विपन्नका लागि १ हजार मेजर अपरेसन निःशुल्क गर्ने डा. शर्माको घोषणा

काठमाडौं , भदौ २६। नेपाली कांग्रेसका नेता तथा मेडिकल व्यवसायी सुनिल शर्माले आर्थिक अवस्था कमजोर भएका बिरामीका लागि एक हजार वटा मेजर अपरेसन निःशुल्क गर्ने घोषणा गर्नुभएको छ ।शुक्रबार जीपी कोइराला फाउन्डेसनको साधारण सभा (एजीएम) तथा नेतृत्व हस्तान्तरण कार्यक्रममा बोल्दै शर्माले यसै वर्ष काठमाडौं मेडिकल कलेज (केएमसी)को दुवाकोट र विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट आर्थिक अभावका कारण उपचार गर्न नसकेका बिरामीको एक हजार वटा मेजर अपरेसन निःशुल्क गर्ने घोषणा गर्नुभएको छ
।उहाले भन्नुभयो, ‘बिरामी नै पुगेन भने त थाहा छैन तर पैसा नभएर आर्थिक रूपमा उपचार गर्न नसक्ने मेजर अपरेसनहरू काठमाडौं मेडिकल कलेजको दुवाकोट र विराटनगरमा नोबेल मेडिकल कलेजमा गरेर एक हजार वटा अपरेसन निःशुल्क गर्ने घोषणा हामी गर्न चाहन्छौँ।’डा.शर्माले आगामी दिनमा छात्रवृत्तिसम्बन्धी कार्यक्रमसमेत अघि बढाउने तयारी रहेको बताए। त्यसका लागि फाउन्डेसनकी अध्यक्ष सुजाता कोइरालासँग छलफल गरेर थप घोषणा गर्ने उहाको भनाइ छ। शुक्रबार नै कोइरालाले डा.शर्मालाई फाउन्डेसनको अध्यक्षको जिम्मेवारी सुम्पिनुभएको थियो ।

कार्यक्रममा शर्माले गिरिजाप्रसाद कोइरालासँग आफ्नो लामो राजनीतिक तथा व्यक्तिगत सम्बन्ध रहेको स्मरण गर्नुभयो । आफूले कांग्रेसको साधारण सदस्यतासमेत गिरिजाप्रसाद कोइरालाकै हातबाट हस्ताक्षर गराएर लिएको उहाले बताउनुभयो ।गिरिजाप्रसाद कोइरालाले आफूलाई मेडिकल क्षेत्रमा अघि बढ्न सहयोग गरेको स्मरण गर्दै शर्माले नोबेल मेडिकल कलेजलाई सम्बन्धन दिलाउनसमेत कोइरालाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।गिरिजाप्रसाद कोइरालाले आफूहरूसँग कुनै व्यक्तिगत लाभ नमागी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन सहयोग गरेको शर्माको दाबी थियो। कोइरालाबाट आफूले राजनीतिमा मात्रै नभई व्यवसायिक क्षेत्रमा समेत ठूलो प्रेरणा र सहयोग पाएको उहाले बताउनुभयो ।शर्माले गिरिजाप्रसाद कोइरालाको विरासतलाई निरन्तरता दिन आफूले फाउन्डेसनमार्फत देशका ७७ वटै जिल्लामा विभिन्न गतिविधि विस्तार गर्ने बताउनुभयो ।शर्माले कांग्रेसभित्र अन्याय र ठुलाबडाको हाबी हुँदा विद्रोह गर्नुपर्ने बीपी कोइरालाको शिक्षालाई आत्मसात् गर्नुपर्ने धारणा पनि राख्नुभयो
।उहाले पार्टी सभापति गगन थापालाई बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाको राजनीतिक निरन्तरताका रूपमा उल्लेख गर्दै कांग्रेसलाई नयाँ ऊर्जा र उत्साहका साथ अघि बढाउनुपर्ने बताउनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विपन्नका लागि १ हजार मेजर अपरेसन निःशुल्क गर्ने डा. शर्माको घोषणा

काठमाडौं , भदौ २६। नेपाली कांग्रेसका नेता तथा मेडिकल व्यवसायी सुनिल शर्माले आर्थिक अवस्था कमजोर भएका बिरामीका लागि एक हजार वटा मेजर अपरेसन निःशुल्क गर्ने

बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य कार्यक्रम चलाउन संसद्‌मा माग

काठमाडौं , भदौ २६। नेपाली कांग्रेसकी सांसद रेनुका काउँचाले भोटेकोशी तथा त्रिशूली नदी आसपासका बाढी प्रभावित नागरिकको मानसिक स्वास्थ्य र मनोसामाजिक सुरक्षालाई प्राथमिकता दिन सरकारसँग

कर्जाको माग घट्दा राष्ट्र बैंकमा थुप्रियो साढे १३ खर्ब अधिक तरलता

 काठमाडौं , २६ भदौ। वित्तीय प्रणालीमा अधिक तरलता हुँदा नेपाल राष्ट्र बैंकमा साढे १३ खर्ब रुपैयाँ थुप्रिएको छ । वित्तीय प्रणालीमा निरन्तर निक्षेप बढ्ने तथा

७ दिनभित्र नहटाए आयोजनाले संरचना आफैँ भत्काउने चेतावनी

काठमाडौं , भदौ २६। काठमाडौँ उपत्यका विकास प्राधिकरणअन्तर्गतको भेल्पा–हात्तिवन जग्गा एकीकरण आयोजनाले आयोजनाभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउन सात दिनको समय दिएको छ ।आयोजनाको

‘प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन’: गगन थापा

काठमाडौं ,२६ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सम्माननीय प्रधानमन्त्री बालेन शाहलाई निजी क्षेत्र हेर्नै मन नपर्ने टिप्पणी गर्नुभएको छ ।गिरिजाप्रसाद कोइराला फाउन्डेसनद्वारा शुक्रबार

प्रधानमन्त्री कार्यालयमा उद्योगी–व्यवसायीको जमघटस् आर्थिक सुधार र सहकार्यबारे छलफल जारी

 काठमाडौं , २६ भदौ। सम्माननीय प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहनुभएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा वरिष्ठ उद्योगी तथा व्यवसायीहरू विनोद