भोटेकोशी बाढी

प्रभावित किसानलाई तत्काल क्षतिपूर्ति दिन फोरएच नेपालको माग

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित किसान तथा कृषि क्षेत्रको क्षति विवरण तत्काल सार्वजनिक गरी उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न फोरएच नेपालले सरकारसँग माग गरेको छ ।फोरएच नेपालका संस्थापक अध्यक्ष लोकराज अवस्थीले जारी गरिएको वक्तव्यमा यहीं भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोको दुई हप्ता बितिसक्दा पनि प्रभावित किसान, कृषि उत्पादन, पशुधन तथा कृषि संरचनामा भएको क्षतिको विस्तृत विवरण नआएको जनाईएको छ ।

 

बाढीपहिरोका कारण रसुवा, नुवाकोट तथा धादिङका विभिन्न क्षेत्रमा किसान तथा कृषि उद्यमीहरूले खेतीयोग्य जमिन, बाली, पशुचौपाया, कृषि सामग्री तथा कृषि पूर्वाधारमा ठूलो क्षति व्यहोर्नुपरेको वक्तव्यमा जनाइएको छ ।तर, प्रभावित किसानको वास्तविक संख्या, क्षतिग्रस्त खेतबारी, पशुधन तथा कृषि उत्पादनको स्पष्ट विवरण सार्वजनिक नभएको र राहत तथा क्षतिपूर्तिको व्यवस्था पनि प्रभावकारी रूपमा अघि बढ्न नसकेको फोर एच नेपालले जनाएको छ ।फोरएच नेपालले भोटेकोशी बाढीबाट प्रभावित किसानको संख्या, खेतबारीमा भएको क्षति, पशुचौपायाको विवरण तथा बाढीबाट बगाइएका वा क्षतिग्रस्त दुग्ध तथा तरकारी संकलन केन्द्र, हाटबजारलगायत कृषि संरचनाको तथ्यांक तत्काल सार्वजनिक गर्न नेपाल सरकार तथा सम्बन्धित स्थानीय तहसँग माग गरेको छ ।

 

अवस्थीद्धारा जारी वक्तव्यमा प्रभावित किसान तथा कृषि उद्यमीलाई तत्काल उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन, क्षति भएको कृषि उत्पादन, पशुधन, सामग्री तथा पूर्वाधारको मूल्यांकन गरी हानीनोक्सानीका आधारमा क्षतिपूर्ति दिन तथा प्रभावित परिवारका लागि वैकल्पिक आयआर्जनको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।यसैगरी, बाढीपहिरोका कारण रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा पुल, सडक तथा आवतजावतका मार्ग क्षतिग्रस्त वा बगाइएका कारण उक्त क्षेत्रका किसानले उत्पादन गरेका तरकारी, फलफूल, दूधलगायत कृषि उपज बजारसम्म पुर्‍याउन कठिनाइ भइरहेको फोर एचले नेपालले जनाएको छ। यातायात तथा बजार पहुँचको अभावमा कृषि उत्पादन खेर जाने अवस्था बढ्दै जाँदा किसान थप आर्थिक संकटमा परेको संस्थाको भनाइ रहेकोछ ।

 

जारी वक्तव्यमा कृषि उपजको वैकल्पिक ढुवानी तथा बजारीकरणको तत्काल व्यवस्था गर्न, अस्थायी कृषि संकलन केन्द्र स्थापना गर्न तथा प्रभावित किसानको उत्पादनलाई सहज रूपमा बजारसम्म पुर्‍याउने व्यवस्था मिलाउन सम्बन्धित स्थानीय तह तथा नेपाल सरकारसँग आग्रह गरेको छ ।साथै, प्रभावित क्षेत्रमा राहत, पुनःस्थापना तथा दीर्घकालीन व्यवस्थापनका लागि लागि नेपाल सरकार, दातृ निकाय, सामाजिक संघसंस्था तथा अन्य सरोकारवाला निकायलाई सहकार्य र सहयोगका लागि फोर एच नेपालले अपिल गरेकोछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा