कविता

चिन्तन

 

संगीतको मन्त्र – मुग्धक धान

आफ्नो कानमा अँगालेर,

उ बस्यो चिन्तन गर्न।

 

उसले चिन्तन गर्यो

ब्रह्माण्डको उत्पत्ति,

पृथ्वीको उत्पत्ति,

जीवहरूको उत्पत्ति,

डाइनासोरको लोप,

आदिम मानवको उत्पत्ति,

ढुङ्गे युगको गाथा,

अग्निको खोज,

सभ्यताको विकास,

मिश्रका पिरामिड, बेबिलोनको बगैंचा,

ग्रीसको प्रजातन्त्र र लोकतन्त्र,

पर्सियाको महल,

मेसोपोटामियाको पुस्तकालय,

रोमन साम्राज्यको कोलोसियम,

इन्दस उपत्यकाको उत्पत्ति,

आफ्नो देश,

आफ्नो भूगोल,

र स्वयं आफ्नो उत्पत्ति,

तथा उत्पत्ति पश्चातको उसको चिन्तन।

 

उसले पूर्व मेची देखि पश्चिम महाकाली

सोचमै भ्रमण गर्यो।

समानता तथा असमानता अवलोकन गर्यो,

भाषा, पोशाक, खानपिन, रहनसहन,

सबै अवलोकन गर्यो,

अनि चिन्तन गर्यो,

विकासमा पछाडि,

प्रविधिमा पछाडि,

औषधी उपचारमा पछाडि,

व्यापारमा पछाडि,

उत्पादनमा पछाडि,

उसले चिन्तन गर्यो,

सूचनाको प्रवाह पूर्व देखि पश्चिम सम्म,

उत्तर देखि दक्षिण सम्म

कसरी सम्भव भयो होला

इतिहासको कुनै कालखण्डमा

जसले आजको समाजलाई समानता दियो।

 

उसले चिन्तनमै निष्कर्ष निकाल्यो,

संसार विद्रोहले चल्दछ।

मानिस किन बाँच्दछ?

मृत्युको विद्रोह गर्न।

मठ- मन्दिर किन जान्छ?

अन्यायको विद्रोह गर्न।

वस्त्र किन लगाउँदछ?

नग्नताको विद्रोह गर्न।

कर्म किन गर्दछ?

आलस्यताको विद्रोह गर्न।

आलस्यता किन खोज्दछ?

कर्मको विद्रोह गर्न।

युद्ध किन खोज्दछ?

शान्तिको विद्रोह गर्न

शान्ति किन खोज्दछ?

युद्धको विद्रोह गर्न।

प्रेम किन खोज्दछ?

एक्लोपनको विद्रोह गर्न

एक्लोपन किन खोज्दछ?

प्रेमको विद्रोह गर्न।

 

विद्रोहले विकासलाई गति दियो,

प्रविधिलाई गति दियो,

पुराना सिद्धान्त विरुद्ध विद्रोह भए,

नयाँ सिद्धान्तले ठाउँ पाए,

पुरातनवादी सोच विरुद्ध विद्रोह भयो,

आधुनिक समाजले ठाउँ पायो,

आधुनिक समाज विरुद्ध विद्रोह भयो,

उत्तर – आधुनिक समाजको निर्माण भयो।

हरेक विद्रोहले,

नयाँ सोच निर्माण गर्दछ,

हरेक विद्रोहले,

पुराना कमि- कमजोरी सच्याउँदछ,

हरेक विद्रोहले

नयाँ दिशा प्रदान गर्दछ।

 

यसरी ढुङ्गे युगको मानिस,

विद्रोही भएर,

आधुनिक मानवमा रुपान्तरित भयो।

जीव – जन्तु, चरा – चुरुङ्गी, र रूख – बिरुवा,

हरेकले प्रकृति विरुद्ध विद्रोह गरे।

मानवले विद्रोह गर्यो।

प्रकृतिको दास भएर,

हरेक जीव – जन्तुले

दासत्वको विद्रोह गरे।

उत्पत्तिको चिन्तन गर्ने उसले

निष्कर्ष निकाल्यो,

बाँच्नको लागि,

आफ्नै अस्तित्वको विरोध।

स्वीकार्दा दास,

नकार्दा विद्रोह।

उसको चिन्तन,

विरोध सँगै

उसैमा लिन भयो

विद्रोहले ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कञ्चनपुर–राजाबासमा नयाँ पुल निर्माण हुने

सप्तरी,१३ कार्तीक । सप्तरी र सुनसरी जिल्ला जोडिएको ऐतिहासिक कोशी ब्यारेज पुलको विकल्पका रूपमा सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबास सम्म तीन किलोमिटर लामो नयाँ पुल निर्माण

भोजपुरमा गोरुको विकल्प बन्दै मिनी टिलर

भोजपुर,१३ कार्तीक । दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पका रुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको

गासा छाचु र राजमार्ग बगायो, भारतका दुई राज्यमा उच्च सतर्कता

एजेन्सी,१३ कार्तीक । भुटानको सिन्ताफु तालमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबस्र्ट फ्लड–ग्लोफ) भएपछि आएको बाढीले गासा जिल्लास्थित गासा छाचु तातोपानी परिसर बगाएको छ । बाढीका

अर्नब’ चक्रवातको प्रभाव स् देशभर वर्षा र हिमपातको उच्च जोखिम

काठमाडौँ, १३ कात्तिक । बंगालको खाडीबाट उठेको चक्रवात ‘अर्नब’ कमजोर भए पनि त्यसको प्रत्यक्ष प्रभावका कारण नेपालभर वर्षा, बाक्लो हिमपात र हावाहुरीको जोखिम बढेको छ।

देवानगञ्जमा भन्सार छलीको कपडा र मोटरसाइकल नियन्त्रणमा

सुनसरी,१३ कार्तीक । सुनसरीको देवानगञ्ज गाउँपालिका–७ स्थित तिनमुनहान सीमा क्षेत्रबाट प्रहरीले भन्सार छली गरी अवैध रूपमा भित्र्याइएको ५ लाख ६० हजार रुपैयाँ बराबरको लत्ताकपडा सहित

चिनियाँ कम्युनिस्ट पार्टीबाट १६ सैन्य अधिकारीसहित ३३ जना निष्कासित

बेइजिङ,१३ कार्तीक । चिनियाँ कम्युनिस्ट पार्टीको महत्त्वपूर्ण वार्षिक राजनीतिक बैठक सकिँदा यसपटक अहिलेसम्मकै धेरै अर्थात् ३३ जना पार्टी सदस्यलाई निष्कासन गरिएको छ ।निष्कासनमा परेका ३३