सुनसरी,२८ भदौ । सुनसरीको इटहरीमा आज बिहानको राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।इटहरीबाट इनरुवा जाँदै गरेको मोटरसाइकल इटहरी ७ र १७ को सिमानामा रहेको डिभाइडरमा अनियन्त्रित भएर ठोक्किदा त्यसमा सवार दुवैजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा इनरुवा–३ का २९ वर्षीय पारस थापा र सोही स्थानका ३४ वर्षीय सागर रेग्मी हुनुन्छ। सागर जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत करारका कर्मचारी हुनुन्छ । उहाँ सुनसरीका प्रमुख जिल्ला अधिकारीको स्वकीयको रुपमा कार्यरत रहेको प्रहरीले जनाएको छ । यस्तै, पारसले भने केही समयअघि राजीनामा दिनु भएको थियो । उहाँ पनि जिल्ला प्रशासन कार्यालयमा करारका कर्मचारी हुनुन्थ्यो।
राति २ बजेतिर सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डीएसपी सुवास हमालले बताउनु भयो । दुर्घटनामा घाइते भएका दुबैलाई उपचारका लागि राति नै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उहाँहरुलाई विहान ५ बजे मृत घोषणा गरिएको थियो ।









