नेपाल–चीन सम्बन्धलाई व्यावहारिक सहकार्यमा बदल्न परराष्ट्रमन्त्रीको जोड

काठमाडौं ,२७ भदौ। परराष्ट्रमन्त्री शिशिर खनालले हालैको हिमाली विपद्का बेला मानवीय सहायता र ऐक्यबद्धता प्रदान गरेकोमा जनवादी गणतन्त्र चीनको सरकार तथा चिनियाँ जनताप्रति धन्यवाद व्यक्त गर्नु भएको छ।काठमाडौंमा शनिबारदेखि सुरु भएको काष्ठमण्डप संवाद, शृङ्खला–३ अन्तर्गत ‘नेपाल–चीन सम्बन्धः सहकार्यका क्षितिजहरूको विस्तार’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीतिक सीमाले देशहरूलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली अन्तरसम्बन्धित रहेको उल्लेख गर्नु भएको छ ।

 

उहाँले वातावरणीय जोखिम र विपद् राष्ट्रिय सीमाभित्र मात्र सीमित नरहने भन्दै उहाँले साझा उत्तरदायित्व, पूर्वतयारी र क्षेत्रीय सहकार्यको आवश्यकता औँल्याउनु भएको छ ।नेपाल–चीन सम्बन्धबारे चर्चा गर्दै परराष्ट्रमन्त्री खनालले भूगोललाई दुई देशबीचको सम्बन्धको महत्त्वपूर्ण आधारका रूपमा प्रस्तुत गर्नु भएको छ। तर भूगोलले मात्र सम्बन्धको भविष्य निर्धारण नगर्ने उहाँको धारणा थियो ।नेपाल र चीनबीच सीमा क्षेत्रका समुदाय, व्यापार, संस्कृति तथा जनस्तरीय आदानप्रदानबाट विकसित शताब्दीयौँ पुरानो सभ्यतागत सम्बन्ध रहेको उहाँले उल्लेख गर्नु भयो । उहाँले एक–चीन नीतिप्रति नेपालको प्रतिबद्धता दोहो¥याउँदै नेपालको भूमि चीनका वैध सुरक्षा हितविरुद्ध प्रयोग हुन नदिइने स्पष्ट पार्नु भयो ।

 

मन्त्री खनालले दुई देशबीचको परम्परागत सदभावलाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनु भयो ।सन् २०१९ मा स्थापित रणनीतिक साझेदारीको स्मरण गर्दै उहाँले सम्पर्क सञ्जाल विस्तार, सहज सीमापार व्यापार, प्रविधि हस्तान्तरण तथा साझा समृद्धिमा आधारित सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने बताउनु भयो ।चीनले प्रविधिको क्षेत्रमा हासिल गरेको प्रगतिको प्रशंसा गर्दै उहाँले नवप्रवर्तन, प्रयोगशाला, अनुसन्धान र ज्ञान आदानप्रदानमा थप सहकार्यको आह्वान गर्नु भयो।यस्तो सहकार्यले नेपाललाई आफ्नो जनसांख्यिक लाभांशको सदुपयोग गर्न सहयोग पुग्ने उहाँको धारणा थियो ।

 

उहाँले सीमासम्बन्धी परम्परागत व्यवस्थापनमा पारिस्थितिक पक्षलाई समेत समावेश गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । साझा हिमाली जोखिमको व्यवस्थापन, सम्पर्क विस्तार तथा विपद्–प्रतिरोधी सीमा पूर्वाधार निर्माणका लागि नेपाल र चीनबीच अझ निकट सहकार्य आवश्यक रहेको उहाँले बताउनु भयो।खनालले द्विपक्षीय सम्बन्धमा बौद्धिक तथा प्राज्ञिक संवादको महत्त्वमाथि प्रकाश पार्नु भयो। उहाँले नेपालको शैक्षिक तथा नीतिगत बहसमा चिनियाँ अध्येता र विद्वानहरूको सहभागिता बढाउन आह्वान गर्नु भयो।निरन्तर प्राज्ञिक आदानप्रदानले आपसी बुझाइलाई गहिरो बनाएको साथै थप तथ्यपरक र परिपकव विदेश नीति निर्माणमा योगदान पु¥याउने उहाँको विश्वास थियो । उहाँले नेपाल–चीन सम्बन्धको भविष्यप्रति विश्वास व्यक्त गर्दै साझेदारीलाई थप गहन बनाउने नेपाल सरकारको प्रतिबद्धता दोहो¥याउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाममा अटो दुर्घटना हुँदा आमा–छोरीको मृत्यु

इलाम,२७ भदौ । इलाममा भएको अटो दुर्घटनामा आमा छोरीको मृत्यु भएको छ । हिजो शुक्रबार साँझ ५ बजे इलाम फाकफोकथुम गाउँपालिका ६ हाङ्मासुलीस्थित पोखरी–कमेरे भित्री

हर्मुज जलमार्ग सुरक्षित बनाउन खाडी मुलुकको बैठक ओमानमा बस्दै

काठमाडौं ,भदौ २७। विश्वको प्रमुख ऊर्जा आपूर्ति मार्गमध्ये एक हर्मुज जलमार्ग मार्फत हुने तेल तथा अन्य वस्तुको ढुवानीलाई सुरक्षित बनाउने विषयमा इरानसहित खाडी क्षेत्रका देशहरूले

सांसद डा. कार्की र पूर्वमन्त्री पौड्यालद्वारा रसुवाका बाढी प्रभावितलाई राहत वितरण

काठमाडौं , भदौ २७। प्रतिनिधि सभा सदस्य डा. अर्जुन कार्की र पूर्वमन्त्री डा. विमला राई पौड्याललगायतको टोलीले रसुवाका बाढी प्रभावित नागरिकलाई राहत सामग्री वितरण गर्नुभएको

नेपाल–चीन सम्बन्धलाई व्यावहारिक सहकार्यमा बदल्न परराष्ट्रमन्त्रीको जोड

काठमाडौं ,२७ भदौ। परराष्ट्रमन्त्री शिशिर खनालले हालैको हिमाली विपद्का बेला मानवीय सहायता र ऐक्यबद्धता प्रदान गरेकोमा जनवादी गणतन्त्र चीनको सरकार तथा चिनियाँ जनताप्रति धन्यवाद व्यक्त

विद्युत प्रसारणमा ‘खुला पहुँच’ कार्यान्वयनको प्रक्रिया तीव्र

काठमाडौं , भदौ २७। विद्युत प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयन गर्ने प्रक्रिया विद्युत नियमन आयोगले तीव्र बनाएको छ । नेपालमा विद्युत बजारलाई प्रतिस्पर्धात्मक

लोकतन्त्र, नैतिकता र अध्यात्म : केवल शासन–पद्धति होइन, जीवन संस्कार

काठमाडौं , भदौ २७। लोकतन्त्र आधुनिक राजनीतिक व्यवस्थाको प्रमुख शासन–पद्धति भए पनि यसको प्रभावकारिता केवल संविधान, निर्वाचन, राजनीतिक दल र संस्थागत संरचनाको उपस्थितिबाट सुनिश्चित हुँदैन