आईजीपी दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गरी छानबिन गर्न सांसद सुनारको माग

काठमाडौं , भदौ २६। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि करोडौँ भ्रष्टाचारको आरोप लागेको भन्दै तत्काल छानबिन गरी बर्खास्त गर्न सरकारसँग माग गर्नुभएको छ ।शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुनारले सामान्य आरोप लाग्दासमेत तीन जना मन्त्री बर्खास्त भइसकेको अवस्थामा गम्भीर आरोप लागेका प्रहरी नेतृत्वमाथि सरकार मौन बसेको भन्दै प्रश्न उठाउनुभयो
।‘सामान्य आरोपको भरमा अहिलेसम्म तीन जना मन्त्रीहरू बर्खास्त भइसक्नुभएको छ। तर अहिलेका नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, उहाकी श्रीमती लगायतका उच्च अधिकारीहरूमाथि करोडौँ भ्रष्टाचार गरेको गम्भीर आरोप लागेको छ,’ सांसद सुनारले भन्नुभयो, ‘उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि सार्वजनिक लेखा समितिसम्म उजुरीको चाङ लागेको छ ।

तल्लो दर्जाका प्रहरीहरूको जुत्ता–मोजासमेत खाइदिएको आरोप उनीमाथि छ ।’ उहाले करोडौँ भ्रष्टाचारको आरोप लाग्दा पनि सरकारले महानिरीक्षक कार्कीलाई बर्खास्त नगर्नु र छानबिन प्रक्रिया अघि नबढाउनुको कारणबारे स्पष्ट पार्न माग गर्नुभयो । सुनारले प्रहरी संगठनमाथि लाग्ने यस्ता आरोपले गम्भीर अर्थ राख्ने बताउनुभयो ।‘सरकारले उहालाई बर्खास्त किन गरिरहेको छैन ? उनीमाथि छानबिन किन भइरहेको छैन ? के कारणले उनलाई बचाइराखिएको छ ? बाबुलाई छोरीको र पुलिसलाई चोरीको आरोप लाग्नु निकै गम्भीर विषय हो,’ उहाले भन्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा