अनुसन्धान जारी

सानीभेरीमा जिप दुर्घटना हुँदा २ को मृत्यु,९ घाइते

सुर्खेत ,२८ भदौ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।कोटगाउँबाट गाउँपालिकाको केन्द्र सानीभेरी–९ सिम्ली हुँदै खलंगातर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको जिप आइतबार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन । चार जना गम्भीर घाइते छन् भने अन्य पाँच जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

 

सानीभेरी–६ का वडाध्यक्ष पहलसिंह घर्तीका अनुसार मृतकमध्ये एक जना जिप चालक र अर्की एक महिला छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । जिपमा ११ जना सवार रहेको र जिपका साहु बलबहादुर पुनसहित नौ जना घाइते भएको उहाँले बताउनुभयो ।घटनास्थलमा स्थानीय प्रहरीको टोली पुगेको छ भने जिल्ला प्रहरी प्रमुख पौडेलको नेतृत्वमा थप टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

महानगरलाई सुरक्षित र व्यवस्थित बनाउन सबैको साझा प्रयास आवश्यक छ : राठौर

काठमाडौं ,२८ भदौ। प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले काठमाडौंलाई सुरक्षित, भयमुक्त र व्यवस्थित बनाउन सकिन्छ भनेर एउटै उद्देश्यका साथ परिचालित भएको बताउनु भएको छ

भोटेकोशी बाढी , १ हजार ३८६ जनाको शव फेला

काठमाडौं ,२८ भदौ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार बिहान ८ बजे सम्म १ हजार ३८६ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा

विपत्तिपछि ग्यिरोङमै व्यवसाय पुनःसञ्चालनको तयारी गर्दै नेपाली

काठमाडौं,२८ भदौ । चीनको स्वायत्त क्षेत्र सिजाङ (तिब्बत) अन्तर्गतको विपद्ग्रस्त ग्यिरोङ सहरमा रहेका एक हजार तीन सयभन्दा बढी नेपालीले बाढीपहिरोको ठूलो क्षतिपछि पनि त्यहीँ बसेर

सानीभेरीमा जिप दुर्घटना हुँदा २ को मृत्यु,९ घाइते

सुर्खेत ,२८ भदौ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।कोटगाउँबाट

आज दर खाएर व्रतको पूर्वतयारी गरिँदै

काठमाडौं ,२८ भदौ। हिन्दु नारीहरूको चाड हरितालिका तीजको रमझम सुरु भएको छ । नेपाली नारीहरूले आज आइतबार दर खाने तयारी गरेका छन् । व्रतका लागि

इलाममा अटो दुर्घटना हुँदा आमा–छोरीको मृत्यु

इलाम,२७ भदौ । इलाममा भएको अटो दुर्घटनामा आमा छोरीको मृत्यु भएको छ । हिजो शुक्रबार साँझ ५ बजे इलाम फाकफोकथुम गाउँपालिका ६ हाङ्मासुलीस्थित पोखरी–कमेरे भित्री