सरकारले तत्कालका लागि रोक्यो डीएपी मलको बिक्री वितरण

काठमाडौं , २६ भदौ । सरकारले अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा आएको अवरोधको कारण देखाउँदै तत्कालका लागि रासायनिक मल डीएपी (डाइअमोनियम फस्फेट) को बिक्री वितरण स्थगित गरेको छ ।नजिकिँदै गरेको गहुँ बालीका लागि मल अभाव हुन नदिन भन्दै कृषि, वन तथा पर्यावरण मन्त्रालयले यस्तो निर्णय गरेको दाबी गरेको छ ।मन्त्रालयको कृषि विकास महाशाखाअन्तर्गतको कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाले १६ भदाैमा एक पत्र जारी गर्दै कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनलाई डीएपी मलको बिक्री वितरण रोक्न निर्देशन दिएको छ ।
मन्त्रालयका माटो विज्ञ रजनिश मिश्रद्वारा हस्ताक्षरित पत्रमा इजरायल, अमेरिका र इरानबीचको युद्धका कारण होर्मुज नाका बन्द भएको उल्लेख छ । सोही कारण रासायनिक मलको अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा अवरोध आई ‘फोर्स मेजर’को अवस्था सिर्जना भएको मन्त्रालयको दाबी छ ।

‘खरिद सम्झौता भइसकेको डीएपी मल समयमै आपूर्ति गर्ने अवस्था कमजोर देखिएको हुँदा गहुँ बालीको लागि डीएपी मलको कमी हुन सक्ने अवस्थालाई मध्यनजर गरी हाललाई डीएपी मलको बिक्री वितरण स्थगित गर्ने निर्णय भएको छ,’ मन्त्रालयले पठाएको पत्रमा उल्लेख छ ।
१५ भदौको मन्त्रीस्तरको निर्णयअनुसार हाललाई डीएपीको बिक्री वितरण रोकिएको हो । मल बिक्री वितरण रोक्ने यस कदमलाई कार्यान्वयन गर्न मन्त्रालयले ‘मल वितरण व्यवस्थापन कार्यविधि, २०८२’ को दफा १२ को उपदफा (६) मा भएको व्यवस्थालाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन समेत गरेको छ ।कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले धान बालीलाई अहिले युरिया मल मात्र आवश्यक पर्ने भएकाले डीएपी मल गहुँको लागि जोगाएर राखिएको दाबी गरेका छन् ।

‘भदौ र असोज महिनामा धानबालीका लागि डीएपी मल खासै आवश्यक पर्दैन, अहिले डीएपी वितरण गर्दा सहकारीहरूले लगेर एग्रोभेटलाई दिने वा अनावश्यक रूपमा होल्ड गरेर राख्न सक्ने जोखिम हुन्छ,’ उनले अनलाइनखबरसँग भने, ‘त्यसो हुँदा मुख्य रूपमा डीएपी चाहिने गहुँ सिजनमा अभाव नहोस् भनेर मन्त्रालय र हाम्रो आपसी सल्लाहमा नै यो निर्णय भएको हो ।’
अहिले तराई मधेस लगायतका क्षेत्रमा धानको ’टप ड्रेसिङ’ का लागि युरिया मलको माग बढी रहेको र त्यसको आपूर्ति भइरहेको उनको दाबी छ ।
प्रबन्ध सञ्चालक पोखरेलका अनुसार हाल कम्पनीमा युरिया मल गोदाममा २२ हजार ९ सय १० टन मौज्दात छ भने करिब ३३ हजार टन भारत लगायतका देशबाट आउने बाटोमा छ ।

डीएपी मल गोदाममा १४ हजार ६ सय ४५ टन मौज्दात छ भने करिब १८ हजार टन आउन बाँकी रहेको उनले बताए । मध्यपूर्वको तनावका कारण मल आपूर्तिमा विश्वव्यापी रूपमै समस्या देखिएको छ । प्रबन्ध सञ्चालक पोखरेलले इरानले होर्मुज नाकामा कडाइ गरेको र रेड सी (लाल सागर) मा हुथी विद्रोहीको आक्रमणका कारण पानीजहाजको रुट प्रभावित हुँदा समयमै मल ल्याउन कठिन भइरहेको बताए ।
‘अन्तर्राष्ट्रिय बजारमा प्राकृतिक ग्यासबाट निस्कने सल्फरको उत्पादन घटेका कारण डीएपी उत्पादन क्षमता पूर्णरूपमा चल्न सकेको छैन,’ उनले भने, ‘यसले गर्दा डीएपीको मूल्य प्रतिटन एक हजार डलरभन्दा माथि पुगेको छ, यद्यपि, युरियाको मूल्य भने केही घटेर ५३० देखि ५५० डलरको हाराहारीमा छ ।’अन्तर्राष्ट्रिय बजारमा युरिया मल सहज रूपमा पाइने भए पनि डीएपी मल पाउन निकै गाह्रो रहेको र माग उच्च रहेको उनले बताए । yesko lagi ni

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा