प्रणालीमा अधिक तरलता हुँदा नेपाल राष्ट्र बैंकमा साढे १३ खर्ब रुपैयाँ थुप्रिएको छ । वित्तीय प्रणालीमा निरन्तर निक्षेप बढ्ने तथा

७ दिनभित्र नहटाए आयोजनाले संरचना आफैँ भत्काउने चेतावनी

काठमाडौं , भदौ २६। काठमाडौँ उपत्यका विकास प्राधिकरणअन्तर्गतको भेल्पा–हात्तिवन जग्गा एकीकरण आयोजनाले आयोजनाभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउन सात दिनको समय दिएको छ ।आयोजनाको

‘प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन’: गगन थापा

काठमाडौं ,२६ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सम्माननीय प्रधानमन्त्री बालेन शाहलाई निजी क्षेत्र हेर्नै मन नपर्ने टिप्पणी गर्नुभएको छ ।गिरिजाप्रसाद कोइराला फाउन्डेसनद्वारा शुक्रबार

प्रधानमन्त्री कार्यालयमा उद्योगी–व्यवसायीको जमघटस् आर्थिक सुधार र सहकार्यबारे छलफल जारी

 काठमाडौं , २६ भदौ। सम्माननीय प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहनुभएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा वरिष्ठ उद्योगी तथा व्यवसायीहरू विनोद