कलेजमै बसेर वास्तविक कामको अनुभवस् सेन्ट जेभियर्सका विद्यार्थीले यसरी गरे शैक्षिक वर्षको समापन

काठमाडौं , भदौ २६। सेन्ट जेभियर्स कलेजका सामाजिक कार्य र मनोविज्ञान विषयमा प्रमुख अध्ययन गर्दै पत्रकारितालाई ऐच्छिक विषयका रूपमा लिएका अन्तिम वर्षका विद्यार्थीले १५ वटा न्यूजलेटर प्रकाशन गर्दै शैक्षिक वर्षको समापन गरेका छन्।कलेजमा आयोजित न्यूजलेटर विमोचन समारोहमा विद्यार्थीहरूले विभिन्न समूहमा विभाजित भएर तयार पारेका १५ वटा न्यूजलेटर सार्वजनिक गरिएको हो।तीमध्ये दुई समूहले गैरसरकारी संस्था आशा नेपाल र अर्चिड गार्डेन नेपालका लागि क्रमशः ‘आशा आवाज’ र ‘द अर्चिड क्रोनिकल्स’ नामक न्यूजलेटर तयार गरेका छन्।लेखन परियोजनामार्फत करिब १०० विद्यार्थी कक्षाकोठाको सिकाइलाई वास्तविक कार्यक्षेत्रसँग जोडिन पुगेका छन्। परियोजनाले विद्यार्थीलाई आफूले हासिल गरेको ज्ञान तथा सीप व्यवहारमा प्रयोग गर्दै रोजगारी बजार र सम्भावित रोजगारदातासँग प्रत्यक्ष रूपमा जोडिने अवसर प्रदान गरेको कलेजले जनाएको छ।

न्यूजलेटर विमोचन कार्यक्रममा कलेजकी उपप्राचार्य सालुजा चन्द, मेजर आट्र्स विभागका प्रमुख शिशिरकुमार भुसाल, सहभागी गैरसरकारी संस्थाका प्रतिनिधि तथा कलेजका प्राध्यापकहरूको उपस्थिति थियो।कलेजका पत्रकारिता विषयका फ्याकल्टी लिड चुनबहादुर गुरुङले सञ्चार सीप सबै विषयका विद्यार्थीका लागि आवश्यक रहेको बताए। उनले कक्षाकोठामा सिकेको ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्न लेखन परियोजनामार्फत विद्यार्थीलाई वास्तविक काममा संलग्न गराइएको बताए।उनका अनुसार सन् २०२३ ब्याचका ९१ जना विद्यार्थीले १५ वटा न्यूजलेटर तयार गरेका हुन्। ‘आशा आवाज’ र ‘द अर्चिड क्रोनिकल्स’ दुई गैरसरकारी संस्थाका लागि तयार गरिएको उनले बताए।कलेजका प्राचार्य फादर डा. अगस्टिन थोमस, एस.जे.ले विद्यार्थीलाई व्यावहारिक सिकाइ र वास्तविक संसारको काममा संलग्न गराउने पहल प्रशंसनीय रहेको बताए। उनले यस्तो परियोजनाले कक्षाकोठाको सिकाइलाई कार्यक्षेत्रसँग जोड्नुका साथै विद्यार्थीले आफ्नो ज्ञानलाई समुदायका लागि अर्थपूर्ण काममा प्रयोग गर्ने अवसर पाएको उल्लेख गरे।कलेजका अनुसार विद्यार्थीको रोजगारीयोग्यता अभिवृद्धि गर्ने परियोजना–आधारित तथा सीप–आधारित शिक्षाको अवधारणासँग यो परियोजना विश्वविद्यालय अनुदान आयोगको रणनीतिक योजना २०२४–२०२९ सँग समेत मेल खान्छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक