बाढीमा बेपत्ता छोराको शोक थाम्न नसक्दा आमाले पनि त्यागिन् संसार

रामेछाप , भदौ २७। उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए । आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हाइड्रोपावरमा केही वर्ष काम गरेपछि उनी रोजगारीका लागि रसुवा पुगेका थिए । रसुवा हाइड्रोपावर कम्पनीमा कार्यरत ङिमाका दाजु दोर्जे पनि यही क्षेत्रमा काम गर्दै आएका थिए । हाइड्रोको काम उनीहरुको जीवन बनेको थियो । तर, गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीले परिवारको खुसी एकाएक खोसिदियो । हाइड्रोपावर कम्पनीको कम्पाउन्डभित्र काम गरिरहेका ङिमा बाढीमा बेपत्ता भए । त्यसपछि उनको परिवारमा सुरु भएको पीडा अन्ततः अर्को कहालीलाग्दो घटनामा पुगेर टुंगियो ।बाढीमा परी ङिमा हराएपछि उनकी आमा डोल्मा याङ्जी शेर्पा छोराको खोजीमा काठमाडौँ पुगेकी थिइन् । छोरा भेटिने आशमा काठमाडौँ पुगेकी ५८ वर्षीया डोल्मा याङ्जीलाई कम्पनीले छोरा अब जीवित भेटिने सम्भावन न्युन रहेको खबर सुनाएर घर फर्काइदियो छोराको मृत्युको खबरले आमाको मन थामिन सकेन । छोरालाई गुमाउँदा डोल्मा याङ्जी गहिरो शोकमा डुबिन् । काठमाडौँबाट घर त फर्किइन् तर घर फर्किएपछि पनि उनले आफूलाई सम्हाल्न सकिनन् । छोराको मृत्यु भएकै निष्कर्षमा परिवार पुग्यो ।

छोराको अन्तिम संस्कार कसरी गर्ने भन्ने विषयमा उनले अर्का छोरा दोर्जे र आफन्तसँग छलफल गरिन् । भदौ १६ गते रातिसम्म सोही विषयमा छलफल भयो । राती अबेरसम्म परिवारसँगै रहेकी उनी त्यसपछि भने घरबाट निस्किइन् । उनले आफूले लगाएका सबै गरगहना घरमै सुरक्षित छाडेकी थिइन् । रातको समयमा एउटा टर्च लाइटको सहारामा घरबाट निस्किएकी डोल्मा याङ्जी त्यसपछि परिवारको सम्पर्कमा आइनन् ।एकातिर बाढीमा बेपत्ता भएका ङिमाको पीडा, अर्कोतिर आमाको अचानक बेपत्ता हुने घटनाले परिवारमाथि अर्को बज्रपात थपियो । भोलिपल्ट भदौ १७ गते बिहानैदेखि परिवार, आफन्त र स्थानीयले उनको खोजी सुरु गरे । सम्भावित ठाउँमा खोजी गर्दा पनि उनी फेला परिनन् ।पाँच दिनसम्मको खोजीपछि अन्ततः उनी बसोबास गर्दै आएको स्थानभन्दा निकै टाढा रहेको खोलामा मृत अवस्थामा फेला परिन् ।

छोराको बिछोडको पीडा सहन नसकेर डोल्मा याङ्जीले समेत संसार छाडेको घटनाले परिवार र आफन्तलाई स्तब्ध बनाएको छ ।उमाकुण्ड गाउँपालिका–१ गुम्देलस्थित तेछीमकी डोल्मा याङ्जी लामो समयदेखि सोलुखुम्बुको लिखुपिके गाउँपालिका–१ किन्जामा बस्दै आएकी थिइन् । सोही क्षेत्रतर्फ पर्ने खोलामा उनको शव भेटिएपछि पोस्टमार्टमका लागि सोलुखुम्बुको सदरमुकाम सल्लेरी लगिएको थियो ।पोस्टमार्टमपछि सल्लेरीमा नै शेर्पा परम्परा अनुसार उनको अन्तिम संस्कार गरिएको उनका भाइ पेम्बा शेर्पाले जानकारी दिए । केही दिनको अन्तरालमा एउटै परिवारले भोगेको यो दोहोरो वियोगले बाढीले बगाएको केवल एउटा ज्यानको कथा नभई त्यसले परिवारको मनमा छाडेको गहिरो देखाएको छ । ङिमाको बिछोडमा आँसु झारिरहेकी आमाले पनि अन्ततः संसार छाडेपछि परिवार अहिले अपूरणीय क्षतिका बीच शोकमा डुबेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

लोकतन्त्र, नैतिकता र अध्यात्म : केवल शासन–पद्धति होइन, जीवन संस्कार

काठमाडौं , भदौ २७। लोकतन्त्र आधुनिक राजनीतिक व्यवस्थाको प्रमुख शासन–पद्धति भए पनि यसको प्रभावकारिता केवल संविधान, निर्वाचन, राजनीतिक दल र संस्थागत संरचनाको उपस्थितिबाट सुनिश्चित हुँदैन

बिआरआई परियोजना छिटो कार्यान्वयन गर्न खनालको माग

काठमाडौं ,२७ भदौ। पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउन भौतिक तथा डिजिटल सम्पर्क सञ्जाल विस्तार, सहमति भएका विकास

काठमाडौं उपत्यकामा २४ घण्टामा ८९४ चालक ट्राफिक कारबाहीमा

काठमाडौं , भदौ २७। ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८९४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन

चिलिमे टनेलभित्र फसेकाहरूको उद्धार सहज बन्दै

काठमाडौं , २७ भदौ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित चिलिमे जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरूको खोज तथा उद्धार गर्न सहज बन्दै गएको छ ।

बाढी प्रभावितको राहतका लागि प्याब्सनले दियो १२ करोड रुपैयाँ सहयोग

काठमाडौं , भदौ २७ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले रसुवा, नुवाकोटलगायतका क्षेत्रमा आएको बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि

स्ट्यान्डर्ड चार्टर्डको ‘सिस्टम डाउन’ : २ घण्टाको काममा सेवाग्राहीलाई ३ दिनको सास्ती

काठमाडौं , भदौ २७। बैंकिङ कारोबारमा केही घण्टाको ढिलाइले पनि ठूलो आर्थिक प्रभाव पार्न सक्छ । तर, काठमाडौंको नयाँ बानेश्वरस्थित स्ट्यान्डर्ड चार्टर्ड बैंकमा एक्सप्रेस चेक