स्याफ्रुबेँसी — चिलिमे सुरुङ खण्डमा ट्रयाक निर्माण सम्पन्न

काठमाडौं ,२७ भदौ। नेपाली सेना तथा सम्बद्ध निकायहरूको निरन्तर समन्वय र अहोरात्र खटाइबाट रसुवाको स्याफ्रुबेँसीलाई प्रवेशद्वार बनाएर चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म जोड्ने पहुँचमार्ग निर्माणमा महत्त्वपूर्ण सफलता हासिल भएको छ।गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित बनेको सुरुङ क्षेत्रसम्मको सडक सञ्जाल यसरी जोडिएको हो।

 

भौगोलिक चुनौतीका बीच साढे तीन दिनको अथक प्रयासपछि १ हजार ५० मिटर लामो ट्र्याक खुला गरिएको छ। यसअघि साना हेलिकप्टरबाट मात्र पुग्न सकिने उक्त दुर्गम क्षेत्रमा स्याफ्रुबेँसीतर्फबाट सडक निर्माण सुरु गर्दा पहिले एक्स्काभेटर प्रयोग गरी ५५० मिटर बाटो तयार पारिएको थियो। तत्पश्चात् बाँकी रहेको कडा पहरा चिर्न नेपाली सेनाले ९ पटक नियन्त्रित ब्लास्टिङ गरी थप ५०० मिटर ट्र्याक निर्माण सम्पन्न गरेको हो।

 

पहरा फोर्ने र ब्लास्टिङको कठिन कार्य सफलतापूर्वक सकिएसँगै चिलिमे जलविद्युत् आयोजनाको सुरुङको मुखसम्मै ठूला तथा भारी उपकरण र आवश्यक सामग्री पुर्‍याउन सम्भव भएको छ। भारी उपकरणहरू कार्यस्थलमा पुर्याइसकेकाले भोलि वा पर्सिसम्ममा सुरुङ छिचोलिने अपेक्षा गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

लोकतन्त्र, नैतिकता र अध्यात्म : केवल शासन–पद्धति होइन, जीवन संस्कार

काठमाडौं , भदौ २७। लोकतन्त्र आधुनिक राजनीतिक व्यवस्थाको प्रमुख शासन–पद्धति भए पनि यसको प्रभावकारिता केवल संविधान, निर्वाचन, राजनीतिक दल र संस्थागत संरचनाको उपस्थितिबाट सुनिश्चित हुँदैन

बिआरआई परियोजना छिटो कार्यान्वयन गर्न खनालको माग

काठमाडौं ,२७ भदौ। पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउन भौतिक तथा डिजिटल सम्पर्क सञ्जाल विस्तार, सहमति भएका विकास

काठमाडौं उपत्यकामा २४ घण्टामा ८९४ चालक ट्राफिक कारबाहीमा

काठमाडौं , भदौ २७। ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८९४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन

चिलिमे टनेलभित्र फसेकाहरूको उद्धार सहज बन्दै

काठमाडौं , २७ भदौ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित चिलिमे जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरूको खोज तथा उद्धार गर्न सहज बन्दै गएको छ ।

बाढी प्रभावितको राहतका लागि प्याब्सनले दियो १२ करोड रुपैयाँ सहयोग

काठमाडौं , भदौ २७ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले रसुवा, नुवाकोटलगायतका क्षेत्रमा आएको बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि

स्ट्यान्डर्ड चार्टर्डको ‘सिस्टम डाउन’ : २ घण्टाको काममा सेवाग्राहीलाई ३ दिनको सास्ती

काठमाडौं , भदौ २७। बैंकिङ कारोबारमा केही घण्टाको ढिलाइले पनि ठूलो आर्थिक प्रभाव पार्न सक्छ । तर, काठमाडौंको नयाँ बानेश्वरस्थित स्ट्यान्डर्ड चार्टर्ड बैंकमा एक्सप्रेस चेक