सहकारीको संकट कसरी टार्ने? दमककी उपप्रमुख भट्टराईको यस्तो भनाई

दमक, २६ भदौ । सहकारी संस्थाहरू अहिले संकटमा रहेको भन्दै दमककी उपप्रमुख रेगिना भट्टराई प्रसाईंले सदस्यको विश्वास कायम राख्नु सहकारीका लागि प्रमुख चुनौती बनेको बताउनु भएको छ।दमकमा रहेको हिमचुली बचत तथा ऋण सहकारी संस्थाको १८औँ वार्षिक साधारणसभामा बोल्दै उहाँले सहकारीबाट ऋण लिएका सदस्यले समयमै किस्ता नतिर्दा बचतकर्ताको रकमसमेत फिर्ता गर्न समस्या भइरहेको बताउनु भयो। एउटा बचतकर्ताको रकम अर्को ऋणीले तिरेको ब्याजबाट चलाउने प्रवृत्तिले ऋण असुलीमा समस्या देखिन थालेको उहाँको भनाइ थियो।

साना कारोबार र कम सदस्य संख्या भएका सहकारीहरूलाई अहिलेको अवस्था झनै चुनौतीपूर्ण रहेको बताउँदै उपप्रमुख भट्टराईले सहकारीले बिना देखावटी कम खर्चमा आफ्ना कार्यक्रम तथा गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिनु भयो।
उहाँले क्षमताअनुसार मात्रै कार्यक्रम सार्वजनिक गर्ने, सदस्यलाई धेरै आश्वासन नदिने तथा धितो लिएर मात्रै सदस्यसँग कारोबार गर्ने हो भने सहकारीको संकट टार्न सकिने बताउनु भयो।सदस्यहरू मितव्ययी बन्ने, आफ्नो आवश्यकताअनुसार मात्रै ऋण लिने र लिएको ऋणको किस्ता समयमै तिर्ने हो भने सहकारीप्रतिको विश्वास कायम रहन सक्ने उहाँले बताउनु भयो। सहकारीमा संकट आउनुमा सञ्चालकसँगै सदस्यहरूको पनि भूमिका रहने भएकाले सबैले आफ्ना कमजोरी सुधार गर्नुपर्ने उहाँको आग्रह थियो।

कार्यक्रममा सहकारीका अध्यक्ष लीला ढुंगेल दाहालले संस्थाको वार्षिक प्रतिवेदन सार्वजनिक गर्नु भएको थियो। प्रतिवेदनमा संस्थाको आर्थिक अवस्थासमेत प्रस्तुत गरिएको थियो।प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१÷०८२ मा ५५ लाख ८७ हजार २ सय रुपैयाँ रहेको शेयर पुँजी आर्थिक वर्ष २०८२÷०८३ मा बढेर ७२ लाख ९२ हजार २ सय रुपैयाँ पुगेको छ। संस्थाले आगामी वर्ष शेयर पुँजीलाई बढाएर १ करोड रुपैयाँ पु¥याउने लक्ष्य राखेको छ।

त्यस्तै, संस्थाले हाल ३ करोड ९१ लाख २४ हजार २ सय ५५ रुपैयाँ ऋण लगानी गरेकोमा ३ करोड ६२ लाख ५१ हजार ३ सय ४९ रुपैयाँ मात्रै निक्षेप संकलन गर्न सकेको प्रतिवेदनमा उल्लेख छ।साधारणसभामा दमक–६ मा रहेको पशुपति बहुउद्देश्यीय सहकारी संस्थासँग एकीकरण गर्ने प्रस्तावसमेत प्रस्तुत गरिएको छ। साधारणसभाबाट प्रस्ताव पारित भएमा यही वर्ष एकीकरण गर्ने तयारी सञ्चालक समितिले गरिरहेको जनाइएको छ।अध्यक्ष दाहालका अनुसार संस्थाको प्रतिवेदन हाल सबै सदस्यलाई संस्थाको कार्यालयबाट वितरण भइरहेको छ। प्रतिवेदन वितरण भएको तीन दिनपछि सदस्यहरूको सुझावसहित माइन्युट प्रमाणित गर्ने तयारी गरिएको उहाँले जानकारी दिनु भयो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विपन्नका लागि १ हजार मेजर अपरेसन निःशुल्क गर्ने डा. शर्माको घोषणा

काठमाडौं , भदौ २६। नेपाली कांग्रेसका नेता तथा मेडिकल व्यवसायी सुनिल शर्माले आर्थिक अवस्था कमजोर भएका बिरामीका लागि एक हजार वटा मेजर अपरेसन निःशुल्क गर्ने

बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य कार्यक्रम चलाउन संसद्‌मा माग

काठमाडौं , भदौ २६। नेपाली कांग्रेसकी सांसद रेनुका काउँचाले भोटेकोशी तथा त्रिशूली नदी आसपासका बाढी प्रभावित नागरिकको मानसिक स्वास्थ्य र मनोसामाजिक सुरक्षालाई प्राथमिकता दिन सरकारसँग

कर्जाको माग घट्दा राष्ट्र बैंकमा थुप्रियो साढे १३ खर्ब अधिक तरलता

 काठमाडौं , २६ भदौ। वित्तीय प्रणालीमा अधिक तरलता हुँदा नेपाल राष्ट्र बैंकमा साढे १३ खर्ब रुपैयाँ थुप्रिएको छ । वित्तीय प्रणालीमा निरन्तर निक्षेप बढ्ने तथा

७ दिनभित्र नहटाए आयोजनाले संरचना आफैँ भत्काउने चेतावनी

काठमाडौं , भदौ २६। काठमाडौँ उपत्यका विकास प्राधिकरणअन्तर्गतको भेल्पा–हात्तिवन जग्गा एकीकरण आयोजनाले आयोजनाभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउन सात दिनको समय दिएको छ ।आयोजनाको

‘प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन’: गगन थापा

काठमाडौं ,२६ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सम्माननीय प्रधानमन्त्री बालेन शाहलाई निजी क्षेत्र हेर्नै मन नपर्ने टिप्पणी गर्नुभएको छ ।गिरिजाप्रसाद कोइराला फाउन्डेसनद्वारा शुक्रबार

प्रधानमन्त्री कार्यालयमा उद्योगी–व्यवसायीको जमघटस् आर्थिक सुधार र सहकार्यबारे छलफल जारी

 काठमाडौं , २६ भदौ। सम्माननीय प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहनुभएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा वरिष्ठ उद्योगी तथा व्यवसायीहरू विनोद