प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनलाई तत्काल पक्राउ गर्न जेनजी मुभमेन्टको माग

काठमाडौं , भदौ २६। जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलाई तत्काल पक्राउ गरी निष्पक्ष र गहिरो अनुसन्धान गर्न सरकारसँग माग गरेको छ।जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले शुक्रबार जारी गरेको प्रेस वक्तव्यमा बेनमाथि कल बाइपासजस्तो गम्भीर आपराधिक गतिविधिमा संलग्न भएको तथा विदेशी जासुसी संयन्त्रसँग कथित अपारदर्शी सम्पर्क रहेको आरोप उठेको भन्दै तत्काल अनुसन्धान गर्न माग गरेका हुन्।वक्तव्यमा गम्भीर आरोप लागेका व्यक्तिलाई प्रधानमन्त्रीको प्रमुख सल्लाहकारजस्तो संवेदनशील जिम्मेवारीमा राख्नु कानुनी शासनको उपहास भएको उल्लेख गरिएको छ। पद र पहुँचका आधारमा अनुसन्धानबाट उन्मुक्ति दिन नहुने जेनजी मुभमेन्ट नेपालको भनाइ छ।

मुभमेन्टले कुमार बेनलाई राज्यमन्त्री स्तरको सुविधा दिइएको तर उनको शैक्षिक योग्यता एसएलसी पास मात्र रहेको भन्दै प्रधानमन्त्रीको प्रमुख सल्लाहकार नियुक्तिको योग्यतामाथिसमेत प्रश्न उठाएको छ।त्यस्तै, सत्तारूढ दलकै सांसदले संसदमा सरकारको वास्तविक शक्ति केन्द्र सिंहदरबार नभई ज्वागल बनेको अभिव्यक्ति दिएको विषयलाई पनि मुभमेन्टले संवेदनशील रूपमा उठाएको छ।प्रधानमन्त्रीका प्रमुख सल्लाहकारमाथि विदेशी जासुसी संयन्त्रसँग कथित भेटघाट तथा सम्पर्कको आरोप लाग्नु राष्ट्रिय सुरक्षासँग जोडिएको विषय भएको उसले जनाएको छ।

प्रधानमन्त्रीले संसदमा नेपालको सीमा अतिक्रमण र राष्ट्रिय सार्वभौमिकताका विषयमा प्रश्न उठाउने तर आफ्नै प्रमुख सल्लाहकारमाथि सोही देशका कथित जासुसी संयन्त्रसँग अपारदर्शी सम्पर्कको आरोप लाग्दा मौन बस्ने हो भने सरकारको नियतमाथि गम्भीर प्रश्न उठ्ने मुभमेन्टको भनाइ छ।त्यस्तै, अनुसन्धान प्रभावित हुन सक्ने सम्भावना रोक्न उनलाई तत्काल सरकारी जिम्मेवारीबाट अलग गर्नुपर्ने मागसमेत गरिएको छ। राष्ट्रिय सुरक्षा, सार्वभौमिकता वा संवेदनशील सरकारी सूचनामा बाह्य प्रभाव वा पहुँच प्रमाणित भए देशद्रोहलगायत प्रचलित कानुनअनुसार कठोर कारबाही गर्नुपर्ने मुभमेन्टले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनलाई तत्काल पक्राउ गर्न जेनजी मुभमेन्टको माग

काठमाडौं , भदौ २६। जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलाई तत्काल पक्राउ गरी निष्पक्ष र गहिरो अनुसन्धान गर्न सरकारसँग माग गरेको छ।जेनजी मुभमेन्ट

अस्पताल नजिकै सडकमा सुत्केरी भएको घटनाप्रति सांसद कार्कीद्वारा गम्भीर प्रश्न

काठमाडौं , भदौ २६। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल नजिकै सडकपेटीमा महिलाले बच्चा जन्माउनुपरेको घटनाले नेपालको मातृत्व सेवा र

विपन्नका लागि १ हजार मेजर अपरेसन निःशुल्क गर्ने डा. शर्माको घोषणा

काठमाडौं , भदौ २६। नेपाली कांग्रेसका नेता तथा मेडिकल व्यवसायी सुनिल शर्माले आर्थिक अवस्था कमजोर भएका बिरामीका लागि एक हजार वटा मेजर अपरेसन निःशुल्क गर्ने

बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य कार्यक्रम चलाउन संसद्‌मा माग

काठमाडौं , भदौ २६। नेपाली कांग्रेसकी सांसद रेनुका काउँचाले भोटेकोशी तथा त्रिशूली नदी आसपासका बाढी प्रभावित नागरिकको मानसिक स्वास्थ्य र मनोसामाजिक सुरक्षालाई प्राथमिकता दिन सरकारसँग

कर्जाको माग घट्दा राष्ट्र बैंकमा थुप्रियो साढे १३ खर्ब अधिक तरलता

 काठमाडौं , २६ भदौ। वित्तीय प्रणालीमा अधिक तरलता हुँदा नेपाल राष्ट्र बैंकमा साढे १३ खर्ब रुपैयाँ थुप्रिएको छ । वित्तीय प्रणालीमा निरन्तर निक्षेप बढ्ने तथा

७ दिनभित्र नहटाए आयोजनाले संरचना आफैँ भत्काउने चेतावनी

काठमाडौं , भदौ २६। काठमाडौँ उपत्यका विकास प्राधिकरणअन्तर्गतको भेल्पा–हात्तिवन जग्गा एकीकरण आयोजनाले आयोजनाभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउन सात दिनको समय दिएको छ ।आयोजनाको