विपद्ले खोसेको स्कुल फर्काउँदै महानगर : रसुवाका बाढी विस्थापित बालबालिका कक्षाकोठामा

काठमाडौं , भदौ २६। रसुवाको भोटेकोशी बाढीबाट विस्थापित भएर काठमाडौं आइपुगेका १३२ जना बालबालिकाको विद्यालय शिक्षालाई काठमाडौं महानगरपालिकाले निरन्तरता दिन थालेको छ । नागार्जुनस्थित पहेँलो गुम्बामा आश्रय लिएर बसेका ती बालबालिकालाई महानगरले डल्लु आवास क्षेत्रमा रहेको गीतामाता स्कुलमा अध्ययनको व्यवस्था मिलाएको हो । विद्यार्थीहरूका लागि पाठ्यपुस्तक र दिवा खाजाको प्रबन्ध गरिएको छ । पहिलो दिन ५९ जना बालबालिका कक्षाकोठामा उपस्थित भएका थिए । विपद्ले बालबालिकाको मनमा पुर्‍याएको गहिरो चोट कम गर्न र उनीहरूको आवश्यकता बुझ्न काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल स्वयं विद्यालय पुगेर विद्यार्थीलाई हौसला दिनुभएको थियो । प्रधानाध्यापक तथा शिक्षकहरूसँग छलफल गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हाम्रो बोली–वचन र व्यवहारले बालबालिकालाई थप चोट नपुगोस्। उनीहरूसँग आत्मीय व्यवहार गरेर मनको आघात भुल्न सघाउनु । अहिल्यै किताब र पाठ घोकाउनुभन्दा पनि उनीहरूभित्र रहेको त्रास हटाउन परामर्शमा ध्यान दिनु।’विद्यार्थीलाई पढाइप्रति आकर्षित गर्न कार्यपालिका सदस्यहरू, जनप्रतिनिधि तथा शिक्षा विभागका अधिकारीहरूले विद्यालयमै पुगेर बालमैत्री वातावरण निर्माणका लागि सहजीकरण गरिरहेका छन् । विद्यालय आउनेमध्ये केही बालबालिकाले बाआमा दुवै गुमाएका छन् भने केहीका बुबा वा आमामध्ये एक जना मात्र जीवित छन् । परिवार भएका कतिपय बालबालिकाको पनि घर र बासस्थान पूर्ण रूपमा गुमेको छ ।

विद्यालय जाने यी विद्यार्थीहरूका लागि ‘कोशिस नेपाल’ले स्कुल झोला, पोसाक र मनोसामाजिक परामर्शको व्यवस्था गरिदिएको छ । यस्तै, आश्रयस्थलबाट विद्यालयसम्म ल्याउन र पुर्‍याउन ‘एलआरआई स्कुल’ले यातायातको साधन उपलब्ध गराएको शिक्षा विभागका वरिष्ठ अधिकृत सुशील सुवेदीले जानकारी दिए ।विद्यालयमा दोस्रो दिन ६१ जना विद्यार्थी उपस्थित भएका छन् । गीतामाता स्कुलका प्रधानाध्यापक हरिकृष्ण श्रेष्ठका अनुसार विद्यालय आउन मानसिक रूपमा तयार भएका विद्यार्थीहरू विस्तारै कक्षामा फर्किरहेका छन् । उहाले भने, ‘गहिरो मानसिक तनावमा परेका बालबालिकालाई जबरजस्ती गरिएको छैन, परामर्श दिएर बिस्तारै सामान्य अवस्थामा फर्काउने प्रयास भइरहेको छ र विद्यार्थीको उपस्थिति दैनिक बढ्दै छ ।’महानगरको सम्पर्कमा रहेका १३२ जना बालबालिका प्रारम्भिक बालविकास (ईसीडी) देखि कक्षा १२ सम्म अध्ययनरत छन् । जसमा सबैभन्दा धेरै कक्षा १ मा ४५ जना रहेका छन् । त्यस्तै, इसीडी र कक्षा १० मा २–२ जना, नर्सरी, युकेजी र कक्षा १२ मा १–१ जना छन् ।यसैगरी कक्षा २ मा ८ जना, कक्षा ३ मा ११ जना, कक्षा ४ मा १२ जना, कक्षा ५ मा ९ जना, कक्षा ६ र ७ मा ६–६ जना, कक्षा ८ मा ११ जना, कक्षा ९ मा १० जना र कक्षा ११ मा ५ जना विद्यार्थी रहेको महानगरको तथ्यांक छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नुवाकोटमा मोटरसाइकल दुर्घटना : ३ जनाको मृत्यु

नुवाकोट,२३ कार्तीक । नुवाकोटको विदुरमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनै जनाको मृत्यु भएको छ । सोमबार बिहान विदुर नगरपालिका–९ स्थित खड्कथोकमा मोटरसाइकल सडकबाट

३५ वर्षमा केही भएन भन्ने भाष्य भ्रमपूर्ण छ: महेश बस्नेत

काठमाडौं,२३ कात्तिक । नेकपा एमालेका सचिव महेश बस्नेतले पछिल्लो समय केही नयाँ भनिएका राजनीतिक शक्तिहरूले ३५ वर्षमा देशमा केही भएन भन्दै भ्रमपूर्ण भाष्य निर्माण गरिरहेको

आखाँको प्रमुख असर,स्वस्थ राख्ने उपायहरू

मोबाइल तथा डिजिटल स्क्रिनको अत्यधिक प्रयोगले आँखाको समग्र स्वास्थ्यमा प्रत्यक्ष र गम्भीर असर पार्छ। लामो समयसम्म नरोकिकन मोबाइल हेरिरहँदा आँखाको बाहिरी सतहदेखि भित्री मांसपेशी र

एन्टिबायोटिक के हो र यसले कहिले काम गर्छ?

सामान्य रुघाखोकी, ज्वरो वा हल्का घाँटी दुख्नेबित्तिकै नजिकैको फार्मेसी पुगेर एन्टिबायोटिक किनेर खाने चलन नेपाली समाजमा निकै बढ्दो छ। तर, चिकित्सकको उचित जाँच र सिफारिसबिना

श्रीमती र भारतीय प्रेमी मिलेर पतिको हत्या

मोरङ,२३ कार्तीक । विवाहेत्तर प्रेम सम्बन्धबारे थाहा पाएपछि मोरङको जहदामा एक पुरुषको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आफ्नै श्रीमती र उहाँका भारतीय

झापाको अर्जुनधारामा आगलागी : ग्वाली नष्ट, एक घाइते

झापा, २३ कात्तिक । झापाको अर्जुनधारामा आगलागी हुँदा ग्वाली जलेर नष्ट भएको छ ।आज बिहान ११ः४० बजे अर्जुनधारा ९ स्थित मगर टोल बस्ने मकरध्वज थापाको

नेपालमा आईटी र एआईको उच्च सम्भावना छ : सन्दीप नेलवाल

काठमाडौं ,२३ कार्तीक। ग्लोबल ब्लकचेन नेटवर्क पोलिगनका सह–संस्थापक सन्दीप नेलवालले नेपालमा सूचना प्रविधि आईटी तथा आर्टिफिसियल इन्टेलिजेन्स एआई क्षेत्रको सम्भावना उच्च रहेको बताँउनु भएको छ।