कविता

चिन्तन

 

संगीतको मन्त्र – मुग्धक धान

आफ्नो कानमा अँगालेर,

उ बस्यो चिन्तन गर्न।

 

उसले चिन्तन गर्यो

ब्रह्माण्डको उत्पत्ति,

पृथ्वीको उत्पत्ति,

जीवहरूको उत्पत्ति,

डाइनासोरको लोप,

आदिम मानवको उत्पत्ति,

ढुङ्गे युगको गाथा,

अग्निको खोज,

सभ्यताको विकास,

मिश्रका पिरामिड, बेबिलोनको बगैंचा,

ग्रीसको प्रजातन्त्र र लोकतन्त्र,

पर्सियाको महल,

मेसोपोटामियाको पुस्तकालय,

रोमन साम्राज्यको कोलोसियम,

इन्दस उपत्यकाको उत्पत्ति,

आफ्नो देश,

आफ्नो भूगोल,

र स्वयं आफ्नो उत्पत्ति,

तथा उत्पत्ति पश्चातको उसको चिन्तन।

 

उसले पूर्व मेची देखि पश्चिम महाकाली

सोचमै भ्रमण गर्यो।

समानता तथा असमानता अवलोकन गर्यो,

भाषा, पोशाक, खानपिन, रहनसहन,

सबै अवलोकन गर्यो,

अनि चिन्तन गर्यो,

विकासमा पछाडि,

प्रविधिमा पछाडि,

औषधी उपचारमा पछाडि,

व्यापारमा पछाडि,

उत्पादनमा पछाडि,

उसले चिन्तन गर्यो,

सूचनाको प्रवाह पूर्व देखि पश्चिम सम्म,

उत्तर देखि दक्षिण सम्म

कसरी सम्भव भयो होला

इतिहासको कुनै कालखण्डमा

जसले आजको समाजलाई समानता दियो।

 

उसले चिन्तनमै निष्कर्ष निकाल्यो,

संसार विद्रोहले चल्दछ।

मानिस किन बाँच्दछ?

मृत्युको विद्रोह गर्न।

मठ- मन्दिर किन जान्छ?

अन्यायको विद्रोह गर्न।

वस्त्र किन लगाउँदछ?

नग्नताको विद्रोह गर्न।

कर्म किन गर्दछ?

आलस्यताको विद्रोह गर्न।

आलस्यता किन खोज्दछ?

कर्मको विद्रोह गर्न।

युद्ध किन खोज्दछ?

शान्तिको विद्रोह गर्न

शान्ति किन खोज्दछ?

युद्धको विद्रोह गर्न।

प्रेम किन खोज्दछ?

एक्लोपनको विद्रोह गर्न

एक्लोपन किन खोज्दछ?

प्रेमको विद्रोह गर्न।

 

विद्रोहले विकासलाई गति दियो,

प्रविधिलाई गति दियो,

पुराना सिद्धान्त विरुद्ध विद्रोह भए,

नयाँ सिद्धान्तले ठाउँ पाए,

पुरातनवादी सोच विरुद्ध विद्रोह भयो,

आधुनिक समाजले ठाउँ पायो,

आधुनिक समाज विरुद्ध विद्रोह भयो,

उत्तर – आधुनिक समाजको निर्माण भयो।

हरेक विद्रोहले,

नयाँ सोच निर्माण गर्दछ,

हरेक विद्रोहले,

पुराना कमि- कमजोरी सच्याउँदछ,

हरेक विद्रोहले

नयाँ दिशा प्रदान गर्दछ।

 

यसरी ढुङ्गे युगको मानिस,

विद्रोही भएर,

आधुनिक मानवमा रुपान्तरित भयो।

जीव – जन्तु, चरा – चुरुङ्गी, र रूख – बिरुवा,

हरेकले प्रकृति विरुद्ध विद्रोह गरे।

मानवले विद्रोह गर्यो।

प्रकृतिको दास भएर,

हरेक जीव – जन्तुले

दासत्वको विद्रोह गरे।

उत्पत्तिको चिन्तन गर्ने उसले

निष्कर्ष निकाल्यो,

बाँच्नको लागि,

आफ्नै अस्तित्वको विरोध।

स्वीकार्दा दास,

नकार्दा विद्रोह।

उसको चिन्तन,

विरोध सँगै

उसैमा लिन भयो

विद्रोहले ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चिन्तन

  संगीतको मन्त्र – मुग्धक धान आफ्नो कानमा अँगालेर, उ बस्यो चिन्तन गर्न।   उसले चिन्तन गर्यो ब्रह्माण्डको उत्पत्ति, पृथ्वीको उत्पत्ति, जीवहरूको उत्पत्ति, डाइनासोरको लोप,

रास्वपाले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज तयार गर्ने

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ अर्थात् निर्वाचित जनप्रतिनिधिलाई कार्यकाल पूरा हुनुअघि नै फिर्ता बोलाउन सकिने व्यवस्थासम्बन्धी दस्तावेज निर्माणका लागि ११

दमकको ग्लोवल एजुकेशनलको स्वागत कार्यक्रममा यस्तो देखियो

दमक,२६ भदौ ।नयाँ ठाउँ… नयाँ साथी… नयाँ कक्षा…र, आँखाभरि नयाँ सपनाहरू। कसैको हातमा किताब थियो, कसैको अनुहारमा उत्साह। कोही नयाँ साथी खोज्दै थिए,कोही भने आफ्नै