ग्यासको व्यापरमा वदमासी?

दमकबाट पाँचथरसम्म ग्यास तस्करी, ५४० सिलिण्डरमध्ये ३९० को रेकर्ड गायब

हेलो सरकारबाट उजुरीका आधारमा इलाका प्रशाषनले अनुगमन गरेको हो ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई सहित इलाका प्रशाषन कार्यालय दमकको टोली अनुगमन गर्दै ।

दमक, २६ भदौ । झापाको दमकबाट पाँचथरसम्म खाना पकाउने ग्यासको अवैध निकासी हुने गरेको खुलेको छ ।

 

दमक नगरपालिका–१ मा सञ्चालित मुना स्टोर्सले स्वीकृत परिमाणभन्दा बढी ग्यास बिना रेकर्ड बिक्री वितरण गरेको इलाका प्रशासन कार्यालय दमकको बजार अनुगमनका क्रममा फेला परेको हो ।

 

प्रशासनका प्रशासन शाखा अधिकृत अधिकृत सुरेन्द्र दाहालका अनुसार स्टोर्सले भदौ १४ गते १८० र भदौ २२ गते ३६० गरी जम्मा ५४० थान कन्काई ग्यास प्राप्त गरेको देखिन्छ । तर, अनुगमनका दिनसम्म जम्मा १५० थान ग्यासको मात्रै बिक्री रेकर्ड भेटिएको छ ।
यस हिसाबले ३९० थान ग्यासको आधिकारिक बिक्री रेकर्ड छैन ।

 

अनुगमन टोली पुग्दा स्टोर्सको गोदाममा जम्मा दुईवटा मात्रै भरिएका सिलिण्डर भेटिएका थिए । तर, करिब २५० वटा खाली सिलिण्डर गोदाममा रहेको प्रशासनले जनाएको छ ।

 

अनुगमनबाट स्थानीय बजारमा बिक्रीका लागि ल्याइएको ग्यास बिना रेकर्ड जिल्ला बाहिरसमेत पठाउने गरेको खुलेको छ ।

प्राप्त विवरणअनुसार मुना स्टोर्सबाट पाँचथरको तुम्बेवा गाउँपालिकाका जीवन कार्कीलाई २६, टीका भट्टराईलाई १० र अस्मिता राईलाई ६ गरी ४२ थान ग्यास पठाइएको भेटिएको छ ।

 

यसले दमकमा ल्याइएको ग्यासको ठूलो हिस्सा कहाँ र कसरी बिक्री भयो भन्ने प्रश्नसमेत उठाएको छ । प्रशासनले ग्यासको कारोबारमा देखिएको अनियमितता र जिल्ला बाहिर भएको अवैध निकासीबारे थप कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको जनाएको छ।

 

हेलो सरकारबाट उजुरीका आधारमा इलाका प्रशासनले अनुगमन गरेको हो । २४ घण्टा भीत्रमा आएको गुनासोका आधारमा अनुगन समते गरिएको प्रशासन कार्यालयले जानाएको छ ।

यसरी बिना रेकर्ड र अन्तर जील्ला समेत बिक्रि गरेको भन्दै मुना स्टोर्सलाई कार्वाहिको प्रकृया समेत सुरु गरिएको प्रशासन शाखा प्रमुख दाहालले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

झापा, २९ असोज । झापाको मेचीनगर नगरपालिका–११ स्थित मखन मिलनजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार गएराति करिब ९ः ३०