बाढी प्रभावितको राहतका लागि प्याब्सनले दियो १२ करोड रुपैयाँ सहयोग

काठमाडौं , भदौ २७ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले रसुवा, नुवाकोटलगायतका क्षेत्रमा आएको बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारको विपद् राहत कोषमा १२ करोड रुपैयाँ सहयोग गरेको छ ।प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्ण अधिकारीका अनुसार देशभरका ६ हजार ५ सयभन्दा बढी सदस्य विद्यालयबाट संकलित रकम सरकारलाई हस्तान्तरण गरिएको हो । करिब ३३ वर्षको इतिहास बोकेको प्याब्सनले विपद्को समयमा राष्ट्रलाई सहयोग गर्ने उद्देश्यले १२ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो।अधिकारीले सदस्य विद्यालयहरूले नियमित सञ्चालन खर्च, शिक्षक–कर्मचारीको दायित्व तथा राज्यलाई बुझाउनुपर्ने कर व्यवस्थापन गर्दै उत्साहपूर्वक सहयोग गरेको बताए।

अपेक्षा गरिएभन्दा बढी रकम संकलन भएको भन्दै उनले सहयोगको विवरणलाई पारदर्शी बनाइएको जानकारी दिए।संकलित सहयोगको विवरण सम्बन्धित जिल्लाबाट प्रदेश र केन्द्रमा पठाइएको तथा त्यसको समग्र विवरण सरकारलाई समेत उपलब्ध गराइने प्याब्सनले जनाएको छ। सहयोग गर्ने प्रत्येक विद्यालय तथा संस्थालाई सरकारसँगको सहकार्यमा योगदानको कदरस्वरूप प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गरिने अध्यक्ष अधिकारीले बताए।प्याब्सनका महासचिव आरबी कटुवालले विपद्बाट प्रभावित आफ्ना सदस्य विद्यालयको पुनस्र्थापना र पुनर्निर्माणलाई पनि प्राथमिकतामा राखिएको बताए।उनका अनुसार रसुवा र नुवाकोटमा रहेका प्याब्सनका पाँच सदस्य विद्यालय बाढीबाट गम्भीर रूपमा प्रभावित भएकाले ती विद्यालयको पुनस्र्थापना तथा पुनर्निर्माणका लागि २ करोड रुपैयाँ छुट्याइएको छ ।भदौ महिनाको ३१ गते राति १२ सम्म संकलन हुने थप सहयोग रकममध्ये उक्त २ करोड रुपैयाँबाहेक बाँकी सम्पूर्ण रकमसमेत नेपाल सरकारको विपद् राहत कोषमा हस्तान्तरण गरिने कटुवालले जानकारी दिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हर्मुज जलमार्ग सुरक्षित बनाउन खाडी मुलुकको बैठक ओमानमा बस्दै

काठमाडौं ,भदौ २७। विश्वको प्रमुख ऊर्जा आपूर्ति मार्गमध्ये एक हर्मुज जलमार्ग मार्फत हुने तेल तथा अन्य वस्तुको ढुवानीलाई सुरक्षित बनाउने विषयमा इरानसहित खाडी क्षेत्रका देशहरूले

सांसद डा. कार्की र पूर्वमन्त्री पौड्यालद्वारा रसुवाका बाढी प्रभावितलाई राहत वितरण

काठमाडौं , भदौ २७। प्रतिनिधि सभा सदस्य डा. अर्जुन कार्की र पूर्वमन्त्री डा. विमला राई पौड्याललगायतको टोलीले रसुवाका बाढी प्रभावित नागरिकलाई राहत सामग्री वितरण गर्नुभएको

नेपाल–चीन सम्बन्धलाई व्यावहारिक सहकार्यमा बदल्न परराष्ट्रमन्त्रीको जोड

काठमाडौं ,२७ भदौ। परराष्ट्रमन्त्री शिशिर खनालले हालैको हिमाली विपद्का बेला मानवीय सहायता र ऐक्यबद्धता प्रदान गरेकोमा जनवादी गणतन्त्र चीनको सरकार तथा चिनियाँ जनताप्रति धन्यवाद व्यक्त

विद्युत प्रसारणमा ‘खुला पहुँच’ कार्यान्वयनको प्रक्रिया तीव्र

काठमाडौं , भदौ २७। विद्युत प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयन गर्ने प्रक्रिया विद्युत नियमन आयोगले तीव्र बनाएको छ । नेपालमा विद्युत बजारलाई प्रतिस्पर्धात्मक

लोकतन्त्र, नैतिकता र अध्यात्म : केवल शासन–पद्धति होइन, जीवन संस्कार

काठमाडौं , भदौ २७। लोकतन्त्र आधुनिक राजनीतिक व्यवस्थाको प्रमुख शासन–पद्धति भए पनि यसको प्रभावकारिता केवल संविधान, निर्वाचन, राजनीतिक दल र संस्थागत संरचनाको उपस्थितिबाट सुनिश्चित हुँदैन

बिआरआई परियोजना छिटो कार्यान्वयन गर्न खनालको माग

काठमाडौं ,२७ भदौ। पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउन भौतिक तथा डिजिटल सम्पर्क सञ्जाल विस्तार, सहमति भएका विकास