काठमाडौं महानगर प्रहरीको भूमिका प्रशंसनीय छ : आईजीपी कार्की

काठमाडौं,२८ भदौ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले काठमाडौं महानगर प्रहरी बलले शान्ति सुरक्षा, सडक अनुशासन, अतिक्रमण नियन्त्रण तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनु छ ।

काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै आईजीपी कार्कीले संघीय राजधानी काठमाडौं राजनीतिक, आर्थिक, सांस्कृतिक, प्रशासनिक तथा पर्यटकीय गतिविधिको प्रमुख केन्द्र भएकाले महानगर प्रहरीको जिम्मेवारी विशिष्ट रहेको बताउनु भयो ।

उहाँले भन्नु भयो,‘काठमाडौं संघीय राजधानीसँगै राजनीतिक, आर्थिक, सांस्कृतिक, प्रशासनिक तथा पर्यटकीय गतिविधिको प्रमुख केन्द्र हो । यस्तो महत्वपूर्ण सहरमा शान्ति सुरक्षा कायम गर्न, सडक अनुशासन, अतिक्रमण नियन्त्रण र सार्वजनिक सम्पत्तिको संरक्षणमा काठमाडौं महानगर प्रहरी बलले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। महानगर प्रहरीको यो भूमिका प्रशंसनीय छ ।’

उहाँले काठमाडौंमा संघीय सरकारका प्रमुख संरचना, कूटनीतिक नियोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था, प्रमुख व्यापारिक केन्द्र तथा ऐतिहासिक, धार्मिक, पुरातात्त्विक र सांस्कृतिक सम्पदा रहेको उल्लेख गर्नुभयो ।

महानगर प्रहरी बलले तीन दशकभन्दा लामो समयदेखि महानगरपालिकाका नीति, निर्णय तथा निर्देशन कार्यान्वयन गर्दै सार्वजनिक सम्पत्तिको संरक्षण, सडक अनुशासन, बजार तथा पार्किङ व्यवस्थापन, फुटपाथ व्यवस्थापन, सरसफाइ तथा फोहोर व्यवस्थापन, सम्पदा संरक्षण, अतिक्रमण नियन्त्रण, वातावरण संरक्षण र सामाजिक विकृति नियन्त्रणमा काम गर्दै आएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘काठमाडौंमा संघीय सरकारका प्रमुख संरचना, कूटनीतिक नियोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था, प्रमुख व्यापारिक केन्द्रसँगै ऐतिहासिक, धार्मिक, पुरातात्त्विक र सांस्कृतिक सम्पदाहरू रहेका छन्। यस्तो महत्वपूर्ण सहरमा महानगर प्रहरी बलले सार्वजनिक सम्पत्तिको संरक्षण, सडक तथा फुटपाथ व्यवस्थापन, बजार र पार्किङ व्यवस्थापन, सरसफाइ, सम्पदा संरक्षण, अतिक्रमण नियन्त्रण र सामाजिक विकृति नियन्त्रणमा तीन दशकभन्दा लामो समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।’

विपद्का समयमा खोज, उद्धार तथा राहतका साथै नेपाल प्रहरीसँगको समन्वयमा समेत महानगर प्रहरीको भूमिका महत्वपूर्ण रहेको कार्कीले उल्लेख गर्नुभयो ।

सानो संख्याबाट सुरु भएको महानगर प्रहरी बल अहिले गौरवमय संगठनका रूपमा स्थापित भएको भन्दै उहाँले सडक तथा फुटपाथ अतिक्रमण हटाउनेजस्ता काम सहज र लोकप्रिय नभए पनि सहरको स्वरूप परिवर्तन तथा व्यवस्थित बनाउन यस्ता कार्य आवश्यक रहेको बताउनु भयो ।

कर्तव्य निर्वाहका क्रममा महानगर प्रहरीमाथि आक्रमण तथा कुटपिटका घटना हुने गरेको उल्लेख गर्दै उहाँले त्यसको समेत प्रवाह नगरी निरन्तर जिम्मेवारीमा खटिनु सराहनीय रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सानो संख्याबाट सुरु भएको महानगर प्रहरी बल आज गौरवमय संगठनका रूपमा स्थापित भएको छ । सडक तथा फुटपाथ अतिक्रमण हटाउने काम सहज र लोकप्रिय हुँदैन, तर व्यवस्थित र सुन्दर सहर निर्माणका लागि यस्ता काम आवश्यक छन् । कर्तव्य निर्वाहका क्रममा आक्रमण तथा कुटपिटको सामना गर्नुपरे पनि त्यसको प्रवाह नगरी निरन्तर जिम्मेवारीमा खटिनुभएकोमा महानगर प्रहरीको कार्य प्रशंसनीय छ ।’

स्थानीय तहअन्तर्गत काठमाडौं महानगर प्रहरी बलले सक्रियता र कार्यसम्पादनमार्फत उदाहरण प्रस्तुत गरेको भन्दै आईजीपी कार्कीले महानगर प्रहरीको भूमिकाको प्रशंसा गर्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक