भोटेकोशी बाढी , १ हजार ३८६ जनाको शव फेला

काठमाडौं ,२८ भदौ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार बिहान ८ बजे सम्म १ हजार ३८६ जनाको शव फेला परेको छ ।

जसमध्ये रसुवामा १८५ जना, नुवाकोटमा १९९ जना, धादिङमा ७१ जना, चितवनमा ३६४ जना, गोरखामा ७७ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३० जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ३८६ जनाको शव फेला परेको हो ।

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २३० वटा शव व्यवस्थापन ९माटो मुनि सुरक्षित राखिएको० गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ८४६ गरी कुल ३ हजार १३२ वटा डिएनए नमुना सङ्कलन गरिएको छ ।

साथै पहिचान नभएको १ हजार ३५४ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य भइरहेको छ ।

यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा २ हजार ७१२ जना व्यक्तिहरूलाई राखिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा जेई संक्रमणबाट बालकको मृत्यु, मृतक संख्या ७ पुग्यो

झापा , २७ भदौ । झापामा जापानिज इन्सेफ्लाइटिस जेई अर्थात् मस्तिष्क ज्वरोको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।भद्रपुर नगरपालिका–८ बस्ने ८ वर्षीय अविनाश टुडुको

झापामा सार्वजनिक बिदामा पनि राहदानी र राष्ट्रिय परिचयपत्र सेवा

झापा ,२८ भदौ। जिल्ला प्रशासन कार्यालय झापाले राहदानी र राष्ट्रिय परिचयपत्रका लागि पालो पर्खिरहेका सेवाग्राहीको संख्या शून्यमा झार्ने अभियान थालेको छ। ‘शून्य बाँकी आवेदन अभियान’

महानगर प्रहरी नागरिकले भरोसा गरेको संयन्त्र हो : कार्यवाहक प्रमुख सुनिता डंगोल

काठमाडौं , भदौ २८। काठमाडौं महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगर प्रहरी बललाई काठमाडौंको सुव्यवस्थापनका लागि अहोरात्र खटिने संयन्त्रका रूपमा अघि बढाउनुपर्ने बताउनुभएको छ ।आइतबार

इटहरीमा डिभाइडरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी,२८ भदौ । सुनसरीको इटहरीमा आज बिहानको राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।इटहरीबाट इनरुवा जाँदै गरेको मोटरसाइकल इटहरी ७ र १७

काठमाडौं महानगर प्रहरीको भूमिका प्रशंसनीय छ : आईजीपी कार्की

काठमाडौं,२८ भदौ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले काठमाडौं महानगर प्रहरी बलले शान्ति सुरक्षा, सडक अनुशासन, अतिक्रमण नियन्त्रण तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह

महानगरलाई सुरक्षित र व्यवस्थित बनाउन सबैको साझा प्रयास आवश्यक छ : राठौर

काठमाडौं ,२८ भदौ। प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले काठमाडौंलाई सुरक्षित, भयमुक्त र व्यवस्थित बनाउन सकिन्छ भनेर एउटै उद्देश्यका साथ परिचालित भएको बताउनु भएको छ