दमकको ओम शान्ति डेन्टल हस्पिटलका सेवाग्राहीको अनुभव कस्तो?

दमक , २६ भदौ । युनिमा लिम्बू दाँतमा देखिएको समस्या निदान र उपचारका लागि एक वर्षदेखि निरन्तर दमक–५ बेलडाँगी रोडमा रहेको ओम शान्ति डेन्टल हस्पिटलमा आउँदै हुनुहुन्छ।उहाँका अनुसार दाँत अन्यको तुलनामा अलि नमिलेका थिए। नमिलेका दाँतका कारण हिँड्दा समेत आत्मविश्वास कम हुने गरेको उहाँ बताउनुहुन्छ। त्यसैले दाँत मिलाएर खुला भएर हाँस्दै हिँड्न मन लागेपछि ओम शान्ति डेन्टलमा आएको उहाँले बताउनुभयो।

अहिले उहाँ नमिलेका, बाँगा–टिङ्गा दाँत मिलाउने उपचार गराइरहनुभएको छ। अस्पतालले प्रदान गरिरहेको सेवाप्रति उहाँ सन्तुष्ट हुनुहुन्छ।दाँत मानिसको सौन्दर्यसँग जोडिएको महत्वपूर्ण अंग हो। यसले खाना चपाउने काम मात्रै गर्दैन, हाम्रो मुस्कानलाई समेत आकर्षक बनाउँछ। त्यसैले राम्रो र स्वस्थ दाँतलाई सौन्दर्यको महत्वपूर्ण प्रतीकका रूपमा पनि लिइन्छ।
बाँगा–टिङ्गा दाँत हुने, दाँत बाहिर निस्किएको वा नमिलेको समस्या भएका व्यक्तिका लागि ओम शान्ति डेन्टल हस्पिटलले अर्थोडेन्टिक प्रविधिमार्फत तार बाँधेर विशेष उपचार प्रदान गर्दै आएको अस्पतालका अर्थोडेन्टिस्ट डा. राहुल गुप्ताले जानकारी दिनुभयो।

दमकमा दाँतसम्बन्धी सबै प्रकारका समस्याको उपचार गर्ने उद्देश्यले सञ्चालनमा रहेको ओम शान्ति डेन्टल हस्पिटलमा दन्तसम्बन्धी विभिन्न रोगको उपचार हुँदै आएको छ। विभिन्न विधाका दन्त चिकित्सकहरूको समूहद्वारा सञ्चालित अस्पतालमा दैनिक एक सयभन्दा बढी सेवाग्राहीले उपचार सेवा लिने गरेका छन्।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विपन्नका लागि १ हजार मेजर अपरेसन निःशुल्क गर्ने डा. शर्माको घोषणा

काठमाडौं , भदौ २६। नेपाली कांग्रेसका नेता तथा मेडिकल व्यवसायी सुनिल शर्माले आर्थिक अवस्था कमजोर भएका बिरामीका लागि एक हजार वटा मेजर अपरेसन निःशुल्क गर्ने

बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य कार्यक्रम चलाउन संसद्‌मा माग

काठमाडौं , भदौ २६। नेपाली कांग्रेसकी सांसद रेनुका काउँचाले भोटेकोशी तथा त्रिशूली नदी आसपासका बाढी प्रभावित नागरिकको मानसिक स्वास्थ्य र मनोसामाजिक सुरक्षालाई प्राथमिकता दिन सरकारसँग

कर्जाको माग घट्दा राष्ट्र बैंकमा थुप्रियो साढे १३ खर्ब अधिक तरलता

 काठमाडौं , २६ भदौ। वित्तीय प्रणालीमा अधिक तरलता हुँदा नेपाल राष्ट्र बैंकमा साढे १३ खर्ब रुपैयाँ थुप्रिएको छ । वित्तीय प्रणालीमा निरन्तर निक्षेप बढ्ने तथा

७ दिनभित्र नहटाए आयोजनाले संरचना आफैँ भत्काउने चेतावनी

काठमाडौं , भदौ २६। काठमाडौँ उपत्यका विकास प्राधिकरणअन्तर्गतको भेल्पा–हात्तिवन जग्गा एकीकरण आयोजनाले आयोजनाभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउन सात दिनको समय दिएको छ ।आयोजनाको

‘प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन’: गगन थापा

काठमाडौं ,२६ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सम्माननीय प्रधानमन्त्री बालेन शाहलाई निजी क्षेत्र हेर्नै मन नपर्ने टिप्पणी गर्नुभएको छ ।गिरिजाप्रसाद कोइराला फाउन्डेसनद्वारा शुक्रबार

प्रधानमन्त्री कार्यालयमा उद्योगी–व्यवसायीको जमघटस् आर्थिक सुधार र सहकार्यबारे छलफल जारी

 काठमाडौं , २६ भदौ। सम्माननीय प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहनुभएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा वरिष्ठ उद्योगी तथा व्यवसायीहरू विनोद