संयोजकमा विपिन कुमार आचार्य

रास्वपाले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज तयार गर्ने

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ अर्थात् निर्वाचित जनप्रतिनिधिलाई कार्यकाल पूरा हुनुअघि नै फिर्ता बोलाउन सकिने व्यवस्थासम्बन्धी दस्तावेज निर्माणका लागि ११ सदस्यीय समिति गठन गरेको छ।

पार्टीको भदौ ५ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा समिति गठन गरिएको रास्वपाले जनाएको छ।

समितिको सदस्यमा गणेश पराजुली, मनिष झा, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनिष खनाल, सुशान्त वैदिक, गजला शमिम मिकरानी, करिस्मा कठरिया र प्रमोद न्यौपाने रहेका छन्।

रास्वपाले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज तयार पार्ने जिम्मेवारी समितिलाई दिएको हो। निर्वाचित जनप्रतिनिधिले जनअपेक्षाअनुसार काम नगरेमा मतदाताले निश्चित प्रक्रियामार्फत उनीहरूलाई कार्यकाल पूरा हुनुअघि नै फिर्ता बोलाउन सक्ने व्यवस्था नै ‘राइट टु रिकल’ हो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रास्वपाले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज तयार गर्ने

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ अर्थात् निर्वाचित जनप्रतिनिधिलाई कार्यकाल पूरा हुनुअघि नै फिर्ता बोलाउन सकिने व्यवस्थासम्बन्धी दस्तावेज निर्माणका लागि ११

दमकको ग्लोवल एजुकेशनलको स्वागत कार्यक्रममा यस्तो देखियो

दमक,२६ भदौ ।नयाँ ठाउँ… नयाँ साथी… नयाँ कक्षा…र, आँखाभरि नयाँ सपनाहरू। कसैको हातमा किताब थियो, कसैको अनुहारमा उत्साह। कोही नयाँ साथी खोज्दै थिए,कोही भने आफ्नै

सरकारले तत्कालका लागि रोक्यो डीएपी मलको बिक्री वितरण

काठमाडौं , २६ भदौ । सरकारले अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा आएको अवरोधको कारण देखाउँदै तत्कालका लागि रासायनिक मल डीएपी (डाइअमोनियम फस्फेट) को बिक्री वितरण स्थगित गरेको

आईजीपी दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गरी छानबिन गर्न सांसद सुनारको माग

काठमाडौं , भदौ २६। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि करोडौँ भ्रष्टाचारको आरोप लागेको भन्दै तत्काल छानबिन गरी