दमकमा नगरपालिकाको लगानीमा ‘किरियापुत्री’ घर बन्दै

दमकमा यसबाहेक पनि किरियापुत्री घर निर्माण भएका छन्।

 

दमक, २७ भदौ। बढ्दो सहरीकरणका कारण झापाको दमकमा सार्वजनिक किरियापुत्री घरको आवश्यकता बढ्दै गएको छ। यही आवश्यकतालाई मध्यनजर गर्दै दमक नगरपालिकाले आफ्नै बजेटमा तीनतले किरियापुत्री भवन निर्माण गर्ने भएको छ। शनिबार हिन्दू परम्पराअनुसार भवनको शिलान्यास गरिएको छ।

 

दमक–७ स्थित राम जानकी मन्दिर परिसरमा निर्माण हुन लागेको किरियापुत्री घरको दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाईँ, वडा नम्बर ७ का अध्यक्ष भीमप्रसाद पौडेललगायतको उपस्थितिमा शिलान्यास गरिएको हो।

 

पहिलो चरणमा ६० लाख रुपैयाँ बजेटबाट एक तलाको काम सम्पन्न गर्ने गरी निर्माण सुरु गरिएको नगर प्रमुख रामकुमार थापाले जानकारी दिनुभयो। बढ्दो सहरीकरण र जनघनत्वका कारण किरियापुत्री घर निर्माणको आवश्यकता औँल्याउँदै नगरपालिकाले यसको निर्माणमा जुटेको उहाँले स्पष्ट पार्नुभयो।

 

शनिबार शिलान्यास गरिएको किरियापुत्री घर यही वर्षको माघ मसान्तसम्म निर्माण गरिसक्नुपर्ने सम्झौता छ। समयमै निर्माण सम्पन्न गरी दमक नगरपालिकालाई हस्तान्तरण गर्ने लक्ष्य राखिएको निर्माण कम्पनी अनन्तश्री मल्टी बिल्डर्स ग्रुप प्रालिका सञ्चालक मिलन न्यौपानेले बताउनुभयो।

 

दमकमा यसबाहेक पनि किरियापुत्री घर निर्माण भएका छन्। दमक–९ स्थित सर्वेश्वर शिव पञ्चायन मन्दिरमा किरियापुत्री घर बनिसकेको छ भने दमक–५ स्थित हरिओम कोलोनीमा रहेको लक्ष्मी नारायण मन्दिरले समेत यसको निर्माण गरिरहेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चिन्तन

  संगीतको मन्त्र – मुग्धक धान आफ्नो कानमा अँगालेर, उ बस्यो चिन्तन गर्न।   उसले चिन्तन गर्यो ब्रह्माण्डको उत्पत्ति, पृथ्वीको उत्पत्ति, जीवहरूको उत्पत्ति, डाइनासोरको लोप,

रास्वपाले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज तयार गर्ने

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ अर्थात् निर्वाचित जनप्रतिनिधिलाई कार्यकाल पूरा हुनुअघि नै फिर्ता बोलाउन सकिने व्यवस्थासम्बन्धी दस्तावेज निर्माणका लागि ११

दमकको ग्लोवल एजुकेशनलको स्वागत कार्यक्रममा यस्तो देखियो

दमक,२६ भदौ ।नयाँ ठाउँ… नयाँ साथी… नयाँ कक्षा…र, आँखाभरि नयाँ सपनाहरू। कसैको हातमा किताब थियो, कसैको अनुहारमा उत्साह। कोही नयाँ साथी खोज्दै थिए,कोही भने आफ्नै