बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य कार्यक्रम चलाउन संसद्‌मा माग

काठमाडौं , भदौ २६। नेपाली कांग्रेसकी सांसद रेनुका काउँचाले भोटेकोशी तथा त्रिशूली नदी आसपासका बाढी प्रभावित नागरिकको मानसिक स्वास्थ्य र मनोसामाजिक सुरक्षालाई प्राथमिकता दिन सरकारसँग माग गर्नुभएको छ ।शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद काउँचाले भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले घर, सडक र सम्पत्तिमा क्षति पुर्याउनुका साथै प्रभावित नागरिकको मानसिक स्वास्थ्यमा समेत गम्भीर असर पारेको बताउनुभयो ।उहाले बाढी प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकसँगै स्थानीय तहमा कार्यरत कर्मचारीको मानसिक अवस्था समेत गम्भीर बन्दै गएको दिनुभएको थियो
बताउनुभयो ।

काउँचाले अपर त्रिशूली–१ आयोजनामा कार्यरत रसुवाका इन्जिनियर सुरेश सापकोटा बेपत्ता भएको तथा शिक्षिका ईश्वरी भट्ट मानसिक रूपमा विक्षिप्त भएको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो ।बाढीका कारण धनजनको क्षति, घरबार गुमाउनु, आफन्त गुमाउनु, विस्थापन र भविष्यप्रतिको अनिश्चितताले धेरै पीडित तीव्र मानसिक तनाव, चिन्ता, एन्जाइटी, डिप्रेसनलगायत मनोसामाजिक समस्याबाट गुज्रिरहेको उहाले बताउनुभयो ।काउँचाले विपद्पछिको पुनस्र्थापना भौतिक संरचना निर्माणमा मात्र सीमित गर्न नहुने बताउनुभयो । ‘विपद्पछिको पुनस्र्थापना भनेको भत्किएका घर र सडक बनाउनु मात्र होइन, भत्किएको मन र आशालाई पनि पुनर्निर्माण गर्नु हो,’ उहाले भन्नुभयो ।

उहाले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतसँगै मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्न सरकारसँग आग्रह गर्नुभयो । विशेषगरी बालबालिका, महिला, ज्येष्ठ नागरिक तथा आफन्त गुमाएका परिवारलाई लक्षित गरी तत्काल मनोसामाजिक सहयोगका कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाको भनाइ छ ।त्यस्तै, पीडित नागरिकमा रहेको भविष्यप्रतिको अनिश्चितता हटाउन पुनस्र्थापना तथा जीविकोपार्जनको स्पष्ट योजना ल्याउन उनले सरकारको ध्यानाकर्षण गराउनुभयो । स्थानीय आवश्यकता र संस्कृतिअनुसार योग, ध्यान तथा सामुदायिक सहयोगका कार्यक्रम सञ्चालन गर्नुपर्ने पनि उहाले बताउनुभयो ।‘बाढीले मानिसको घर बगाएको छ, तर सरकारले उनीहरूको आशा बग्न दिनुहुँदैन,’ काउँचाले बताउनुभयो ।भौतिक राहतसँगै मानसिक स्वास्थ्यलाई पनि समान प्राथमिकता दिँदै सरकारले प्रभावित नागरिकलाई सुरक्षित भविष्य र बाँच्ने आत्मविश्वास दिलाउनुपर्ने उहाले बताउनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विपन्नका लागि १ हजार मेजर अपरेसन निःशुल्क गर्ने डा. शर्माको घोषणा

काठमाडौं , भदौ २६। नेपाली कांग्रेसका नेता तथा मेडिकल व्यवसायी सुनिल शर्माले आर्थिक अवस्था कमजोर भएका बिरामीका लागि एक हजार वटा मेजर अपरेसन निःशुल्क गर्ने

बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य कार्यक्रम चलाउन संसद्‌मा माग

काठमाडौं , भदौ २६। नेपाली कांग्रेसकी सांसद रेनुका काउँचाले भोटेकोशी तथा त्रिशूली नदी आसपासका बाढी प्रभावित नागरिकको मानसिक स्वास्थ्य र मनोसामाजिक सुरक्षालाई प्राथमिकता दिन सरकारसँग

कर्जाको माग घट्दा राष्ट्र बैंकमा थुप्रियो साढे १३ खर्ब अधिक तरलता

 काठमाडौं , २६ भदौ। वित्तीय प्रणालीमा अधिक तरलता हुँदा नेपाल राष्ट्र बैंकमा साढे १३ खर्ब रुपैयाँ थुप्रिएको छ । वित्तीय प्रणालीमा निरन्तर निक्षेप बढ्ने तथा

७ दिनभित्र नहटाए आयोजनाले संरचना आफैँ भत्काउने चेतावनी

काठमाडौं , भदौ २६। काठमाडौँ उपत्यका विकास प्राधिकरणअन्तर्गतको भेल्पा–हात्तिवन जग्गा एकीकरण आयोजनाले आयोजनाभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउन सात दिनको समय दिएको छ ।आयोजनाको

‘प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन’: गगन थापा

काठमाडौं ,२६ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सम्माननीय प्रधानमन्त्री बालेन शाहलाई निजी क्षेत्र हेर्नै मन नपर्ने टिप्पणी गर्नुभएको छ ।गिरिजाप्रसाद कोइराला फाउन्डेसनद्वारा शुक्रबार

प्रधानमन्त्री कार्यालयमा उद्योगी–व्यवसायीको जमघटस् आर्थिक सुधार र सहकार्यबारे छलफल जारी

 काठमाडौं , २६ भदौ। सम्माननीय प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहनुभएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा वरिष्ठ उद्योगी तथा व्यवसायीहरू विनोद