विपत्तिपछि ग्यिरोङमै व्यवसाय पुनःसञ्चालनको तयारी गर्दै नेपाली

काठमाडौं,२८ भदौ । चीनको स्वायत्त क्षेत्र सिजाङ (तिब्बत) अन्तर्गतको विपद्ग्रस्त ग्यिरोङ सहरमा रहेका एक हजार तीन सयभन्दा बढी नेपालीले बाढीपहिरोको ठूलो क्षतिपछि पनि त्यहीँ बसेर आफ्नो व्यवसाय पुनः सञ्चालन गर्ने निर्णय गरेका छन् ।

गत भदौ १० गते नेपालतर्फको उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किएपछि आएको महाप्रलयले नेपाल–चीन सीमास्थित ग्यिरोङ नाकामा ठूलो क्षति पु¥याएको थियो । यो क्षेत्र नेपालको रसुवागढी नाकासँग जोडिएको चीन तर्फको व्यापारीक नाका हो ।

उक्त विपत्तिमा ग्यिरोङ काउन्टीमा कम्तीमा ४३ जनाको मृत्यु भएको छ भने ५१९ जना अझै बेपत्ता रहेको चिनियाँ अधिकारीहरूले बताएका छन् । खोज तथा उद्धार कार्य अझै जारी छ ।

विपत्तिपछि पनि त्यहाँ रहेका अधिकांश नेपाली व्यवसायीहरूले ग्यिरोङलाई आफ्नो रोजगारी, सपना र भविष्यसँग जोडिएको स्थानका रूपमा हेरेर फर्किनुभन्दा त्यहीँ बसेर पुनः व्यवसाय सञ्चालन गर्ने तयारी गरेका छन् ।

उक्त क्षेत्रमा गिफ्ट पसल र रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका सागा छिरिङ तामाङले विपत्तिको खबर सुनेलगत्तै नेपालमा रहेका परिवारसँग सम्पर्क गर्न खोजेको अनुभव सुनाउनु भयो । उहाँले चीन सरकारले खाद्यान्न, स्वास्थ्य सेवा र आवश्यक व्यवस्थापन उपलब्ध गराएको बताउनु भयो ।

‘मैले घरमा चिन्ता नगर्नुस् भनें । यहाँ खाना, औषधि र सबै व्यवस्था राम्रो छ । आप्रवासन प्रहरी र अन्य अधिकारीहरूले पनि कुनै समस्या परे सिधै भन्नुस्, नेपाल फर्किन चाहनुहुन्छ भने पनि व्यवस्था गरिदिन्छौँ भनेर सहयोग गरेका थिए,‘ उहाँले भन्नु भयो ।

चाँदीका भाँडाकुँडा व्यवसाय सञ्चालन गर्दै आएका राजेन्द्र घतानीले ग्यिरोङ क्षेत्र आफ्ना लागि केवल काम गर्ने ठाउँ नभई आफ्नो आधार बनेको बताए । ‘मलाई यो सहरमा निकै सहज लाग्छ । यहाँ सुरक्षित महसुस हुन्छ,‘ उनले भने । उनका अनुसार ग्यिरोङमा रहेका धेरै नेपाली व्यवसायीहरूले यहीँबाट भविष्यमा चीनका अन्य ठूला सहरसम्म आफ्नो व्यापार विस्तार गर्ने सपना देखिरहेका छन् ।

रसुवाका नेपालीलाई कर छुट

तामाङका अनुसार ग्यिरोङ रसुवासँग जोडिएकाले नेपाली व्यवसायीलाई त्यहाँ व्यापार गर्न सहज वातावरण छ । ‘रसुवाका नेपालीलाई कर छुटको सुविधा छ । कम लगानीमा व्यवसाय गर्न सकिन्छ र दुई घण्टामै आफ्नो गाउँ पुग्न सकिन्छ । यही हाम्रो लागि सबैभन्दा ठूलो अवसर हो,‘उहाँले भन्नुभयो ।

शताब्दीयौंदेखि ग्यिरोङ नाका चीन र नेपालबीच व्यापार र जनस्तरको सम्बन्धको महत्वपूर्ण केन्द्र रहँदै आएको छ । महाप्रलयले त्यहाँका नेपाली व्यवसायीको व्यापारमा ठूलो धक्का पु¥याए पनि उनीहरूले ग्यिरोङलाई अझै पनि आफ्नो सपनाको भूमि मान्दै त्यहीँ बसेर नयाँ सुरुआत गर्ने अडान कायम राखेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक