दमक–७ मा अन्तरविद्यालयस्तरीय निबन्ध तथा चित्रकला प्रतियोगिता सम्पन्न

प्रतियोगितामा वडाभित्रका चार विद्यालयका विद्यार्थी सहभागी

दमक, २६ भदौ ।

 

दमक नगरपालिका–७ मा ६२औँ राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित अन्तरविद्यालयस्तरीय निबन्ध तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।

 

वडा नम्बर ७ बाल सञ्जालको आयोजनामा भएको प्रतियोगितामा वडाभित्रका चार विद्यालयका विद्यार्थी सहभागी भएका थिए। प्रतियोगितामा इस्टर्न स्टार बोर्डिङ स्कुल, सिद्धार्थ बोर्डिङ स्कुल, हलेसी लिटल एन्जल्स र श्री पृथ्वी माध्यमिक विद्यालयका विद्यार्थी सहभागी भएका हुन्।

 

निबन्ध प्रतियोगितामा सिद्धार्थ बोर्डिङ स्कुलका निर्भय श्रेष्ठ प्रथम, इस्टर्न स्टार बोर्डिङ स्कुलकी हाङ्सामा राई द्वितीय र सोही विद्यालयकी नन्दनी शाह तृतीय भएका छन्। निबन्ध प्रतियोगितामा हरेक विद्यालयबाट दुई जना बालक र दुई जना बालिका गरी सहभागी गराउने व्यवस्था गरिएको थियो। हलेसी लिटल एन्जल्सका विद्यार्थी भने निबन्ध प्रतियोगितामा सहभागी नभएको आयोजकले जनाएको छ।

 

यस्तै, चित्रकला प्रतियोगितामा इस्टर्न स्टार बोर्डिङ स्कुलकी निवा इङ्नाम लिम्बू प्रथम, सोही विद्यालयका निकेश श्रेष्ठ द्वितीय र श्री पृथ्वी माध्यमिक विद्यालयकी पूर्णिमा राई तृतीय भएकी छन्।

 

चित्रकला प्रतियोगितामा विद्यालयबाट एक जना बालक र एक जना बालिका गरी कुल आठ जना विद्यार्थी सहभागी भएका थिए।

 

प्रतियोगिताका विजेतालाई ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिएको छ। प्रतियोगिता वडा नम्बर ७ बाल सञ्जालका अध्यक्ष कमल पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष भीमप्रसाद पौडेल प्रमुख अतिथि रहनुभएको थियो भने कार्यक्रमको सञ्चालन बाल सञ्जालका सचिव अभिषेक ढकालले गर्नुभएको थियो।

 

वडा नम्बर ७ का सचिव योगेश भट्टराईका अनुसार बालबालिकाको सिर्जनात्मक क्षमता तथा प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रास्वपाले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज तयार गर्ने

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ अर्थात् निर्वाचित जनप्रतिनिधिलाई कार्यकाल पूरा हुनुअघि नै फिर्ता बोलाउन सकिने व्यवस्थासम्बन्धी दस्तावेज निर्माणका लागि ११

दमकको ग्लोवल एजुकेशनलको स्वागत कार्यक्रममा यस्तो देखियो

दमक,२६ भदौ ।नयाँ ठाउँ… नयाँ साथी… नयाँ कक्षा…र, आँखाभरि नयाँ सपनाहरू। कसैको हातमा किताब थियो, कसैको अनुहारमा उत्साह। कोही नयाँ साथी खोज्दै थिए,कोही भने आफ्नै

सरकारले तत्कालका लागि रोक्यो डीएपी मलको बिक्री वितरण

काठमाडौं , २६ भदौ । सरकारले अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा आएको अवरोधको कारण देखाउँदै तत्कालका लागि रासायनिक मल डीएपी (डाइअमोनियम फस्फेट) को बिक्री वितरण स्थगित गरेको

आईजीपी दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गरी छानबिन गर्न सांसद सुनारको माग

काठमाडौं , भदौ २६। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि करोडौँ भ्रष्टाचारको आरोप लागेको भन्दै तत्काल छानबिन गरी